Advertisement

हाम्रो बारेमा

रास्वपाको रवि लामिछानेलाई पक्राउ गर्दा मानव अधिकार उल्लंघन भएको आरोप, आयोगमा ध्यानाकर्षण

रास्वपाको रवि लामिछानेलाई पक्राउ गर्दा मानव अधिकार उल्लंघन भएको आरोप, आयोगमा ध्यानाकर्षण

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पछिल्लो पटक पक्राउ गर्ने क्रममा मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ। लामिछानेलाई गत शुक्रबार राति (चैत २२) निजी निवास हात्तीगौंडाबाट पक्राउ गर्दा प्रहरीले सामान्य कानुनी प्रक्रिया पनि पूरा नगरेको आरोप रास्वपाले लगाएको छ। रास्वपाका नेताहरूले बुधबार मानव अधिकार आयोगमा निवेदन दर्ता गर्दै लामिछानेलाई पक्राउ गर्दा प्रहरीले अशोभनीय र गैरकानुनी व्यवहार गरेको, अनुमतिविनै घरभित्र प्रवेश गरेको, सयन कक्षमा पुगेर धरपकड गरेको जस्ता आरोप लगाएका छन्। रास्वपाका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निवेदन बुझाएपछि भने, “राज्य संयन्त्रले मानव अधिकार हनन हुनेगरी धरपकड गर्न खोज्यो। सामान्य प्रक्रिया पनि पूरा नगरी रातारात राज्य संयन्त्र उत्रिएर सामान्य जीवनमा ठूलो हलचल ल्याउनेगरी...
जयपृथ्वी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तिलक बोहरा

जयपृथ्वी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तिलक बोहरा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
  बझाङ — जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। सभापति पदमा अनेरास्ववियुका तर्फबाट उम्मेदवार तिलक चन्द्र बोहरा विजयी भएका छन्। बोहराले १२५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेविसंघका विवेक बहादुर बोहरालाई ३ मतले पछि पारेका हुन्। विवेकले १२२ मत प्राप्त गरे। सभापति पदका अन्य उम्मेदवारहरूमध्ये अखिल (क्रान्तिकारी)का मान बहादुर धामीले ५९ मत र अखिल (समाजवादी)का प्रबिन बहादुर महरले २ मत प्राप्त गरे। अन्य पदको नतिजा यस प्रकार छ: सचिव पदमा नेविसंघका लक्ष्मीराज जोशी विजयी भए। उनले १२२ मत प्राप्त गर्दा, उनका प्रतिस्पर्धी अखिल (क्रान्तिकारी)की अञ्जना कामीले ९३ मत र अनेरास्ववियुका धु्रवराज जोशीले ८९ मत प्राप्त गरे। कोषाध्यक्ष पदमा नेविसंघकी स्मृति कुमारी सिंह विजयी भइन्। उनले १२२ मत प्राप्त गरिन्। ...
आईपीएलमा गुजरातको सानदार जित, राजस्थानलाई ५८ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लियो

आईपीएलमा गुजरातको सानदार जित, राजस्थानलाई ५८ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लियो

Breaking News 3, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं— भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले पराजित गरेको छ। नरेन्द्र मोदी स्टेडियममा पहिले ब्याटिङ गर्दै गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१७ रनको विशाल योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा ओर्लिएको राजस्थान १९.२ ओभरमै १५९ रनमा अलआउट भयो। गुजरातका साई सुदर्शनले सर्वाधिक ८२ रन बनाए भने जस बटलर र शाहरुख खानले समान ३६–३६ रन जोडे। राजस्थानका तुषार देशपाण्डे र महिश थेक्सनाले समान २/२ विकेट लिए। जोफ्रा आर्चर र सन्दीप शर्माले १/१ विकेट हात पारे। राजस्थानका लागि सिम्रन हेटमेरले सर्वाधिक ५२ रन बनाए। कप्तान सञ्जु सामसनले ४१ तथा रियान परागले २६ रनको योगदान दिए। गुजरातका प्रसिद्ध कृष्णाले ३ विकेट लिए भने रसिद खान र साई किशोरले समान २/२ विकेट झारे। यो जितसँगै गुजरातले ५ खेलमा ८ अंक जोड्दै...
आज देशभर बदलीको अवस्था, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

आज देशभर बदलीको अवस्था, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं — हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको कारण मौसममा व्यापक परिवर्तन देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशभर आंशिकदेखि सामान्यतया बदलीको अवस्था रहेको छ भने कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तो अवस्था आज रातिसम्म जारी रहने पूर्वानुमान गरिएको छ। त्यसैगरी, देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ। हालसम्म देशव्यापी रुपमा देखिएको बाक्लो तुवाँलो क्रमिक रूपमा कम हुँदै जाने महाशाखाको अनुमान छ। चट्याङसहितको वर्षाको सम्भावनाका कारण कोशी, म...
बझाङमा चट्याङ लागेर ७८ वर्षीय वृद्धाको मृत्यु

बझाङमा चट्याङ लागेर ७८ वर्षीय वृद्धाको मृत्यु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङको वित्थडचिर गाउँपालिका–३ मा बुधबार साँझ चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको  छ। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पानीसँगै आएको चट्याङ लाग्दा ७८ वर्षीय धौली बोहराको मृत्यु भएको हो। घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।...
इजरायलले गरेको आक्रमणमा परेर गाजामा २९ जनाको मृत्यु

इजरायलले गरेको आक्रमणमा परेर गाजामा २९ जनाको मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
इजरायली हवाई आक्रमणमा गाजाको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । आक्रमणमा ५० जनाभन्दा धेरै मानिस घाइते भएका गाजाका सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले बताए । इजरायलले नागरिकका घरलाई लक्षित गर्दै आक्रमण गरेपछि त्यस क्षेत्र पुरै नष्ट भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । योसँगै गएको २४ घण्टामा अस्पतालमा ३६ वटा शव ल्याइएका गाजा स्वास्थ्य अधिकारीले बताएका छन् । यसैबीच गाजाका स्वास्थ्य अधिकारीहरूले गाजा क्षेत्रमा लगभग ६० हजार बालबालिकामा कुपोषणको समस्यामा रहेका बताएका छन् । यो सङ्कट इजरायलले जारी राखेको नाकाबन्दीका कारण उत्पन्न भएको हो, जसले खाद्यान्न, मानवीय सहायता र चिकित्सा आपूर्ति गाजामा प्रवेश गर्न रोकिएको छ । गाजामा रहेको स्वास्थ्य अधिकारीहरूले नाकाबन्दीले अत्यावश्यक पोषण र स्वास्थ्य सेवामा गम्भीर प्रतिबन्ध लगाएको बताएका छन्, जसले ग...
बझाङमा दुई स्थानमा पहिरो, जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङमा दुई स्थानमा पहिरो, जयपृथ्वी राजमार्ग अवरुद्ध

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङको केदारस्यूँ गाउँपालिका–९ स्थित पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा बुधबार साँझको वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको छ। यसैगरी, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खसेपछि सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जानकारी दिएको छ। सडक अवरुद्ध भएपछि यातायात सञ्चालनमा समस्या भएको र सडक खुलाउनका लागि जेसीबी पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले बताएका छन्। प्रशासनका अनुसार पहिरो पन्छाउने प्रयास भइरहेको छ भने यात्रुहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।...
कैलालीको दुर्गा मन्दिर परिसरमा शव फेला, टाउकोमा ढुङ्गा प्रहार गरी हत्या

कैलालीको दुर्गा मन्दिर परिसरमा शव फेला, टाउकोमा ढुङ्गा प्रहार गरी हत्या

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी— कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा बुधबार मृत फेला परेका व्यक्तिको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको पाइएको छ। इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा ती पुरुषको शव फेला परेको हो। ढुङ्गाले टाउकोको बायाँ भागमा प्रहार गरी आँखा समेत फुटाइएको अवस्थामा शव भेटिएकाले अनुहार पहिचान गर्न नसकिने प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए। अन्दाजी ३५–४० वर्ष उमेरका देखिने ती पुरुषको परिचय खुलेको छैन। शव नजिकै रगत लागेको ढुङ्गा फेला परेको छ भने लुगाबाहेक अन्य कुनै सामान भेटिएको छैन। शव मन्दिरको दक्षिणतर्फको प्राङ्गणमा भेटिए पनि हत्या मन्दिरभित्रै भएको प्रहरीको अनुमान छ। शव भेटिएको स्थानभन्दा करिब २० मिटर टाढा मन्दिरको प्राङ्गण रगताम्मे अवस्थामा रहेको र मन्दिरबाट शव तानेर तल फालिएको जस्तो देखिएको थापाले बताए। प्रहरीले शव परीक्षणका लागि सेती...
शिक्षक महासंघ वार्ताका लागि तयार, भोलि बिहीबार सरकारसँग छलफल हुने

शिक्षक महासंघ वार्ताका लागि तयार, भोलि बिहीबार सरकारसँग छलफल हुने

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाडौं— शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ सरकारले बोलाएको वार्तामा सहभागी हुने भएको छ। महासंघका अनुसार भोलि (बिहीबार) वार्ताका लागि सहभागी हुने निर्णय अन्तिम चरणमा पुगेको छ। महासंघका एक पदाधिकारीका अनुसार हाल को-को वार्तामा सहभागी हुने र कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति तय गर्न बैठक चलिरहेको छ। उनले भने, "शिक्षा सचिवको पत्र आएको छ। अब कसरी वार्तामा जाने भन्नेबारे छलफल गरिरहेका छौं।" आन्दोलन परिचालन समितिकी संयोजक तथा महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले महासंघ भित्र आन्तरिक छलफल भइरहेको जानकारी दिइन्। शिक्षा मन्त्रालयका एक अधिकारीले पनि शिक्षक महासंघले वार्तामा बस्ने तयारी गरेको पुष्टि गरेका छन्। "भोलि उहाँहरूले वार्तामा सहभागी हुने जानकारी दिनुभएको छ," ती अधिकारीले भने। नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौंमा विभिन्न प्रकारका सांकेतिक...
बझाङको थलारामा एआइ  प्रविधियुक्त एक्स–रेमार्फत क्षयरोग खोजपड्ताल अभियान सञ्चालन

बझाङको थलारामा एआइ प्रविधियुक्त एक्स–रेमार्फत क्षयरोग खोजपड्ताल अभियान सञ्चालन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिकामा कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधियुक्त एक्स–रे मेसिन प्रयोग गरी क्षयरोग (टीबी) को सक्रिय खोजपड्ताल अभियान सञ्चालन गरिएको छ। नेपाल सरकारको "क्षयरोग अन्त्य राष्ट्रिय रणनीति" अन्तर्गत थलारा गाउँपालिकामा कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधियुक्त एक्स–रे मेसिन प्रयोग गरी क्षयरोग (टीबी) को सक्रिय खोजपड्ताल अभियान सञ्चालन गरिएको हो । चैत्र २६ गते वडा नं. २ र ४ मा १ सय ४७ जनाको स्क्रिनिङ गर्दा १६ जनामा क्षयरोगको सम्भावना देखिएको र ती सबैको खकार परीक्षणका लागि नमुना संकलन गरिएको छ। त्यस्तै, चैत्र २७ गते वडा नं. ३ र ८ मा गरिएको ३३९ जनाको स्क्रिनिङमा १० जनामा क्षयरोगको सम्भावना पाइएपछि उनीहरूलाई थप परीक्षणका लागि सिफारिस गरिएको छ। अभियानका संयोजक दिलीप ओलीका अनुसार, खोजपड्ताल अभियान चैत्र २९ गतेसम्म पालिकाका अन्य वडाहरूमा पनि निरन्तर जारी रहनेछ। यही अभियानको निरन्तरत...
महाकालीमा बाँध निर्माण नहुँदा बस्ती जोखिममा

महाकालीमा बाँध निर्माण नहुँदा बस्ती जोखिममा

Breaking News 3, कन्चनपुर, समाचार, सुदूरपश्चिम
कञ्चनपुर - महाकाली नदीमा बनेको चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध) को डिजाइन स्वीकृत नहुँदा आठ महिनादेखि निमार्णको काम ठप्प छ। गत वर्ष भदौमा महाकाली नदीको बाढीले चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड ९बाँध० भत्काएको थियो। उक्त बाँध बाढीले क्षति गरेको आठ महिनासम्म पुनर्निर्माण सुरु हुन सकेको छैन। बर्खा नजिकिए पनि गाइडबन्ड निर्माणको सुरसार नहुँदा महाकालीको बाढी बस्तीमै पस्ने जोखिम बढेको छ। महाकाली नदीमा निर्माण गरिएको पक्की पुलको पूर्वतर्फको गाइडबन्ड बगाएको र गत भदौ महाकालीको बाढी गाइडबन्ड भत्काएर बस्ती पस्दा भीमदत्त नगरपालिकाका तीन वडाका बस्ती डुबानमा परेका थिए। बर्खा नजिकिएपछि महाकाली नदीको बाढी गाउँ पस्ने जोखिम रहेको भन्दै यहाँका स्थानीय त्रसित बनेका छन्। स्थानीय समयमै बाँध निमार्णका लागि पटक–पटक पुल योजना कार्यालय र जिल्ला प्रशासन कार्यालय...
कैलालीमा ५.६ ग्राम हेरोइन र ७२ ट्याब्लेटसहित १२ जना पक्राउ

कैलालीमा ५.६ ग्राम हेरोइन र ७२ ट्याब्लेटसहित १२ जना पक्राउ

समाचार
कैलाली, चैत २७ – लागु औषध कारोबार तथा प्रयोगमा संलग्न रहेको आशंकामा कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ५ ग्राम ६६० मिलिग्राम खैरो हेरोइन र ७२ थान प्रतिबन्धित ट्याब्लेटसहित १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार २०७८ चैत २६ गते प्राप्त गोप्य सूचनाका आधारमा घोडाघोडी नगरपालिका–०१ सुखडस्थित गौरभ आचार्यको घरमा लागू औषध प्रयोग भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, सुखडबाट खटिएको टोलीले २५ वर्षीय गौरभ आचार्य, ३४ वर्षीय सुरेन्द्र श्रेष्ठ र २२ वर्षीय भिम बोहरालाई ३.५८ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो। त्यस्तै, टिकापुर नगरपालिका–०९ स्थित खक्रौला चेकपोष्ट नजिक इलाका प्रहरी कार्यालय, टिकापुरको टोलीले १८ वर्षीय सन्तोष बिक र २३ वर्षीया बन्दना बिकलाई १.४२ ग्राम हेरोइनसहित नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका–०६, ०७, ०९ र आसपासका क्षेत्रहर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज