Advertisement

आधुनिक जीवनशैलीले चाडपर्व र परम्पराहरु ओझेलमा 

Advertisement

भाष्कर भट्ट, बैतडी

भोलि माघी भनिन्छ । पुसको पाक्य माघको खाक्य हिन्दु परम्पराअनुसार आज दिनमा तरुल खोज्न घरभन्दा कयौं टाढा जङ्गलमा गइन्थ्यो रे दिनभरी गाउबाट घरको एक/एक जना गरि तरुल खोजेर ल्याइन्थ्यो रे अनि मज्जाले आज बेलुकी घर आएर सम्पूर्ण ओर्गानिक मिठा मिठा खानेकुरा  पकाएर स-परिवार हर्षोल्लासकासाथ बसिन्थ्यो । पाकेको सम्पूर्ण परिकार मध्येबाट एउटा/एउटा छानी सुरुमा कागको भाग राखिन्थ्यो ।

बिहानै आफ्नो घरका पाखा वा छानाहरुमा पकाइएका परिकारहरु राखी नुहाइधुहाइ गरेर कागलाई का कौवा का भन्ने शब्द उच्चारण गरिन्थ्यो । कागहरु आज तिर्थ गएर भोलि बिहानै सबरै आउथे ।जसको खानेकुरा अगाडि खान्छ त्यसको राम्रो हुन्छ भन्ने किवदन्ती छ । त्यसपछि कागले लिएर गएको खानेकुरा लुकाएको ठाउँमा भेटेपछि उक्त खानालाई गाईवस्तुलाई दिए राम्रो बाच्छा बाच्छी हुने धार्मिक विश्वास छ । मज्जाले माघ १ गतेलाई साथिभाइ स-परिवार खुशीका साथ मनाइन्थ्यो । तर यी सबै कुरा अनि गतिविधि हेर्न त अब मंगल ग्रह नै जानुपर्ने जस्तो भयो ।

गाउघरका मान्छेहरु विभिन्न हेतुले शहर छिरे अनि शहरको आधुनिक शैली सिकेर गाउँमा बिस्थापित गर्न थाले । आजभोलि चाडपर्वहरु अर्गानिक कुराले मनाइन्छ । जस्तै आज पनि के गर्छन भने सबै साथि मिल्छन् अनि पैसा उठाँउछन् र दारुपाटी सुरु हुन्छ रातभरी  दारु मासु अनि अन्य पिउँछ्न अनि खान्छन् एक आपसमा लड्छन्  होहल्ला गर्छन् । एकाअर्कालाई आरोप प्रत्यारोप लगाउँछन् । कुटपिट गरि भोलि अर्थात दोस्रो दिन प्रहरी चौकी पुग्छन् । 

खै यसैखालको गतिविधि गर्ने हो भने त आउँदा पिडिहरुको लागि माघी लगायत अन्य चाडपर्व र परम्पराहरु नौला हुनेछ्न भनिदिए केही फरक नपर्ला ।

त्यसैले आउ जुटौ आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण चाडपर्वहरु जोगाउन पहल गरौं । विदेशी रक्सिले होइन कि आफै अर्गानिक गुन्द्रुकको झोलले हर्षोल्लासकासाथ रमाऔं आफू सङ्ग जे छ त्यसैमा खुसी होऔं । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज