रेडक्रसले गर्यो बझाङको सुनकुडा बजार सरसफाइ
बझाङ : नेपाल रेड क्रस सोसाइटीद्वारा संचालित "परिवर्तक - The ChangeMaker" अभियान अन्तर्गत बझाङको बित्थड चिर गाउँपालिका वडा नम्बर ९ को सुनकुडा बजारमा सरसफाई अभियान सम्पन्न भएको छ। IFRC को आर्थिक सहयोगमा सम्पन्न भएको यस कार्यक्रममा सुनकुडा नमुना माध्यमिक विद्यालय, डुम्राकोट प्रगतिशील समाज, र बित्थड चिर गाउँपालिका वडा नम्बर ९ को सहकार्य रहेको थियो । सरसफाई कार्यक्रममा विद्यार्थी, स्थानीय व्यापारी र समुदायका अन्य सदस्यहरूको उत्साहजनक सहभागिता थियो ।
कार्यक्रमको उद्घाटन गर्दै सुनकुडा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मदनबहादुर बमले सरसफाई अभियानले विद्यार्थीहरूमा जनचेतना फैलाउने र वातावरणीय प्रदूषण घटाउने महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न समस्याहरूलाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरू विशेष महत्त्वपूर्ण रहेको औंल्याउनुभयो।
बित्थड चिर गाउँपालिका व...












