Advertisement

हाम्रो बारेमा

गलकोट नगर अस्पतालमा आकस्मिक प्रसुति तथा नवजात शिशु सेवा सञ्चालन

गलकोट नगर अस्पतालमा आकस्मिक प्रसुति तथा नवजात शिशु सेवा सञ्चालन

समाचार
बागलुङको गलकोट नगर अस्पतालमा आकस्मिक प्रसुती तथा नवजात शिशु सेवा (सिईओएनसी) सञ्चालनमा ल्याइएको छ । यो सेवा सञ्चालन गरेसँगै नगर अस्पतालमै गर्भवती महिलालाई शल्यक्रिया मार्फत् प्रसुती सेवा प्रदानका लागि सहज भएको हो। गत असोजदेखि संचालनमा आएको सेवामा हालसम्म ५ जना गर्भवती महिलाको शल्यक्रिया मार्फत् प्रसुती सेवा प्रदान गरिसकिएको अस्पतालमा प्रमुख डा राजेश पौडेलले जानकारी दिए। केही वर्ष पहिले प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेको उक्त संस्था नगरपालिकाले स्वामित्वमा लिएर अस्पतालको रुपमा विकसित गरेपछि सेवाहरु पनि क्रमश थपिँदै गएका छन्। प्राथमिक स्वास्थ्य केन्द्र हुँदा महिनामा झण्डै ३ देखि ४ जना महिलाले सुत्केरी सेवा लिने गरेको अस्पतालमा हाल मासिक १० देखी १२ जनाले सेवा लिँदै आएको डा पौडेल बताउँछन्। ‘गलकोट नगर अस्पताल यस क्षेत्रको केन्द्रको रुपमा रहेको छ, ताराखोला, बडिग...
एमालेले भोली दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै

एमालेले भोली दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- सत्तारुढ नेकपा एमालेले भोलि काठमाडौंमा जागरण सभामार्फत ‘शक्ति प्रदर्शन’ गर्दैछ । देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निरासा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।बुधबार अपराह्न सम्पदाहरूसँग समसामयिक राजनीतिक विषयमा गरिएको अन्तरक्रियामा उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्र असान्दर्भिक भयो कि भन्नेका विरुद्ध जागरण अभियान भएको बताए । देश बन्दै छ, हामी बनाउँछौँ भन्ने सन्देश जनतालाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएको उनको भनाइ छ । एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ । जागरण सभाका संयोजक स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले उपत्यकाको ३ जिल्ला, जनसंगठन, सम्पर्क कमिटीसहितको उपस्थिति हुने भएकाले त्यति संख्या पुर्‍याउने दाबी ग...
एनपिएल खेलाउन त्रिवि मैदानमा १० नयाँ संरचना

एनपिएल खेलाउन त्रिवि मैदानमा १० नयाँ संरचना

Breaking News 1, खेलकुद, ट्रेन्डिङ
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेञ्चाइज टी-२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को तयारी अन्तिम चरणमा पुगेको छ। आठ टोलीको सहभागिता हुने एनपिएलका सबै खेल मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछन्। एनपिएलका लागि भनेर क्यानले विगत ६ महिनादेखि त्रिवि मैदानको मर्मतसहित विभिन्न अस्थायी संरचना थप्ने काम गरेको छ। क्यानले मैदानमा केही संरचना पहिलो पटक निर्माण गरेको छ। आफ्नै खर्चमा मैदान मर्मत गरेको क्यानले प्रतियोगितामा दर्शकका लागि केही सुविधा थप गरेको हो।...
ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

समाचार
  काठमाण्डौँ -ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष (अभियन्ता) फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामान्य सोधपुछका लागि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर भद्रकालीले बताएको छ । उनले हिजो नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोप्रति आपत्ति जनाएका थिए । सोहि विषयलाई लिएर उनलाई नियन्त्रणमा लिइएको आशंका गरिएको छ । यस्तोमा ग्रेटर नेपालको अभियान चलाइरहेका उनले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।।...
औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण

औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कैलाली : औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । धनगढीका सरकारी विद्यालयमा आज औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको हाे । सरकारी विद्यालयका करिव १० हजार बढी विद्यार्थीहरुलाई एक शन्देसमुलक कार्यक्रमका विच प्रयाेग बारे जानकारी गराउनु भएको दिर्घराज जाेशीले बताउनु भयाे । कार्यक्रममा निःशुल्क शैक्षिक सामग्री प्रदान गर्ने अभियान अन्तर्गतको आज पहिलो दिन ,सामाजिक उत्तरदायित्वको विनम्र प्रयास अन्तर्गत सात सय बढी जनालाई प्रदान गरिएको जनाएको हाे । सन्देशमुलक सचेतना अभियान सँगै शैक्षिक सामाग्री प्राप्त गर्ने विद्यालयमा राष्ट्रिय माध्यमिक विद्यालय, वेली, धनगढी का २०० विद्यार्थी र सिद्धनाथ माध्यमिक विद्यालय, धनगढी का ५०० विद्यार्थी रहेका छन । विभिन्न विद्यालय सन्देशमुलक सहित जनचेतना...
औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण

औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । धनगढीका सरकारी विद्यालयमा आज औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको हाे । सरकारी विद्यालयका करिव १० हजार बढी विद्यार्थीहरुलाई एक शन्देसमुलक कार्यक्रमका विच प्रयाेग बारे जानकारी गराउनु भएको दिर्घराज जाेशीले बताउनु भयाे । कार्यक्रममा निःशुल्क शैक्षिक सामग्री प्रदान गर्ने अभियान अन्तर्गतको आज पहिलो दिन ,सामाजिक उत्तरदायित्वको विनम्र प्रयास अन्तर्गत सात सय बढी जनालाई प्रदान गरिएको जनाएको हाे । सन्देशमुलक सचेतना अभियान सँगै शैक्षिक सामाग्री प्राप्त गर्ने विद्यालयमा राष्ट्रिय माध्यमिक विद्यालय, वेली, धनगढी का २०० विद्यार्थी र सिद्धनाथ माध्यमिक विद्यालय, धनगढी का ५०० विद्यार्थी रहेका छन । विभिन्न विद्यालय सन्देशमुलक सहित जनचेतनामूलक कृया...
अब औषधि पसलमा बस्ने फर्मासिस्ट र फार्मेसी सहायकका लागि ड्रेस कोड अनिवार्य

अब औषधि पसलमा बस्ने फर्मासिस्ट र फार्मेसी सहायकका लागि ड्रेस कोड अनिवार्य

समाचार
नेपाल फार्मेसी परिषद्ले औषधि पसलमा बस्ने फर्मासिस्ट र फार्मेसी सहायकका लागि ड्रेसकोड अनिवार्य गर्ने निर्णय गरेको छ । परिषद्ले मंगलबार यस सम्वन्धि निर्णय गर्दै त्यसको कार्यान्वयन एक महिना पछि (४ पुस २०८१ देखि) हुने बताएको छ । ‘अब कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले तोकिएको ड्रेस लगाउनु पर्नेछ । ड्रेस विना औषधि पसलमा बसेर काम गरेको पाइए कानून अनुसार कार्वाही गरिनेछ,’ परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले भने । उनले औषधि पसलहरुमा फर्मासिस्ट र फार्मेसी सहायकहरुकै उपस्थिति होउन भनेर यस्तो व्यवस्था गर्न लागिएको बताए । ड्रेसकोड कस्तो ? परिषद्का अनुसार अब फार्मेसीको औषधि डिस्पेन्सिङमा बस्ने फर्मासिस्टले सेतो एप्रोनको बायाँ तर्फ माथिल्लो खल्ती माथि हरियो पृष्ठभूमिमा सेतो रंङको अक्षरमा नाम पद र परिषद् दर्ता न...
रुकुम पूर्वमा माओवादी केन्दका घर्ति निर्विरोध निर्वाचित

रुकुम पूर्वमा माओवादी केन्दका घर्ति निर्विरोध निर्वाचित

Breaking News 1, मुख्य समाचार, राजनीति
रुकुम पूर्व। स्थानीय तह उपनिर्वाचन अन्तर्गत पुथाउत्तर गंगा गाउँपालिका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन्। कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन्।
साइबर अपराधको आरोपमा दुर्गा प्रसाईं पक्राउ

साइबर अपराधको आरोपमा दुर्गा प्रसाईं पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ —मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको हो । प्रसाईंलाई ब्युरो लगिँदै गरेको पनि प्रहरी उपरीक्षक बोगटीले जनाए । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ ।...
बझाङमा ठेकेदारको मृत्यु पछि पुल अलपत्र, स्थानीयलाई सास्ती हुँंदा आफै काठेपुलमा जुटे

बझाङमा ठेकेदारको मृत्यु पछि पुल अलपत्र, स्थानीयलाई सास्ती हुँंदा आफै काठेपुलमा जुटे

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
बझाङ: सेती नदीको झोलुंगे पुल २ कात्तिक २०७८ मा बगाएदेखि बझाङको केदारस्यूँ गाउँपालिकाको देउरा बजार क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । बझाङ, बैतडी र डोटीको सीमामा पर्ने यहाँ तीन वर्षमा तीन वटा काठे पुल बनाइए, तर झोलुंगे पुल बन्न सकेन । काठे पुल पनि बर्खामा बाढीले बगाएपछि केदारस्यूँ गाउँपालिकाको देउरा बजार र थलारा गाउँपालिका वडा नं १ र २ का बासिन्दा बढी प्रभावित भएका छन् । थलारा-१ बाट देउरा बजार पुग्न पुल हुँदा १० मिनेट मात्र लाग्थ्यो । तर पुल नहुँदा दुई घण्टा लाग्छ । थलारा–१ का पर्शुराम जोशीको पसल देउरा बजारमा छ । ‘१ घण्टा हिँडेर अटो चढ्ने ठाउँमा पुगिन्छ । ५० रुपैयाँ जान ५० रुपैयाँ फर्किन गरी १०० रुपैयाँ दैनिक भाडा तिर्नुपर्छ’, उनले भने । स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामान किन्न र दूध, तरकारी जस्ता उत्पादन बेच्न देउरा बजार जानुपर्छ । ‘बजारबाट नुन तेल ल्याउन पनि समस्या छ । ...
नेपाल प्रिमियर लिग : पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने [खेलतालिकासहित]

नेपाल प्रिमियर लिग : पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने [खेलतालिकासहित]

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
काठमाडौँ — विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंसिर १५ गते पहिलो खेल हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको खेलतालिका सोमबार प्रकाशित गरेसँगै यी दुई टोलीबीच उद्घाटन खेल हुने भएको हो ।   उद्घाटनको भोलिपल्ट अर्थात मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचनका कारण कुनै खेल हुने छैन । मंसिर १७ मा काठमान्डु गुर्खाज र चितवन राइनोजले आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछ । सोही दिन जनकपुर र कर्णाली याक्सबीच दास्रो खेल हुनेछ । यो जनकपुरको दोस्रो र कर्णालीको पहिलो खेल हुनेछ । तेस्रो दिन अर्थात मंसिर १८ मा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स तथा चितवन र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । लुम्बिनी लायन्सले चौथो दिनमा आएर पहिलो खेल खेल्ने छ । टोलीको प्रतिस्पर्धा विराटनगरस...
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी दुई प्रदेशमा वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी दुई प्रदेशमा वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, मुख्य समाचार, समाचार
धनगढी : हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी  र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपना...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज