Advertisement
Sunday, July 13

कञ्चनपुरमा दलित समुदायको अधिकारका लागि दबाबमूलक अभियान

Advertisement

कञ्चनपुर – संविधानमा भएका दलितसम्बन्धी व्यवस्था पूर्णरुपमा कार्यान्वयन गराउनका लागि कञ्चनपुरमा दबाबमूलक अभियान सञ्चालन गरिएको छ । ‘हामी हाम्रा लागि पटक-पटक लड्यौँ, अरूका लागि अब उठौँ लडौँ’ भन्ने कञ्चनपुर जिल्लाव्यापी अभियान सञ्चालन गरिएको छ । 

निर्णायक तहमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि जिल्लाका नौवटै स्थानीय तहमा अभियान सञ्चालन गरिएको दलित अगुवा शिवी लुहारले बताए । “अभियानअन्तर्गत नौवटै स्थानीय तहमा समिति गठनको कार्य अगाडि बढाएका छौँ”, उनले भने, “पालिकास्तरमा समिति गठनको कार्य पूरा भएपछि जिल्ला समिति र प्रदेशस्तरीय समिति गठन गर्छौ ।”

उनका अनुसार पालिकास्तरमा गठन भएका समितिले दलित समुदायको हकअधिकारका लागि जागरण ल्याउन बैठक, छलफल, अन्तर्क्रियासँगै दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने छन् ।

पालिकामा गठन हुने उपभोक्ता समिति, विकास निर्माणसम्बन्धीका समिति, विषयगत समिति, रोजगारीलगायतमा क्षेत्रमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउनका लागि समितिले पैरवी गर्ने बताइएको छ ।

“अभियानअन्तर्गत गठन हुने समिति विशुद्धरुपमा गैरराजनीतिक सङ्गठनका रूपमा रहने छ”, दलित अधिकारकर्मी राजुराम भुलले भने, “दलित समुदायका हकअधिकारका लागि लडने छ ।” 

आवश्यकताका आधारमा स्रोत व्यवस्थापन गरी परिचालन गर्ने, दलित हकअधिकार तथा जातीय विभेद अन्त्यका लागि निरन्तर पैरवी गर्न पालिकास्तरमा गठन हुने समितिले भूमिका खेल्ने उनले बताए । 

समितिले संविधानमा भएका दलितसम्बन्धी व्यवस्थाका लागि पैरवी गरी अधिकार स्थापना गर्ने, संविधानको धारा २४, ३६ र ४० मा दलितसम्बन्धी व्यवस्था लागू गर्न निरन्तर वकालत गर्ने कार्यसँगै निःशुल्क उच्च शिक्षा, प्राविधिक शिक्षामा दलित समुदायका विद्यार्थीको पहुँच अभिवृद्धि गर्नका लागि वकालत गर्ने अधिकारकर्मी भुलको भनाइ रहेको छ । 

स्थानीय तहमा रहेका दलित जनप्रतिनिधिको छुट्टै समिति गठन गरी स्रोतमा दाबी गरी आयस्रोत वृद्धि गर्ने, स्थानीय तहको हरेक निकायमा दलित समुदायको निर्णायक प्रतिनिधित्व गराउने र अशक्त दलित समुदायलाई निःशुल्क उपचारका लागि पहल गर्ने बताइएको छ । 

अभियानअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा अनिता नेपालीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ । अन्य पालिकामा क्रमशः समिति गठन गर्दै दलित समुदायलाई सङ्गठित गर्दै लैजाने कार्यक्रम अगाडि बढाइएको छ । रासस 

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

कञ्चनपुर- २८ वर्षीया कमला दमाई दुई महिनाअघि मात्रै भारतबाट थाकेको शरीर, थिचिएको आत्मा लिएर घर फर्किएकी थिइन्। गाउँको धूलो, माइतीको...
अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

गोविन्द बोहरा, युएई- अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले प्रेमबहादुर बोगटी (भीम) को अध्यक्षत...
आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक म...
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी नेपा...
बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी– बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्ना तर्फ जाँदै गरेको सुप प्र ०४ ...
बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बझाङ- बुङ्गल हाइड्रो लिमिटेडले प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्षित गर्दै साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले ...
भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनक...
बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडी- बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज