Advertisement

हाम्रो बारेमा

केएमसीमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीलाई स्वागत

समाचार
धनगढी - धनगढीको कैलाली बहुमुखी क्याम्पसमा बीबीए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई स्वागत गरिएको छ । शनिबार क्याम्पसको सभा हलमा बीबीए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले प्रथम सेमेस्टरका विद्यार्थीलाई स्वागत गरेका हुन् । कार्यक्रममा अतिथिहरुको मन्तव्य, विद्यार्थीका गजल, मुक्तक, गीत र नृत्य लगायतका विभिन्न प्रस्तुति रहेका थिए ।  कैलाली बहुमुखी क्याम्पसका सहायक प्रमुख ठाकुर प्रसाद ढुंगेलको  प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बीबीए तेस्रो सेमेस्टरका विद्यार्थी आशिष उपाध्यायको सभापतित्व रहेकोे थियो । त्यस्तै कार्यक्रममा क्याम्पसमा अध्यापन गराइरहेका प्राध्यापक, सह-प्राध्यापक र उप-प्राध्यापकको उपस्थिति रहेको थियो ।...

कविता : मेरो समाज मैले देखेको समाज

समाचार
सर्जक : दशरथ भट्ट मेलौली नगरपालीका-२, बैतडी हाल, धनगढी, कैलाली देशमा संघीयता, गणतन्त्र आएको छ मेरो समाजमा अझै अन्धविश्वास छाएकै छ, पैसा हुने सबैलाई समान अनि आसन छ, गरीबहरुको पुरै बदनाम छ  खुट्टा तान्ने, काट्ने जनता पनि त्यही छन् पर्यो भने त्यसै खुट्टा ढोग्ने पनि छन् मेरो समाज मैले देखेको समाज कोही अगाडि बढेको देख्नै नहुने, उसलाई ढलाउनै खोज्ने, सहयोगी भावना सबैमा हराई सक्यो, सामाजमा विकृति विसंगती भित्रि सक्यो, बिद्यालय छ विद्यार्थी छैनन्, शिक्षक तलव पाई रहेछन्, धारा भनेका छन्, पानी आउदैन सडक त त्यस्तै बनेकै छ गाडी देख्या छैन्, जनप्रतिनिधि बजेट हाली खाइ रहेछन् जनता बोल्न पाउँदैन, घर घर सिंह दरवार आयो भन्छन्, सिंह मात्रै आए दरवार आउँदै आएन, अझ छुवाछुत उस्तै छ भेदभाव गरिराख्छन्, आफू आफू लडेर पानी बाराबार गरिराख्छन्, ...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

समाचार
धनगढी - कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ बैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी बैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ । पनिकाका अनुसार परीक्षा बैशाखको २६ गते सकिने छ । यस्तो छ परीक्षाको समय तालिका –...

उद्योग, पर्यटन मन्त्रालयद्वारा वार्षिक प्रगति सार्वजनिक

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।  मन्त्री रमेशसिंह धामीले मन्त्रालयको नेतृत्व सम्हालेपछि एक वर्ष अवधिमा भएको कार्य प्रगति विवरण मन्त्रालयले सार्वजनिक गरेको हो ।  मन्त्रालयले नीतिगत तथा संस्थागत काम अन्तर्गत एक निर्वाचन एक उद्योग कार्यक्रम लागु गरेको छ ।  यस्तै, प्रत्येक जिल्लामा उद्योग विस्तार तथा दुना–टपरी, बेतबाँस, बेलजुस उत्पादन, ठेकी पारो निर्माण, नेपाली हाते कागज, विजय सालको भाँडा निर्माण, अल्लो तथा जुटको सामग्री निर्माण गर्ने उद्योग सम्वर्धन तथा प्रवर्धन गरिएको छ । मन्त्रालयले सामुदायिक वनको काठ सङ्कलन पहिलो संशोधन निर्देशिका २०८० पारित गरेको छ ।  वन क्षेत्रतर्फ ७७ हेक्टर खाली तथा नाङ्गो वन क्षेत्रको जमिनमा वृक्षा रोपण, सामुदायिक वन क्षेत्र हस्तान्तरण, अतिक्रमित क्ष...

