
काठमाण्डाैं – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई हराएकाे छ ।
आज बुधवार भएकाे खेलमा सुदूरपश्चिमले मधेसलाई ५ विकेटले हरायाे । मधेसले दिएकाे ८३ रनकाे लक्ष्य सुदूरपश्चिमले अन्तिम बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायाे ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे मधेसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन बनायाे ।
याे जितसँगै सुदूरपश्चिम ५ खेलमा ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । मधेस ५ खेलमा २ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ ।
आजै कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा बाग्मती प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले हरायाे । बाग्मतीले दिएकाे १ सय १० रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय रनमात्र बनाउन सक्याे ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे बाग्मतीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन बनायाे ।
याे जितसँगै बाग्मती ५ खेलमा ६ अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा छ । लुम्बिनी ५ खेलमा ४ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ ।