Advertisement

हाम्रो बारेमा

आधुनिक जीवनशैलीले चाडपर्व र परम्पराहरु ओझेलमा 

समाचार
भाष्कर भट्ट, बैतडी भोलि माघी भनिन्छ । पुसको पाक्य माघको खाक्य हिन्दु परम्पराअनुसार आज दिनमा तरुल खोज्न घरभन्दा कयौं टाढा जङ्गलमा गइन्थ्यो रे दिनभरी गाउबाट घरको एक/एक जना गरि तरुल खोजेर ल्याइन्थ्यो रे अनि मज्जाले आज बेलुकी घर आएर सम्पूर्ण ओर्गानिक मिठा मिठा खानेकुरा  पकाएर स-परिवार हर्षोल्लासकासाथ बसिन्थ्यो । पाकेको सम्पूर्ण परिकार मध्येबाट एउटा/एउटा छानी सुरुमा कागको भाग राखिन्थ्यो । बिहानै आफ्नो घरका पाखा वा छानाहरुमा पकाइएका परिकारहरु राखी नुहाइधुहाइ गरेर कागलाई का कौवा का भन्ने शब्द उच्चारण गरिन्थ्यो । कागहरु आज तिर्थ गएर भोलि बिहानै सबरै आउथे ।जसको खानेकुरा अगाडि खान्छ त्यसको राम्रो हुन्छ भन्ने किवदन्ती छ । त्यसपछि कागले लिएर गएको खानेकुरा लुकाएको ठाउँमा भेटेपछि उक्त खानालाई गाईवस्तुलाई दिए राम्रो बाच्छा बाच्छी हुने धार्मिक विश्वास छ । मज्जाले माघ १ गतेलाई साथिभाइ स-परिवार खुशीक...

कञ्चनपुरमा दलित समुदायको अधिकारका लागि दबाबमूलक अभियान

समाचार
कञ्चनपुर - संविधानमा भएका दलितसम्बन्धी व्यवस्था पूर्णरुपमा कार्यान्वयन गराउनका लागि कञ्चनपुरमा दबाबमूलक अभियान सञ्चालन गरिएको छ । ‘हामी हाम्रा लागि पटक-पटक लड्यौँ, अरूका लागि अब उठौँ लडौँ’ भन्ने कञ्चनपुर जिल्लाव्यापी अभियान सञ्चालन गरिएको छ ।  निर्णायक तहमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि जिल्लाका नौवटै स्थानीय तहमा अभियान सञ्चालन गरिएको दलित अगुवा शिवी लुहारले बताए । “अभियानअन्तर्गत नौवटै स्थानीय तहमा समिति गठनको कार्य अगाडि बढाएका छौँ”, उनले भने, “पालिकास्तरमा समिति गठनको कार्य पूरा भएपछि जिल्ला समिति र प्रदेशस्तरीय समिति गठन गर्छौ ।” उनका अनुसार पालिकास्तरमा गठन भएका समितिले दलित समुदायको हकअधिकारका लागि जागरण ल्याउन बैठक, छलफल, अन्तर्क्रियासँगै दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने छन् । पालिकामा गठन हुने उपभोक्ता समिति, विकास निर्माणसम्बन्धीका समिति, विषयगत स...

राष्ट्रिय सभा निर्वाचन : मनोनयन दर्ता गर्दा १८ वटा कागजात पेस गर्नुपर्ने

समाचार
धनगढी - निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन चाहनेले १८ वटा कागजात पेस गर्नुपर्ने जनाएको छ । आयोगको बुधबार बसेको बैठकले मनोनयन पत्र दर्ता गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५, राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ र राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिम कागजात पेस गर्नुपर्ने निर्णय गरेको हो । आयोगले यही पुस २३ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका तोकेको  छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावली ऐन, २०७३  बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नु पर्ने बताउनु भएको छ । यसैगरी, राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६३ बमोजिम १० हजार रुपियाँ धरौटी जम्मा गरेको ...

बर्दगोरियामा प्रमुख प्रशासकीय अधिकृत ढुंगानालाई स्वागत 

समाचार
बर्दगोरिया - प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानालाई बर्दगोरिया गाउँपालिकामा स्वागत गरिएको छ । बर्दगोरियाबाट सेवा निवृत्त भएका अर्जुन सिंह कार्कीको बिदाई भएपछि टिकापुरका प्रकाश ढुंगानालाई बर्दगोरियामा स्वागत गरिएको हो ।  ढुंगाना अछामको बान्निगढी जयगढ गाउँपालिकाबाट बर्दगोरियामा सरुवा भएका हुन्  । आज एक कार्यक्रमकाबीच बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर र उपाध्यक्ष गणेशराज गिरिले प्रमुख प्रशासकीय अधिकृत ढुंगानाको स्वागत गरेका हुन् ।  अध्यक्ष कर्ण बहादुर कुँवरले प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानालाई  स्वागत गर्दै बर्दगोरिया गाउँपालिकालाई  नमूना गाउँपालिका बनाउन साथ सहयोग गर्न आग्रह गरेका छन् ।  उनले कर्मचारीलाई व्यवस्थापन गरि समग्र पालिकाको दिगो विकासमा साथ दिनसमेत आग्रह गरे ।  त्यस्तै पालिका उपाध्यक्ष गणेशराज गिरिल...

कैलाली प्रशासनमा ५२ जनाद्वारा नागरिकता सच्याउन माग

समाचार
धनगढी - कैलालीमा ५२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र सच्याउन माग गर्दै निवेदन दिएका छन् ।  जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार नाम, उमेर वा जात सच्याउन माग गर्दै उनीहरुले प्रशासनमा निवेदन दिएका हुन् ।  नेपाली नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिले नाम, जात र उमेर संशोधन गर्न चाहेमा नागरिकता लिएको पाँच वर्षभित्र सच्याउन निवेदन दिन सक्ने व्यवस्था रहेको छ ।  यसैगरी, पाँच वर्षभन्दा अघि नागरिकता लिएका व्यक्तिले संशोधन नियम नेपाल राजपत्रमा प्रकाशित भएको मितिले दुई वर्षभित्र सच्याउन आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।   संशोधन नियम लागु भएपछि कानुन बमोजिम कार्तिकमा १२, मङ्सिरमा ३० र पुसको पहिलो हप्तासम्म १० गरी ५२ जनाले नाम, जात वा थर सच्याउन माग गर्दै आवेदन दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । निवेदकहरुको निवेदनअनुसार संशोधनका...

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र बाग्मती विजयी

समाचार
काठमाण्डाैं – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई हराएकाे छ । आज बुधवार भएकाे खेलमा सुदूरपश्चिमले मधेसलाई ५ विकेटले हरायाे । मधेसले दिएकाे ८३ रनकाे लक्ष्य सुदूरपश्चिमले अन्तिम बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायाे । यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे मधेसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन बनायाे ।  याे जितसँगै सुदूरपश्चिम ५ खेलमा ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । मधेस ५ खेलमा २ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ । आजै कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा बाग्मती प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले हरायाे । बाग्मतीले दिएकाे १ सय १० रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय रनमात्र बनाउन सक्याे ।  यसअघि टस जितेर ब्याटिङ गरेकाे बाग्म...

गाउँबाटै ६ करोड बढीको अदुवा बिक्री

समाचार
धनगढी - रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ ।  पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जनाए ।  गाउँपालिका भित्र अदुवाखेती गर्ने दुई हजार छ सय घरधुुरी रहेका र  पाँच हजार दुईसय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ । प्रत्येक किसानले गाउँबाटै एक क्विन्टललाई रु चार हजारका दरले  बिक्री गरेका छन् । अदुवाका लागि व्यापारी गाउँमै पुगेर खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ । ...