कञ्चनपुरमा बाघले आक्रमण गर्दा एक जना घाइते

समाचार
धनगढीः कञ्चनपुरको बेलौरीमा बाघले मोटरसाइकललाई आक्रमण गर्दा एक जना घाइते भएका छन्। बेलडाँडी गाउँपालिका-३ खैरीघाट बस्ने २४ वर्षीय जीवन चन्द बाघको आक्रमणबाट सामान्य घाईते भएको कुण्डा सव डिभिजन वन कार्यालय प्रमुख दिनेशकुमार यादवले बताए ।  प्रमुख यादवका अनुसार बेलौरी नगरपालिका-८ खपटी खोलाको हुलाकी राजमार्ग कच्ची सडक खण्डमा पुर्वतर्फबाट आएको बाघले मोटरसाइकलमा आक्रमण गरेको हो ।  सो क्षेत्रमा राति आवतजावत गर्दा सतर्कता अपनाउनु हुन उनले अनुरोध गरेका छन् ।...

कविता : म त्यही हुनेछु

समाचार
सर्जक : कृष्टि जोशी, धनगढी   बुझेकी छु  तिम्रो काधको जिम्मेवारी  तिम्रा सपनाको उचाई  तिम्रो संघर्षको कथा कदर गर्छु तिम्रो स्वभावको चौतारी त्यही छ बस बद्लिएको छ त समय दिन बित्यो, महिना बित्यो हेर्दा हेर्दै बर्ष पनि बित्यो तिमिलाइ सम्झिने बानी उस्तै छ यदि जिन्दगीको सफरमा कुनै दिन थाक्यौ भने जिम्मेवारीको भारी गर्हुको लाग्यो भने सपनाको उचाइले तिमिलाइ पछार्यो भने सफलताले तिम्रो हात  समाएन भने प्रियजनका शब्दले  तिमिलाइ थिचोल्यो भने केही झर्को नमानी तिमी आउनु फर्किएर क्षणिक खुशी सहित केहि मिठा याद समेट्न मिल्ने गरि यी आँखामा तिम्रो तस्बिर उस्तै छ यो मनमा तिम्रो ठाउँ उस्तै छ बस तिमिले पछुतो नमान्नु आफ्नो  हिजोको  निर्णयमा हिजो शव हो आज सब हो त्यसैले तिमी ढुक्क भएर आउनु&nb...

धनगढीको शारदा माविका शिक्षक अर्जुन सम्मानित  

समाचार
धनगढी - धनगढीको शारदा माविमा अध्यापन गराइरहेका शिक्षक अर्जुन रजवार सम्मानित भएका छन् । शुक्रबार धनगढी-२ मा रहेको शारदा माविले मनाएको ४८औं वार्षिकोत्सवमा तथा अभिभावक दिवसका अवसरमा शिक्षक रजवारलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको हो । विद्यालयले २० वर्षसम्म सेवा प्रदान गरेका शिक्षक/शिक्षिकालाई उक्त सम्मान प्रदान गर्दै आइरहेको प्रधानाध्यापक तेजबहादुर सिंहले बताएका छन् । कैलाली जिल्लाको शैक्षिक उन्नयन गर्न र शिक्षण सेवा अवधि भरी शिक्षण पेशाको मर्यादा उच्च राख्न अनुकरणीय योगदान गर्दै शारदा माविमा २०६० जेठ ०१ गतेदेखि हालसम्म शिक्षकको जिम्मेवारीमा रहँदा यस संस्थाको शैक्षिक, भौतिक र प्रशासनिक विकासका लागि उत्कृष्ट सल्लाह, सुझाव र मार्गदर्शन प्रदान गरिएकाले उक्त सम्मान अर्पण गरिएको सम्मान पत्रमा उल्लेख छ । शुक्रबार शारदा माविले मनाएको ४८औं वार्षिकोत्सव समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका...

धनगढीको शारदा माविले मनायो ४८औं वार्षिकोत्सव 

समाचार
धनगढी - धनगढी उपमहानगरपालिका-२, बैयाबेहडीमा रहेको शारदा माविले ४८औं वार्षिकोत्सव समारोह मनाएको छ । समाजसेवी फक्लु चौधरीले जग्गा दान गरेपछि २०३२ सालमा स्थापना भएको शारदा माध्यमिक विद्यालयले शुक्रबार आफ्नो ४८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।  समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डाक्टर हरिप्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । उक्त समारोहमा २०८१ सालमा कार्यकाल सकिन लागेकाले आजसम्म गरेको योगदानका लागि शिक्षिका माला ओझा र चित्रा पनेरूलाई सम्मान गरिएको छ । त्यस्तै विद्यालयमा अध्यापन गराइरहेका शिक्षक अर्जुन रजवारलाई विद्यालयमा २० वर्ष बढी सेवा प्रदान गरेको उपलक्ष्यमा  वार्षिकोत्सव समारोहमा सम्मान गरिएको छ । त्यस्तै समारोहमा विद्यालयलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेका विभिन्न समाजसेवी व्यक्तिलाई सम्मान गरिएको छ । वार्ष...

२६ बर्षदेखि राजनीतिमा सक्रिय चन्दको एमाले कैलालीको सचिवमा उम्मेदवारी

समाचार
धनगढी - राजनितिमा कुनै न कुनै रुपमा फाइदा लिनकै लागी लाग्ने परिपाटी निकै बढेको छ । नेताको नजिक भएर योजना पाउन, सरकारी नियुक्ती खान, पहुँचमा भइरहन, अबैध कारोबार गर्न लगायत फाइदाका लागी मात्रै राजनितिमा होमिने धेरै छन् ।  तर इमानको राजनिति गर्ने हरु निकै कम भेटिन्छन् । राजनितिलाई सेवाका रुपमा लिएर बषौँ खर्चिएका इमान्दारितामा बिश्वास राख्ने एक हुन बिष्णु चन्द । हाल नेकपा एमाले कैलाली जिल्ला कमिटि सचिवालय सदस्य समेत रहेका चन्दले पार्टीमा बषौँ लगानी गरे । २०३८ साल जेठ महिना बैतडीको तत्कालीन ढुंगाड गाबिस वडा नम्बर ७ मा बुवा उद्धव चन्द कलावती चन्दको सुपुत्रका रुपमा जन्म लिएका चन्द सानै देखी सामाजिक सेवामा काम गर्ने सोचका ब्यक्ती थिए ।  चन्दले कक्षा ७ सम्म गाउँकै बिद्यालयमा अध्यायन गरे । २०५० सालमा बैतडीबाट धनगढी झरेका चन्दले कक्षा ८ सम्म धनगढीको सारदा माध्यमिक बिद्यालयमा अध्याय...

‘श्री कलेज अफ म्यानेजमेन्ट धनगढी कप’ फागुन ६ गतेदेखि   

समाचार
धनगढी - श्री कलेज अफ म्यानेजमेन्ट धनगढी कप फागुन ६ गतेदेखी १० गतेसम्म हुने भएकाे छ ।  धनगढीमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै आयाेजक लिटल फ्लावर स्पोर्ट्स क्लबले कपबारे जानकारी दिएको हाे । श्री कलेजकाे मुख्य प्रायाेजनमा आयाेजना गरिएको विद्यालय स्तरीय फुटबल कपकाे प्रथम पुरस्कार ५० हजार नगदसहित ट्रफि र प्रमाणपत्र र द्वितीय हुने टिमले २५ हजार नगदसहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने आयाेजक स्पाेट्स् क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताएका छन् ।  कपमा कैलाली जिल्लाका १० वटा स्कुलहरुकाे सहभागीता रहेकाे उनले बताए । शाहीले भने, "धनगढीकाे खेल क्षेत्रलाई विकास गर्न धनगढी कपले याेगदान पुर्याउने विश्वास गरेका छौं । लिटल फ्लावरले केही वर्षदेखी क्रिकेटका राष्ट्रिय तथा स्थानिय प्रतियोगिता गरिरहेकाे अवस्थामा अहिले फुटबल प्रतियोगिताकाे सुरुवात गरेकाे छ ।"...

कञ्चनपुरकी फरार प्रतिवादी एक महिला धनगढीबाट पक्राउ 

समाचार
कञ्चनपुर - बैङकिङ कसुर मुद्दामा फरार प्रतिवादी कञ्चनपुरकी जानकी कुवँर धनगढीबाट पक्राउ परेकी छिन् । जिल्ला अदालत कञ्चनपुरले २०८० पुस २ गते बैङकिङ कसुर मुद्दामा १ महिना कैद र ५ लाख ६० हजार जरिवाना फैसला सुनाएपछि कुवँर फरार रहेकी थिइन् ।  कञ्चनपुरको भीमदत्त नगरपालिका १८ बस्ने ४५ वर्षीया कुवँरलाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिहीवार दिउँसो धनगढीबाट पक्राउ गरेको बताइएको छ ।...

बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

समाचार
चैनपुर - बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन् ।    बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने  घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए ।  जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज