Advertisement

हाम्रो बारेमा

श्री आधारभूत विद्यालयलाई जेभी फाउन्डेसनद्वारा सरस्वती मूर्ति र गजुर हस्तान्तरण

श्री आधारभूत विद्यालयलाई जेभी फाउन्डेसनद्वारा सरस्वती मूर्ति र गजुर हस्तान्तरण

समाचार
कैलालीको गौरिगङ्गा नगरपालिका वडा नं. १ माघी टोलमा रहेको श्री आधारभूत विद्यालयलाई जेभी फाउन्डेसनको सहयोगमा सरस्वती माताको मूर्ति र गजुर हस्तान्तरण गरिएको छ। यो कार्यक्रम विद्यालयका प्रधानाध्यापक गणेशबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक रनि बुढाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जेभी फाउन्डेसनका प्रदेश सचिव करण साउद उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा फाउन्डेसनकै प्रदेश सदस्य नरबहादुर बुढाले सहभागिता जनाउनुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी शिक्षिका रञ्जिता ढुंगाना जोशीले राख्नुभएको थियो। प्रमुख अतिथि करण साउदले जेभी फाउन्डेसनको योगदानबारे चर्चा गर्दै समाजसेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउनुभयो। उहाँले २०३५ सालमा स्थापना भएको जेभी फाउन्डेसनले देशका हरेक जिल्लामा सेवा गर्दै आएको स्मरण गराउँदै सामाजिक सेवामा नि...
जिल्ला कैलालीमा लागू औषधसहित चार जना पक्राउ

जिल्ला कैलालीमा लागू औषधसहित चार जना पक्राउ

समाचार
  कैलाली, पुष २५ - जिल्ला कैलालीमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले विभिन्न स्थानबाट लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका वडा नं. २ स्थित त्रिनगर प्रहरी चौकीको टोलीले त्रिनगर भन्सार चौक नजिक चेकजाँचका क्रममा ४ ग्राम ८८० मिलिग्राम लागुऔषध जस्तो देखिने खैरो धुलो पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको हो। यसैगरी, त्रिनगर क्षेत्रकै अर्को चेकजाँचका क्रममा धनगढी उपमहानगरपालिका वडा नं. ७ का ३५ वर्षीय राजकुमार रानालाई २ ग्राम २३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको छ। त्यसैगरी, गोदावरी नगरपालिका वडा नं. १ स्थित कपडा पसल नजिक चेकजाँच गर्दा ३० वर्षीय हुसेन मातारलाई ७ ग्राम ६७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको छ। पक्राउ परेका चारै जनाविरुद्ध लागू औषध सम्बन्धी कानूनी कारबाही अगाडि बढाइएको जि...
धनगढीमा २ ग्राम ९० मिलिग्राम खैरो हेरोइनसहित ५ जना पक्राउ

धनगढीमा २ ग्राम ९० मिलिग्राम खैरो हेरोइनसहित ५ जना पक्राउ

समाचार
  धनगढी, कैलाली— कैलाली जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाले २ ग्राम ९० मिलिग्राम खैरो हेरोइनसहित ५ जनालाई पक्राउ गरेको छ। प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको टोलीले विभिन्न स्थानबाट लागुऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, धनगढी उप-महानगरपालिका वडा नं. ०९ को वडा कार्यालय नजिकबाट १ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा कञ्चनपुरका भिमदत्त नगरपालिका वडा नं. १० निवासी २६ वर्षीय तपेन्द्र पाली, २५ वर्षीय महेश ओड, र २७ वर्षीय नवल बोहरा रहेका छन्। यस्तै, धनगढी उप-महानगरपालिका वडा नं. ०९ बङ्ग्राकटानबाट १३० मिलिग्राम खैरो हेरोइनसहित २६ वर्षीय डम्बर ठगुन्ना र वडा नं. ०१ शिवनगरबाट ५० मिलिग्राम खैरो हेरोइनसहित १९ वर्षीय सुरज थापा पक्राउ परेका हुन्। पक्राउ परेका पाँचै जनाविरुद्ध थप...
रोकाया डिजिटल प्रोडक्शन हाउस बाट सुनिल नेपाली को मुटु तड्पेको छ गित सार्बजनिक

रोकाया डिजिटल प्रोडक्शन हाउस बाट सुनिल नेपाली को मुटु तड्पेको छ गित सार्बजनिक

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, सुदूरपश्चिम
भारत - बेंगलोरका बिभिन्न ठाउहरु मा छायांकन गरियको मुटु तड्पेको छ बोलको गित सार्बजनिक गरियको छ। गितमा गायक सुनिल नेपाली र सुदुरपश्चिम कि चर्चित लोक देउडा गायिका संगिता बडुवालको स्वर रहेको छ । उक्त गितमा सुदुर पश्चिम का चर्चित निर्देशक तथा मोडल रमेश बिजुली बिसि ले निर्देशन तथा अभियान गरेका छन भने उनलाई अनिता रोकाया र ओम प्रकाश ले साथ दियका छन। गितमा बाल कलाकार इशानी रोकाया र एविलीना रोकाया ले पनि अभियान गरेकि छन। सुरेन्द्र रावल र बिकास रोकाया को छायांकन मा रहेको उक्त गितमा अनिता रोकाया को सम्पादन रहेको छ भने रमेश बिजुली बिसि ले निर्देशन गरेका हुन उक्त गित रोकाया डिजिटल युटयुब च्यानलमा सार्बजनिक गरिएको छ । बिगत लामो समय देखि भारतको बेंगलोर मा कर्मथलो बनाउदै गित संगितलाई माया गर्दै बिभिन्न बिधाका गितहरु छायांकन तथा सम्पादक गरि आप्नो छुट्टै पहिचान बनाउदै आयको रोकाया डिजिटल पो...
माओवादी बैठकमा जनार्दन शर्माले पाए विशेष समय

माओवादी बैठकमा जनार्दन शर्माले पाए विशेष समय

समाचार
चुनावबाटै अध्यक्ष बन्न प्रचण्डलाई शर्माको सुझाव नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पनि निर्वाचनबाट चुनिने आँट देखाउनुपर्ने बताएका छन्। काठमाडौंमा पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले विधान अनुसार पार्टी चल्नुपर्ने र पदाधिकारी पनि विधान बमोजिम नै निर्वाचित भएर आउनुपर्ने बताएका हुन्। ‘हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्डले ३५ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आउनुभयो,’ उनले भने,‘महाधिवेशनबाट नेतृत्व चुन्ने विधिमा जाऔं, उहाँले पनि चुनिएर अध्यक्ष हुने मौका पाउनुहुन्छ।’ उनले पार्टीका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न पार्टीभित्रै छानबिन समिति बनाउन माग गरेका छन्। ‘हाम्रो जीवनशैली कस्तो छ, हामीसँग कति सम्पत्ति छ, त्यसको छानबिन गरौं,’ शर्माले भने, ‘छानबिनका लागि पार्टीभित्रै स्वतन्त्र आयोग बनाऔं...
गेटामा दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी तीव्र

गेटामा दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी तीव्र

समाचार
कैलाली, गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना र सञ्चालनमा जोड दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दुविधामा नरहन आग्रह गरेका छन्। गेटास्थित विश्वविद्यालय अनुगमनका क्रममा मन्त्री पौडेलले अस्पताल र एमबीबीएस कार्यक्रम सञ्चालनका कार्यलाई सँगसँगै अगाडि बढाउन निर्देशन दिए। उनले भने, “पहिले अस्पताल सञ्चालन गर्दै, त्यसपछि एमबीबीएस कार्यक्रम सुरु गर्न सकिन्छ। विश्वविद्यालय सञ्चालनका आफ्नै प्रक्रिया हुन्छन्, जसलाई राज्यले लागत उपलब्ध गराएर अघि बढाउनुपर्छ।” उनले अस्पताल र मेडिकल कार्यक्रम सञ्चालन नभएका ठाउँमा विश्वविद्यालय स्थापना चुनौतीपूर्ण हुने भन्दै गेटा अस्पताललाई तत्काल ३०० शय्याको बनाउने लक्ष्य तय गरिएको जानकारी दिए। मन्त्री पौडेलले भने, “१० जना छात्रवृत्तिका चिकित्सक र २० जना नर्सिङ कर्मचारी पठाएर अस्पताललाई तीन सय शय्याको ब...
चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ । यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । जानकारी अनुसार आठ महिनाकी बालिकामा यो संक्रमण देखिएको हो । राज्यको स्वास्थ्य विभागले अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एचएमपीभी भाइरस पुष्टि भएको जानकारी दिएको छ । ती बच्चा भारत बाहिर कतै गएका थिएनन् । कर्नाटक स्वास्थ्य विभागले केन्द्र सरकारलाई यसबारे जानकारी गराएको भनेको छ । चीनमा एचपीएमभी भाइरस सुरु भएदेखि नै भारत सरकार अलर्ट मोडमा छ । महाराष्ट्रको स्वास्थ्य विभाग अलर्टमा छ । केरला र तेलंगानाका सरकारले पनि चीनमा भाइरल ज्वरो र श्वासप्रश्वासको संक्रमण ठूलो मात्रामा फैलिएको समाचारलाई नजिकबाट नियालिरहेको र अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताइरहेको छ । रुघाखोकीका बिरामीको नियमित सर्भे गर्न अधिकारीहरूलाई निर्देशन दिइएको छ । सरसफाइको नियम प...
प्रेस सेन्टर बझाङको चौथो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

प्रेस सेन्टर बझाङको चौथो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : प्रेस सेन्टर बझाङको चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै निम्न पदाधिकारीहरू निर्वाचित गरेको छ: अध्यक्ष: राजेन्द्र सिंह उपाध्यक्ष: उत्तमकुमार थापा महिला उपाध्यक्ष: अल्पना सिंह कोषाध्यक्ष: शिवजी मण्डेल सचिव: अञ्जु खड्का सह-सचिव: शेरबहादुर ओली समावेशी सहसचिव: अनुजा परियार सदस्यहरूमा: अमिर खड्का कविन्द्र बुढा अस्मिता परियार स्मृति बोहरा प्रमिला शाही नवनिर्वाचित नेतृत्वलाई बधाई तथा आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ। प्रेस सेन्टरले यस अधिवेशनलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेको छ।    ...
बझाङका ग्रामीण सडक मृत्युमार्ग बन्दै, सरोकारवाला निकाय मौन

बझाङका ग्रामीण सडक मृत्युमार्ग बन्दै, सरोकारवाला निकाय मौन

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाका ग्रामीण सडकहरू जति विकासका लागि महत्त्वपूर्ण मानिन्छन्, त्यति नै जोखिमपूर्ण र दुर्घटनाग्रस्त क्षेत्रका रूपमा परिचित भइरहेका छन्। इन्जिनियरको परामर्शबिना निर्माण गरिएका मापदण्डविहीन सडकहरूले स्थानीयहरूको जीवनलाई मात्र होइन, विकासको अवधारणालाई पनि संकटमा पारेको छ। जिल्लाभर सडक दुर्घटनाको दर हरेक वर्ष बढ्दै गएको छ। यहि पौष १८ गते दुई जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ। पहिलो घटनामा एउटै परिवारका तीन सदस्य र चालकले ज्यान गुमाए भने दोस्रो घटनामा सवारी चालकको मृत्यु भयो। यस्ता घटना बझाङका लागि नयाँ भने होइनन्। आर्थिक वर्ष २०८०/८१ मा १२ सवारी दुर्घटनामा ८ जनाले ज्यान गुमाए भने ११ जना घाइते भए। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा मात्र ८ दुर्घटनामा ६ जनाको मृत्यु, ४ जना घाइते, र १ जना बेपत्ता भएका छन्। यी तथ्याङ्कहरूले बझाङका सडकहरूको दुर्दशा र राज्यको उपेक्षालाई ...
रु. ३,८६,८८० बराबरको अवैध भन्सार छली बरामद

रु. ३,८६,८८० बराबरको अवैध भन्सार छली बरामद

समाचार
  कैलाली, पुस २१ जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका टोलीहरूले विभिन्न स्थानबाट रु. ३,८६,८८० बराबरको भन्सार छली सामान बरामद गरेका छन्। कैलारी गाउँपालिका वडा नं. ४, के गाउँबाट प्रहरीले छिद्रा माछा, किराना सामग्री र सुर्तिजन्य पदार्थसहित रु. २,०१,००० बराबरको मालसामान बरामद गरेको छ। धनगढी उपमहानगरपालिका वडा नं. ९, त्रिवेणीघाट र धनगढी गाउँबाट फलामको साङ्ला, किराना सामग्री र पाउडर दूधसहित रु. १,२२,५८० बराबरको मालसामान फेला पारिएको छ। जोशीपुर गाउँपालिका वडा नं. १ बाट छिद्रा माछा, जुत्ता, चप्पल र मोजासहित रु. २०,००० बराबरको सामान बरामद गरिएको छ। बरामद गरिएका यी सबै सामानहरू बेवारिसे अवस्थामा फेला परेका थिए। प्रहरीले हाल सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ। प्रहरीले भन्सार छली र अवैध व्यापार रोक्न थप निग...
७ ग्राम २६० मिलिग्राम लागुऔषध सहित १ जना पक्राउ

७ ग्राम २६० मिलिग्राम लागुऔषध सहित १ जना पक्राउ

समाचार
  कैलाली, पुस २१ जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले पुस २० गते बेलुकी ५:३० बजे टिकापुर नगरपालिका वडा नं. ९ बालुवाटारस्थित सडक खण्डमा से ६ प ९०६३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त व्यक्तिसँग लागुऔषध फेला पारेको हो। मोटरसाइकल चालक जानकी गाउँपालिका वडा नं. ९, पूर्व खैरीफाँटाका २० वर्षीय निरज जैसीलाई शंका लागि प्रहरीले रोकी चेकजाँच गर्दा मोटरसाइकलको दुवै साइड इन्डिकेटर भित्र लुकाई राखिएको ७ ग्राम २६० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीको भनाइ छ। प्रहरीले लागुऔषधसहित मोटरसाइकलसमेत बरामद गरी निरज जैसीलाई नियन्त्रणमा लिएको छ। हाल उनलाई इलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ। प्रहरीले पछिल...
नेकपा (बहुमत) कैलालीको अधिबेशन  प्रकाश रावलको नेतृत्व मा सम्पन्न ।

नेकपा (बहुमत) कैलालीको अधिबेशन प्रकाश रावलको नेतृत्व मा सम्पन्न ।

समाचार
धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कैलालीको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलन शनिबार कैलालीको घोडाघोडी नगरपालिका, सुखडमा सम्पन्न भएको हो। सम्मेलनले प्रकाश रावल (अनमोल) को नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति चयन गरेको पार्टीका जिल्ला नेता रमेश साउंदले जानकारी दिएका छन्। कार्यक्रममा प्रमुख अतिथि सात नम्बर प्रदेश इन्चार्ज डिडी पाण्डे, विशिष्ट अतिथि तपेन्द्र तिमिल्सेना, केन्द्रीय सल्लाहकार राष्ट्रपति, शहीद परिवार केन्द्रीय अध्यक्ष अर्जुन, युवाका तत्कालीन महासचिव झलक विक, युवाको प्रदेश इन्चार्ज दिपेन्द्रलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन भानु कार्कीले गरेका थिए भने स्वागत मन्तव्य रमेश साउंदले दिनुभएको थियो। सम्मेलनद्वारा पारित नीति र आचारसंहिता सम्मेलनले जिल्ला सदस्यहरूका लागि निम्न नीतिहरू र आचारसंहिताहरू पारित गरेको छ:...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज