
बर्दगोरिया – प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानालाई बर्दगोरिया गाउँपालिकामा स्वागत गरिएको छ ।
बर्दगोरियाबाट सेवा निवृत्त भएका अर्जुन सिंह कार्कीको बिदाई भएपछि टिकापुरका प्रकाश ढुंगानालाई बर्दगोरियामा स्वागत गरिएको हो ।
ढुंगाना अछामको बान्निगढी जयगढ गाउँपालिकाबाट बर्दगोरियामा सरुवा भएका हुन् । आज एक कार्यक्रमकाबीच बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर र उपाध्यक्ष गणेशराज गिरिले प्रमुख प्रशासकीय अधिकृत ढुंगानाको स्वागत गरेका हुन् ।
अध्यक्ष कर्ण बहादुर कुँवरले प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानालाई स्वागत गर्दै बर्दगोरिया गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन साथ सहयोग गर्न आग्रह गरेका छन् ।
उनले कर्मचारीलाई व्यवस्थापन गरि समग्र पालिकाको दिगो विकासमा साथ दिनसमेत आग्रह गरे ।
त्यस्तै पालिका उपाध्यक्ष गणेशराज गिरिले नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत ढुंगानालाई स्वागत गर्दै पालिकाको दिगो विकासमा साथ सहयोगको अपेक्षा गरिएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाले आगामी दिनमा पालिकालाई अझ विकासका दृश्टिकोण्मा नमूना बनाउन आफ्नो पूर्ण साथ सहयोग रहने बताए । पालिकालाई नमुना बनाउन आफुले जानेका कुरालाई व्यवहारमा लागू गर्दै पूर्ण साथ सहयोग रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।