काठमाण्डाै – हुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएको छ । ताँजाकोट गाउँपालिका–३ मा औलको सियाणी खोलामा आज माटो खन्ने क्रममा ढिस्कोले पुर्दा स्थानीय बासिन्दा २५ वर्षका धुव्र शाही र २४ वर्षकी मनसुरा शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
उनीहरूसँगै गएका अर्का स्थानीय बासिन्दा लालबहादुर शाही सामान्य घाइते हुनुभएको छ । दशैँका लागि घर सजावट गर्ने सेतो कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनीहरूको ज्यान गएको हो ।
उज्यालो अन्लाईन बाट

