Advertisement

हाम्रो बारेमा

आजको मौसम : सुदूरपश्चिमसहित केहि स्थानमा हल्ला वर्षा

समाचार
धनगढी - हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।  जस्को प्रभावले अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।...

दोलखा केन्द्रबिन्दु भएर गयो भूकम्प

समाचार
धनगढी - दोलखा जिल्ला केन्द्रबिन्दु भएर आज (मंगलवार) बिहान भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो। केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको थियो।  यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।...

धनगढीको एक्सिस विद्याश्रमले मनायो १९औं वार्षिकोत्सव 

समाचार
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा रहेको एक्सिस विद्याश्रमले १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ ।  सोमबार विविध कार्यक्रम तथा सांस्कृतिक प्रस्तुतिसहित १९औं वार्षिकोत्सव  मनाइएको हो । राष्ट्रिय परिक्षा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख धनपति भेटुवाल प्रमुख आतिथ्यता रहेको उक्त समारोहमा एक्सिस विद्याश्रमकि प्राचार्य अनिता पन्तको अध्यक्षता रहेको थियो । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले सृजना गरेका विभिन्न प्रविधिका उपकरणहरु पनि प्रदर्शनीमा राखिएको थियो । शिक्षक केशव भट्टले स्वागत मन्तव्य राखेको उक्त समारोहको सञ्चालन शिक्षक नवराज भट्ट र विष्णु पोखरेल तथा विद्यार्थी वर्षा अधिकारी र गणेश धामीले गरेका थिए ।...

अशिग्राम मावि रुपालको ६९औं वार्षिकोत्सवमा समाजसेवी पनेरू सम्मानित

समाचार
रुपाल - डडेल्धुराको भागेश्वर गाउँपालिका-२, रुपालका समाजसेवी सिद्धराज पनेरू सम्मानित भएका छन् । रुपालमा रहेको अशिग्राम माध्यमिक विद्यालयले आज मनाएको ६९औं वार्षिकोत्सव समारोहमा समाजसेवी पनेरू सम्मानित भएका हुन् । अशिग्राम मावि रुपाललाई भौतिक, शैक्षिक र व्यवस्थापकीय पक्षमा गरेको योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र बहादुर पाण्डेले बताए । समाजसेवी पनेरुले २०५४ मा स्कुलमा स्वर्गीय बुवा जगन्नाथ पनेरुको नाममा जगन्नाथ स्मृति छात्रवृत्ति, आमा चन्द्रादेवि पनेरुको नामबाट चन्द्रादेवि  प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरेका छन् भने २०७२ सालमा अशिग्राम मावि रुपालमा आफ्नो परिवार को तर्फबाट स्वर्गीय बुवाको स्मृतिमा सरस्वती मन्दिर स्थापना गरेका छन्  यस्तै उनले २०८० बैशाख १ गतेबाट २०८० असार ३२ सम्म सामाजिक सञ्जालमार्फत विद्यालयका लाग...

आजको आवश्यकता प्रजातन्त्र , गणतन्त्र वा राजतन्त्र

समाचार
लवदेब धामी, धनगढी  हाम्रो देश नेपाल मात्रै विश्वमा यस्तो छ जहाँ जसले पनि आफू अनुकूलको शासन प्रणाली आलम्बन गर्न पाउँछन् ।  यहाँ स्वतन्त्रताका लागि १०४ बर्षे लामो जाहानीया राणा शासन फाल्न कतिले के के गुमाए इतिहास साँची छ । कुनै बेला राज्य राज्यमा विभक्त नेपाल एक बनाउन मारिनु पर्यो, कुनै वेला आफूमाथिकै शासकको दमनबाट पिडीत हुनु पर्यो त कुनै बेला विदेशीको चङ्गुलबाट देशलाई बचाउन रगतको खोलो बगाउनु पर्यो । कुनै पनि समयमा आखिरमा सोझा नेपाली जनताले नै पिडा खेप्न बाध्य भएका तथ्यहरु पनि भेटिन्छन् ।  जाहानीया राणा शासन फाल्न सुरुमा वि. सं १९९७ सालमा ४ जनाको बलि चढाएर त्यस पछिको महासंघर्ष पश्चात मात्रै वि.सं २००७ सालमा प्रजातन्त्र स्थापना गरी राणा र जनाता दुवै शासन गर्ने सहमति भयो ।  समय  बित्दै जाँदा सत्ताका भोका रहेकाहरुकै कारण प्रथम जन निवार्चित प्रधानमन्त्री विवे...

महिला क्रिकेट टोली स्वदेश फर्कियो

समाचार
धनगढी - एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । मलेसियामा एसीसी वुमन्स प्रिमियर कप २०२४ खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको हो । नेपाली महिला क्रिकेट टोलीले  माल्दिभ्स र कुवेतसँग जितेको थियो भने  मलेसियासँग हारेको थियो।

कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

समाचार
धनगढी - कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। कैलारी गाउँपालिका-३ शिबरत्नपुरबाट १ ग्राम ९५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ वस्ने २८ वर्षीय युवक सुरज लौकुस्मलाई आईतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।  ईलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले सुरजको साथमा लागूऔषध फेला पारी उक्त पदार्थसहित उनलाई पक्राउ गरेको जनाएको छ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।...

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

समाचार
धनगढी - आज राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो। फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ । दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिन्छ । प्रजातन्त्रकै जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि अझै नागरिकले भने र खोजेजस्तो नभएको भन्दै गुनासा र असन्तुष्टि बढिरहेका छन् । ...

रुपालको अशिग्राम माविमा पनेरूको सहकार्यमा साउण्ड सिस्टम हस्तान्तरण 

समाचार
धनगढी - डडेल्धुराको भागेश्वर गाउँपालिका-२, रुपालमा रहेको अशिग्राम माध्यमिक विद्यालयलाई गुणस्तरीय साउण्ड सिस्टम हस्तान्तरण गरिएको छ । अशिग्राम माविका पूर्व छात्र तथा समाजसेवी सिद्धराज पनेरूले विद्यालयबाट अख्तियारि लिई चन्दा संकलन गरेर आइतबार डिजिटल साउण्ड सिस्टम सेट र विद्युतिय घण्टी विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।  उक्त साउण्ड सिस्टमका लागि समाजसेवी पनेरूले सामाजिक सञ्जालमार्फत विद्यालयका लागि चलाएको 'साउण्ड सिस्टम र शैक्षिक सामग्री सहयोग संकलन अभियान'मा विभिन्न सहयोगी व्यक्तिहरुबाट एक लाख ५९ हजार छ सय ६७ रकम बराबरको उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर पाण्डेले बताए । उक्त रकमबाट साउण्ड सिस्टम लगायतका सामग्रीहरु खरिद गरी विद्यालयलाई हस्तान्तरण भइ सम्पूर्ण आयव्यय सार्वजनिक गरिएको प्रधानाध्यापक पाण्डेले जानकारी गराएका छन् । उक...

धनगढीको साइनो एजुकेसनले मनायो प्रथम वार्षिकोत्सव 

समाचार
धनगढी - धनगढी-१, टीसीएन चोकमा रहको साइनो एजुकेसनले प्रथम वार्षिकोत्सव मनाएको छ । गत साल फागुन ६ गते सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा शिक्षाविद् प्रा. डा. हेमराज पन्तद्वारा उद्घाटन भएको साइनोले आज आइतबार आफ्नो प्रथम वार्षिकोत्सव मनाएको हो । आज धनगढीका विभिन्न क्षेत्रका शिक्षा प्रेमी व्यक्तिहरुको उपस्तिथिमा एजुकेसनमा अध्ययनरत विद्यार्थीहरुको नृत्य, गीत, गजल लगायतका प्रतिभा प्रदर्शन गरि वार्षिकोत्सव मनाएको छ । त्यस्तै साइनोमा अध्यापन गराइरहेका शिक्षकलाई मायाको चिनो, सम्मान पत्र प्रदान गरिएको छ भने साइनोमा अध्ययनरत देव साउँद साइनो अफ द इयर घोषणा भएका छन् ।  यस्तै साइनोले वसन्तराज जोशी, आकृति गौडेल, विनोद सुनारलाई ट्यालेन्ट अफ द इयर घोषणा गरेको छ ।  उक्त समारोहमा सुदूपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख योगरज गौतम, दिनेश ग्रुपका अध्यक्ष श्याम हमाल, व...

कविता : लाल सलाम सर 

समाचार
सर्जक : शान्ती प्रसाद जोशी 'मुस्कान', बैतडी हाल, कैलाली सानो घर सुखी परिवार आँगनमा पुग्यो एक हुल  टाउकोमा चट्ट रातो रिबन काँधमा लामो राइफल म सोचिरहे को होलान् त्यतिकैमा आफू बसेको ठाउँबाट बा चट्ट उठे नजिकै गए र  बोले सलाम सर ! म डरै डरले बाउको छेउमा गए। बाको खुट्टा समात्दै रुन थाले। बाले थम थम्याउँदै भन्नुभयो बाबु क्रान्ति गर्नुछ बाको टाउकोमा रातो रिबन बाँधियो काँधमा राइफल भिराइयो  हातमा झन्डा समाउँदै खुट्टा बजार्दै बाउ बोले सलाम सर! पहिला आँगनमा उक्लेका  रिबन टाउकोमा बाँधेका  राइफल काँधमा भिरेका सलाम सर जस्तै देखिए मेरा बाउ पनि।  एकैछिनको मौनतापछि सबै एकै ठाउँमा उभिए उनी एकजना बाहेक  जो सबैभन्दा अगाडि उभिए र सबैले खुट्टा बजार्दै  एकै आवाज आयो सलाम सर !! म पाँच वर्षको बामे सर्दै गरेको बालक मनमनै...

नेपाल रेडक्रस सोसाइटी धनगढीको २०औं साधारण सभा सम्पन्न 

समाचार
धनगढी - नेपाल रेडक्रस सोसाइटी धनगढी उपशाखाको २०औं साधारण सभा सम्पन्न भएको छ ।  शनिबार नेपाल रेडक्रस सोसाइटी धनगढीको उपशाखा भवन धनगढी-८, नवदुर्गा उक्त साधारण सभा सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य उत्तम जोशी रहेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा धनगढी उपशाखाका सभापति ओम प्रकाश पाण्डेय अध्यक्षतामा रहेको थियो । त्यस्तै कार्यक्रममा रेडक्रस जिल्ला शाखा सभापती वासुदेव बिनाडी, वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरी, गेटा अस्पतालका डाक्टरद्वय डा. गणेश फुलारा र मेडिकल अफिसर नविन बोहराको विशिष्ट आतिथ्यता रहेको थियो । रेडक्रश विशिष्ट सदस्य शिवराज ओझाले शुभकामना मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा धनगढी उपशाखाका सचिव पारस जोशीले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा नेपाल चिकित्सक संघ, सुदुरपश्चिम प्रदेशको प्राविधिक सहयोगमा एकदिने निःशुल्क स्वास...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज