Advertisement

नेकपा (बहुमत) कैलालीको अधिबेशन प्रकाश रावलको नेतृत्व मा सम्पन्न ।

Advertisement

धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कैलालीको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलन शनिबार कैलालीको घोडाघोडी नगरपालिका, सुखडमा सम्पन्न भएको हो।

सम्मेलनले प्रकाश रावल (अनमोल) को नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति चयन गरेको पार्टीका जिल्ला नेता रमेश साउंदले जानकारी दिएका छन्। कार्यक्रममा प्रमुख अतिथि सात नम्बर प्रदेश इन्चार्ज डिडी पाण्डे, विशिष्ट अतिथि तपेन्द्र तिमिल्सेना, केन्द्रीय सल्लाहकार राष्ट्रपति, शहीद परिवार केन्द्रीय अध्यक्ष अर्जुन, युवाका तत्कालीन महासचिव झलक विक, युवाको प्रदेश इन्चार्ज दिपेन्द्रलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन भानु कार्कीले गरेका थिए भने स्वागत मन्तव्य रमेश साउंदले दिनुभएको थियो।

सम्मेलनद्वारा पारित नीति र आचारसंहिता

सम्मेलनले जिल्ला सदस्यहरूका लागि निम्न नीतिहरू र आचारसंहिताहरू पारित गरेको छ:

१. पार्टीको सिद्धान्त, नीति, विधि, कार्यक्रम, र निर्णयहरू अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

२. आफ्ना विचार र मत पार्टी कमिटीमा अनुशासित र सभ्य रूपमा प्रस्तुत गर्नुपर्नेछ।

३. आलोचना र आत्मालोचना आत्म–शुद्धिकरणको माध्यमका रूपमा स्वीकार गर्नुपर्नेछ।

४. लैङ्गिक, जातीय, धार्मिक, साम्प्रदायिक, र क्षेत्रीय विषयमा निष्पक्ष र समानतापूर्ण व्यवहार गर्नुपर्नेछ।

५. विकास निर्माणका कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै गुणस्तर कायम गर्नुपर्नेछ।

६. पार्टीको गोप्यता र पद्दतीको पालना गर्नुपर्नेछ।

७. पार्टीका मूल्य र मान्यता अनुरूप जनहितका कार्यहरूमा सहकार्य गर्नुपर्नेछ।

८. बालबालिका, महिला, ज्येष्ठ नागरिक, तथा कमजोर समुदायप्रति सम्मानजनक व्यवहार गर्नुपर्नेछ।

९. यौन शोषण र दुव्र्यवहारजन्य क्रियाकलापमा शून्य सहनशीलता अपनाउनुपर्नेछ।

१०. आफ्नो जिम्मेवारीमा केन्द्रित भई सृजनात्मक र गुणस्तरीय समय लगानी गर्नुपर्नेछ।

११. पार्टीका नेता र कार्यकर्ताप्रति आदर, सम्मान, र मित्रवत व्यवहार गर्नुपर्नेछ।

१२. समुदाय र राजनीतिक कार्यकर्ताबीचको विवादमा निष्पक्ष र न्यायिक निर्णयको पक्षपोषण गर्नुपर्नेछ।

१३. जनहित र सामाजिक रुपान्तरणलाई प्राथमिकता दिनुपर्नेछ।

१४. श्रमजीवी वर्गको पक्षमा दृढतापूर्वक लाग्नुपर्नेछ।

१५. अध्ययनशील, परिश्रमी, र स्वावलम्बी बन्नुपर्नेछ।

१६. आम्दानी र खर्च व्यवस्थापनमा मितव्ययी बन्नुपर्नेछ।

१७. अन्य राजनीतिक पार्टीहरूसँग सद्भाव कायम गर्दै सामाजिक सदाचारलाई प्रवर्द्धन गर्नुपर्नेछ।

१८. अपराधजन्य क्रियाकलापमा निष्पक्ष अनुसन्धान र न्यायिक सहजीकरण गर्नुपर्नेछ।

१९. पार्टीका आर्थिक दायित्वहरू समयमै पूरा गर्नुपर्नेछ।

२०. सामुदायिक विकास र सामाजिक रुपान्तरणको नेतृत्व गर्नुपर्नेछ।

२१. प्राकृतिक प्रकोपबाट प्रभावितलाई उद्धार, राहत, र पुनर्निर्माणमा अग्रसर रहनुपर्नेछ।

यो सम्मेलनले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै अगाडि बढाउने उद्देश्यका साथ यी निर्णयहरू लागू गरेको जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज