Advertisement

कञ्चनपुरमा दलित समुदायको अधिकारका लागि दबाबमूलक अभियान

Advertisement

कञ्चनपुर – संविधानमा भएका दलितसम्बन्धी व्यवस्था पूर्णरुपमा कार्यान्वयन गराउनका लागि कञ्चनपुरमा दबाबमूलक अभियान सञ्चालन गरिएको छ । ‘हामी हाम्रा लागि पटक-पटक लड्यौँ, अरूका लागि अब उठौँ लडौँ’ भन्ने कञ्चनपुर जिल्लाव्यापी अभियान सञ्चालन गरिएको छ । 

निर्णायक तहमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि जिल्लाका नौवटै स्थानीय तहमा अभियान सञ्चालन गरिएको दलित अगुवा शिवी लुहारले बताए । “अभियानअन्तर्गत नौवटै स्थानीय तहमा समिति गठनको कार्य अगाडि बढाएका छौँ”, उनले भने, “पालिकास्तरमा समिति गठनको कार्य पूरा भएपछि जिल्ला समिति र प्रदेशस्तरीय समिति गठन गर्छौ ।”

उनका अनुसार पालिकास्तरमा गठन भएका समितिले दलित समुदायको हकअधिकारका लागि जागरण ल्याउन बैठक, छलफल, अन्तर्क्रियासँगै दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने छन् ।

पालिकामा गठन हुने उपभोक्ता समिति, विकास निर्माणसम्बन्धीका समिति, विषयगत समिति, रोजगारीलगायतमा क्षेत्रमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउनका लागि समितिले पैरवी गर्ने बताइएको छ ।

“अभियानअन्तर्गत गठन हुने समिति विशुद्धरुपमा गैरराजनीतिक सङ्गठनका रूपमा रहने छ”, दलित अधिकारकर्मी राजुराम भुलले भने, “दलित समुदायका हकअधिकारका लागि लडने छ ।” 

आवश्यकताका आधारमा स्रोत व्यवस्थापन गरी परिचालन गर्ने, दलित हकअधिकार तथा जातीय विभेद अन्त्यका लागि निरन्तर पैरवी गर्न पालिकास्तरमा गठन हुने समितिले भूमिका खेल्ने उनले बताए । 

समितिले संविधानमा भएका दलितसम्बन्धी व्यवस्थाका लागि पैरवी गरी अधिकार स्थापना गर्ने, संविधानको धारा २४, ३६ र ४० मा दलितसम्बन्धी व्यवस्था लागू गर्न निरन्तर वकालत गर्ने कार्यसँगै निःशुल्क उच्च शिक्षा, प्राविधिक शिक्षामा दलित समुदायका विद्यार्थीको पहुँच अभिवृद्धि गर्नका लागि वकालत गर्ने अधिकारकर्मी भुलको भनाइ रहेको छ । 

स्थानीय तहमा रहेका दलित जनप्रतिनिधिको छुट्टै समिति गठन गरी स्रोतमा दाबी गरी आयस्रोत वृद्धि गर्ने, स्थानीय तहको हरेक निकायमा दलित समुदायको निर्णायक प्रतिनिधित्व गराउने र अशक्त दलित समुदायलाई निःशुल्क उपचारका लागि पहल गर्ने बताइएको छ । 

अभियानअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा अनिता नेपालीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ । अन्य पालिकामा क्रमशः समिति गठन गर्दै दलित समुदायलाई सङ्गठित गर्दै लैजाने कार्यक्रम अगाडि बढाइएको छ । रासस 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालि...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अवि...
आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण...
पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा, आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा.. यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जित...
औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

  नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबी...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। व...
चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

  धनगढी, असार ८ – कैलालीको चुरे गाउँपालिका लाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर...
समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

धनगढी- बझाङका युवा समाजसेवी तथा राजनीतिक व्यक्तित्व युवराज भण्डारी व्यवसायिक क्षेत्रमा प्रवेश गरेका छन्। लामो समयदेखि समाजसेवा र र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज