Advertisement

२६ बर्षदेखि राजनीतिमा सक्रिय चन्दको एमाले कैलालीको सचिवमा उम्मेदवारी

Advertisement

धनगढी – राजनितिमा कुनै न कुनै रुपमा फाइदा लिनकै लागी लाग्ने परिपाटी निकै बढेको छ । नेताको नजिक भएर योजना पाउन, सरकारी नियुक्ती खान, पहुँचमा भइरहन, अबैध कारोबार गर्न लगायत फाइदाका लागी मात्रै राजनितिमा होमिने धेरै छन् । 

तर इमानको राजनिति गर्ने हरु निकै कम भेटिन्छन् । राजनितिलाई सेवाका रुपमा लिएर बषौँ खर्चिएका इमान्दारितामा बिश्वास राख्ने एक हुन बिष्णु चन्द ।

हाल नेकपा एमाले कैलाली जिल्ला कमिटि सचिवालय सदस्य समेत रहेका चन्दले पार्टीमा बषौँ लगानी गरे । २०३८ साल जेठ महिना बैतडीको तत्कालीन ढुंगाड गाबिस वडा नम्बर ७ मा बुवा उद्धव चन्द कलावती चन्दको सुपुत्रका रुपमा जन्म लिएका चन्द सानै देखी सामाजिक सेवामा काम गर्ने सोचका ब्यक्ती थिए । 

चन्दले कक्षा ७ सम्म गाउँकै बिद्यालयमा अध्यायन गरे । २०५० सालमा बैतडीबाट धनगढी झरेका चन्दले कक्षा ८ सम्म धनगढीको सारदा माध्यमिक बिद्यालयमा अध्यायन गरे । त्यसपछि चौमालाको मालिका उच्च माबीमा भर्ना भएका चन्दले बिद्यार्थी राजनिति शुरु गरे ।

२०५३ सालमा सोही बिद्यालयबाट राजनितिमा छिरेका उनले कैलाली बुहुमुखी क्याम्पसबाट उच्च शिक्षा र स्नातक तहको शिक्षा उत्तिर्ण गरे । समाजशास्त्र बिषयमा स्नातगोत्तर तह उत्तिर्ण गरेका चन्द कैलाली बहुमुखी क्याम्पसमा अध्यायन गर्दा राजनितिमा निकै निखारिए । एमाले भन्दा छिटफुट रुपमा मात्रै देखिने त्यो बेलामा चन्द एमालेकै बिद्यार्थी संगठन बनाउनमा सक्रिय भए । कैलाली बहुमुखी क्याम्पसमा अध्यायनरत बेला प्रारम्भिक क्याम्पस कमिटि सचिव र अध्यक्षपनि बने । कैलाली बहुमुखी क्याम्पसबाट बिद्यार्थीहरुलाई एमालेमा संगठित गराउन उनको भुमिका निकै महत्वपुर्ण रह्यो ।

चन्द क्याम्पस हुँदै अनेरास्वबियुका कैलाली जिल्ला कोषाध्यक्ष बने । तत्कालिन अनेरास्वबियु कैलालीको अध्यक्ष दीर्घ सोडारी र सचिव रण बहादूर चन्द हुँदा बिष्णु कोषाध्यक्ष थिए । त्यसपछि अनेरास्वबियु कैलालीको उपाध्यक्ष हुँदै केन्द्रिय सदस्य र सेती अञ्चल ईन्चार्जपनि भए । २०६२/०६३ को जनआन्दोलनमा बिद्यार्थीबाट अग्र पक्तींमा चन्द देखिन्थे । बिद्यार्थीकै अगुवाइमा धनगढीमा आन्दोलन चर्केको थियो । त्यतिबेला चन्द प्रहरीसंगको झडपमा घाइते बने । घाइते मात्रै होइन प्रहरीबाट उनि गिरफ्तार पनि भए ।

२०६५ सालमा स्वबियु निर्वाचन हुने भएपनि चन्द कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिका उमेदवार रहेका थिए । २०६५ साल चैत ११ गते स्ववियु चुनावका दिन कैलाली बुहुमुखी क्याम्पसमा अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन र अखिल क्रान्तीकारीबिच झडप भयो । झडपले उग्र रुप लिएपछि चन्द त्यो झडपलाई नियन्त्रण लिने प्रयासमा थिए । दुइटै पक्षलाई सम्झाउँदै क्रान्तीकारीकै एक जना कार्यक्रतालाई बचाउने बेला चन्दको टाउकोमा इट्टा प्रहार भयो । इट्टा प्रहार संगै उनि बेहोस भए र पार्टीका नेता र बिद्यार्थी नेताहरुको पहलमा उनको हेलिकप्टरबाट उद्धार गरेर काठमाण्डौँमा उपचार भयो ।

इट्टाले टाउको बिच भागमै चिरा परेको अवस्थामा चन्दको जटिल उपचार सम्भव भयो । पार्टी र नेताहरुको सहयोगमा उनको सफल उपचार भयो । उपचार त भयो तर ति घाउ अँझैपनि उनको टाउकोमा प्रस्ट देखिन्छ । मरेर बाँचेका चन्दले राजनितिलाई फेरी निरन्तरता दिए । पार्टीका आन्दोलन, राष्टियताका आन्दोलन, निजि स्कुलका बिरुद्धमा आन्दोलन, सिमा शुरक्षा अभियानको नेतृत्व लगायत आन्दोलनमा चन्द पटक पटक गिरफ्तार भए ।

राजाका बिरुद्धमा मान्छे बाहिर निश्किनै नसक्ने अवस्थामा चन्दको नेतृत्वमा आन्दोलन शुरु भयो । २६ बर्ष निस्वार्थ राजनितिक जिवन बिताएका चन्द सबै अवशरबाट बञ्चित भए । नेकपा एमालेको एक कार्यकाल कैलाली जिल्ला कमिटि सदस्य, यस अघी सचिवालय सदस्य र अहिलेपनि चन्द सचिवालय सदस्य छन् । करिब ३ दशक राजनितिक जिवन बिताइसकेका चन्दले हालसम्म कुनै लाभको पद लिएका छैनन् । पार्टी नेतृत्वमा समेत उनि पुगेका छैनन् ।

हालसम्म पार्टीको राजनितिलाई संघर्षरत निरन्तरता दिइरहेका चन्द यस पटक पार्टी जिल्ला कमिटि कैलालीको सचिवमा जबरजस्त दावेदारको रुपमा देखिएका छन् । समाजसास्त्रमा मास्टर डिग्री गरिसकेका चन्द अब पार्टीको नेतृत्व गर्नुपर्ने उद्देश्यमा छन् । शुरुमा अध्यक्षकै रुपमा हेरिएका चन्दले सचिवका लागी आशय ब्यक्त गरेका छन् । नेताहरुसंगको सल्लाहमा चन्दले सचिवमा इच्छा ब्यक्त गरेका हुन् । तिन कार्यकाल पार्टी जिल्ला कमिटिमा बसेर काम गरेका उनि अब नेतृत्व लिनैपर्ने उद्देश्यमा छन् ।

२६ बर्षे राजनितिक जिवन निश्वार्थ बिताएका चन्द पार्टीले आफ्नो योगदान र क्षमतालाई बिश्वास गर्नेमा ढुक्क छन् । ‘हिजोका दिनमा केपी ओलीकै मान्छे भनेर सुदूरपश्चिममा म र ओलीका पक्षमा लागेका हमीहरुले यहाँको नेतृत्वबाट बाइपास हुनुपरेको थियो’ चन्दले भने ‘अहिले ओलीको बिरुद्धको कुनै नेता छैन त्यस कारण हिजो चेपिएका, पेलिएका हामीजस्ता कार्यक्रताले अब अवशर पाउँछन भन्नेमा ढुक्क छु ।’

‘धेरै मान्छे राजनितिमा लागे मान्छे मन्त्री भए, माननिय भए तर जनजिबिकाका सवालमा ग्रामिण क्षेत्रको नागरिकका सहयात्री हाम्रा नेता बन्न सकेनन्’ उनले भने ‘ब्यवस्था परिवर्तन भयो जनताको अवस्था परिवर्तन हुन सकेन्, निजि स्वार्थमा नेताहरु डुवे त्यस कारण जनताका आधारभुत आवश्यक्तापनि पुरा हुन सकेनन ।’

‘हाम्रा नेताहरु पार्टी बनाउनु भन्दा आफ्ना ब्यक्तीगत स्वार्थमा केन्द्रित भए जसको नतिजा चुनावमा देखिसकेको छ,हामी गएपछि यो कुराको परिवर्तन गर्नुपर्छ, जे बिषय बिगतमा हामीले सडकबाट उठाएका थियौँ, अब ति बिषय कार्यान्वयनका लागी हामीले जानुपर्छ भन्ने हो ।, मलाई बिश्वास छ, मेरो बिरुद्धमा कोही साथीहरु आउनुहुन्न होला किनकी मेरो लगनसिलता, इमान्दारिता र धैर्य सबैले देख्नुभाकै छ’ चन्दले भने । 

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

एजेन्सी- अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षबाट फर्किएका छन् । भारतीय समयअनुसार बिहान ३ बजेर २७ मिन...
ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

धनगढी- कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसं...
बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २,  एक क्याम्पसमा आज निर्वाचन हुँदै

बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २, एक क्याम्पसमा आज निर्वाचन हुँदै

धनगढी- बैतडीमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका ५ वटा क्याम्पसमा स्ववियु निर्वाचनको अन्तिम नजिता सार्वजनिक भएको छ । सा...
कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

धनगढी-  कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) काे नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ८ क्याम्पसकाे अन्तिम नतिजा सार्वजन...
आज सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

आज सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...
ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको अग्रता कायमै

ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको अग्रता कायमै

धनगढी- कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट नेप...
कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

धनगढी- कञ्चनपुरका ६ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय ...
बझाङको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलनै विजयी, सभापतिमा बोहरा

बझाङको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलनै विजयी, सभापतिमा बोहरा

धनगढी- बझाङकाे बुंगल नगरपालिकामा रहेकाे त्रिवेणी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघको प्यानलनै विजयी भएको छ । मंगलबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज