
धनगढी – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब लगातार पाँचाैँ खेलमा विजयी भएकाे छ ।
आज बुधवार भएकाे खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनकाे फराकिलाे अन्तरले हरायाे ।
एपीएफले दिएकाे १ सय ६१ रनकाे लक्ष्य पछ्याएकाे कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्याे ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय ६० रन बनायाे ।
याे जितसँगै एपीएफ ५ खेलमा १० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । लगातार ५ खेल हारेकाे कर्णाली तालिकाकाे पुछारमा छ ।