नेप्से परिसूचकमा १७ अङ्कको गिरावट

समाचार
काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।  आज नेप्से परिसूचक १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४ को बिन्दुमा कायम भएको हो । आज तीन सय सात कम्पनीको एक करोड ४३ लाख ३७ हजार सात सय ३८ कित्ता शेयर एक लाख १७ हजार चार सय ७६ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २४ करोड ८७ लाख ८२ हजार छ सय ११ बराबरको कारोबार भएको छ ।  म्युचुअल फन्ड समूह शून्य दशमलव ५३ र निर्जीवन बीमा समूह एक दशमलव १६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ ।  सबैभन्दा धेरै व्यापार समूहको उपसूचकमा दुई दशमलव ३२ प्रतिशतको गिरावट देखिएको छ । चार वटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।  नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र चिर्खवा हाइड्रोपावर लिम...

सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै

समाचार
धनगढी - पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ ।   भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।  गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव गणेश साउदले भारतबाट भित्रिने नागरिकमध्ये लक्षण देखिएकाको एन्टिजेन विधिबाट नमुना जाँच गर्दा आठजनामा कोरोनाको सङ्क्रमण फेला परेको जानकारी दिए ।  “सङ्क्रमित चारको नमुना थप परीक्षणका लागि प्रदेशको प्रयोगशालामार्फत काठमाडौँ पठाइएको र चार सङ्क्रमितको नमुना आज पठाउने तयारी भइरहेको छ”, उनले भने, “सङ्क्रमितमा कुन भेरियन्ट हो भनेर पत्ता लगाउन नमुनाको थप परीक्षण गर्न जरुरी भएको  हो ।” सीमा नाकामा सङ्क्रमित फेला पर्ने बिरामीलाई ‘होम आइसोलेसन’मा बस्न अथवा सिकिस्त बिरामीलाई अस्पताल जान सल्लाह दिइने र सम्बन्...

कञ्चनपुरमा नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता

समाचार
कञ्चनपुर - कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दाले वर्षाैँदेखि दोदा नदी तर्न काठको फड्के प्रयोग गर्दै आएका छन् । काठकाे फड्केमार्फत् खाेला तरेबापत उनीहरुले शुल्क पनि तिर्छन् । याे नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्न बाध्य छन् ।  वर्षौँदेखि काठे पुलको भरमा रहेका लालझाडीवासी बर्खामा ट्युबमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।  स्थानीयले काठे पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको २० रुपैयाँ शुल्क तिर्ने गरेका छन् ।   नदीमा व्यक्तिगत लगानीमा स्थानीय मङ्गलबहादुर चौधरीले काठको फड्के निर्माण गरेका छन् ।  सालको काठबाट फलेक जोडेर बनाइएको अस्थायी पुल जीर्ण बन्दै गएको स्थानीयको गुनासो छ ।  बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कबिच्छेद हुने गरेको...

प्रधानमन्त्री कप : एपीएफकाे लगातार पाँचाैँ जित

समाचार
धनगढी – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब लगातार पाँचाैँ खेलमा विजयी भएकाे छ । आज बुधवार भएकाे खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनकाे फराकिलाे अन्तरले हरायाे ।  एपीएफले दिएकाे १ सय ६१ रनकाे लक्ष्य पछ्याएकाे कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्याे । यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय ६० रन बनायाे ।  याे जितसँगै एपीएफ ५ खेलमा १० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । लगातार ५ खेल हारेकाे कर्णाली तालिकाकाे पुछारमा छ ।...

१ कराेड बढी घुस लिएकाे आराेपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

समाचार
कैलाली – एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी रजिस्ट्रारकाे कार्यालय गण्डकीको प्रमुख हुँदा एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।  जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारका आधारमा उनलाई आज बुधवार कार्यकक्षबाटै पक्राउ गरेको र अब पोखरा पठाउने तयारी भएको पर्वतका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) अर्जुन पौडेलले बताए । मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा रजिस्ट्रार पराजुलीलाई एक करोड १५ लाख रुपैयाँ घुस दिएको बताएका थिए । उनीहरू दुवै जना २६ करोड रुपैयाँ अपचलन गरेकाे आरोपमा पक्राउ परेका ह...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज