कैलाली : औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ ।
धनगढीका सरकारी विद्यालयमा आज औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको हाे ।
सरकारी विद्यालयका करिव १० हजार बढी विद्यार्थीहरुलाई एक शन्देसमुलक कार्यक्रमका विच प्रयाेग बारे जानकारी गराउनु भएको दिर्घराज जाेशीले बताउनु भयाे ।
कार्यक्रममा निःशुल्क शैक्षिक सामग्री प्रदान गर्ने अभियान अन्तर्गतको आज पहिलो दिन ,सामाजिक उत्तरदायित्वको विनम्र प्रयास अन्तर्गत सात सय बढी जनालाई प्रदान गरिएको जनाएको हाे ।
सन्देशमुलक सचेतना अभियान सँगै शैक्षिक सामाग्री प्राप्त गर्ने विद्यालयमा राष्ट्रिय माध्यमिक विद्यालय, वेली, धनगढी का २०० विद्यार्थी र सिद्धनाथ माध्यमिक विद्यालय, धनगढी का ५०० विद्यार्थी रहेका छन ।
विभिन्न विद्यालय सन्देशमुलक सहित जनचेतनामूलक कृयाकलाप द्वारा औषधिको विवेकपूर्ण प्रयोगबारे सजग गराउनु भएको हाे भने हरेकले औषधिका बारेमा आधारभूत ज्ञान राख्न जरुरी छ भन्ने बुझाउनु भएको थियाे ।
हरेकलाई औषधिको विवेकपूर्ण प्रयोग बारे सन्देशमूलक सामग्री समावेश गरिएको कपी (जसमा भित्री चार पृष्ठ, कभर पेजको एक पृष्ठ गरी, पाँच पृष्ठमा औषधिका बारेमा सन्देशमूलक सामग्री छ) निःशुल्क प्रदान गरिएको थियाे । औषधि सम्बन्धी अनियमितता गरेको भेटिए सम्बन्धित निकायमा उजुरी गर्न प्रेरित गर्नु। लागू औषध दुर्वेशनीबाट बच्न सुसुचित पार्नु गरिएको हाे । उज्ज्वल भविष्यसँग सम्बन्धित प्रेरणा र मार्गदर्शन प्रदान गर्नु लगायत रहेका छन्।
यो कार्य सक्षम नारी र त्यसका भोलेन्टियर बहिनीहरूको अहोरात्र मेहनतको परिणाम रहेको जाेशीकाे भनाइ छ । यो कार्यलाई हौसला र आशीर्वाद प्रदान गर्न दक्षिण कोरियाबाट प्राध्यापक डाक्टर जिन बाेके हि प्रत्यक्ष उपस्थित हुनुभएको थियाे । उहाँले मस्तिष्क विज्ञानमा विद्यावारिधि गर्नुभयो छ आफ्नो जीवनको ४० वर्ष बढी प्राध्यापनमा बिताउनु भएकी प्राध्यापक जिन अबको एक हप्ता सँगसँगै रहेर काम गर्ने स्राेतकाे भनाइ छ । आगामी दिनमा कुनै सल्लाह सुझाव सहित केही परेमा सरस्वती सुवेदी लाई सम्पर्क गर्न सकिने छ ।