नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेञ्चाइज टी-२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को तयारी अन्तिम चरणमा पुगेको छ।
आठ टोलीको सहभागिता हुने एनपिएलका सबै खेल मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछन्।
एनपिएलका लागि भनेर क्यानले विगत ६ महिनादेखि त्रिवि मैदानको मर्मतसहित विभिन्न अस्थायी संरचना थप्ने काम गरेको छ।
क्यानले मैदानमा केही संरचना पहिलो पटक निर्माण गरेको छ। आफ्नै खर्चमा मैदान मर्मत गरेको क्यानले प्रतियोगितामा दर्शकका लागि केही सुविधा थप गरेको हो।

