
सर्जक : कृष्टि जोशी, धनगढी
बुझेकी छु
तिम्रो काधको जिम्मेवारी
तिम्रा सपनाको उचाई
तिम्रो संघर्षको कथा
कदर गर्छु तिम्रो स्वभावको
चौतारी त्यही छ
बस बद्लिएको छ त समय
दिन बित्यो, महिना बित्यो
हेर्दा हेर्दै बर्ष पनि बित्यो
तिमिलाइ सम्झिने बानी उस्तै छ
यदि जिन्दगीको सफरमा
कुनै दिन थाक्यौ भने
जिम्मेवारीको भारी
गर्हुको लाग्यो भने
सपनाको उचाइले
तिमिलाइ पछार्यो भने
सफलताले तिम्रो हात
समाएन भने
प्रियजनका शब्दले
तिमिलाइ थिचोल्यो भने
केही झर्को नमानी
तिमी आउनु फर्किएर
क्षणिक खुशी सहित
केहि मिठा याद समेट्न मिल्ने गरि
यी आँखामा तिम्रो तस्बिर उस्तै छ
यो मनमा तिम्रो ठाउँ उस्तै छ
बस तिमिले पछुतो नमान्नु
आफ्नो हिजोको निर्णयमा
हिजो शव हो
आज सब हो
त्यसैले तिमी ढुक्क भएर आउनु
म त्यही हुनेछु , म त्यही हुनेछु ।

