काठमाण्डौँ -ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष (अभियन्ता) फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा
लिएको छ ।
सामान्य सोधपुछका लागि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर भद्रकालीले बताएको छ ।
उनले हिजो नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोप्रति आपत्ति जनाएका थिए ।
सोहि विषयलाई लिएर उनलाई नियन्त्रणमा लिइएको आशंका गरिएको छ ।
यस्तोमा ग्रेटर नेपालको अभियान चलाइरहेका उनले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।।

