धनगढी – धनगढीको कैलाली बहुमुखी क्याम्पसमा बीबीए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई स्वागत गरिएको छ ।
शनिबार क्याम्पसको सभा हलमा बीबीए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले प्रथम सेमेस्टरका विद्यार्थीलाई स्वागत गरेका हुन् ।
कार्यक्रममा अतिथिहरुको मन्तव्य, विद्यार्थीका गजल, मुक्तक, गीत र नृत्य लगायतका विभिन्न प्रस्तुति रहेका थिए ।
कैलाली बहुमुखी क्याम्पसका सहायक प्रमुख ठाकुर प्रसाद ढुंगेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बीबीए तेस्रो सेमेस्टरका विद्यार्थी आशिष उपाध्यायको सभापतित्व रहेकोे थियो ।
त्यस्तै कार्यक्रममा क्याम्पसमा अध्यापन गराइरहेका प्राध्यापक, सह-प्राध्यापक र उप-प्राध्यापकको उपस्थिति रहेको थियो ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३