Advertisement
Wednesday, April 30
Shadow

कैलालीको जोशीपुरमा पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं साधारण सभा सम्पन्न

Advertisement

धनगढी – पथरैया सिँचाई प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष जंग बहादुर थारुको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास राज्य मंत्री निर्मला साउद रहनुभएको थियो । त्यसैगरी जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी, रानी जमरा कुलरिया सिँचाइ प्रणाली मूल समितिका अध्यक्ष तथा राष्ट्रिय सिँचाई महासंघका प्रतिनिधी कुमार राज शाही, बर्दगोरिया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष भोलेराम दहित, इन्जिनियर करण धामी, कैलाली बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष यमराज जोशी लगाएत बिभिन्न संघसंस्थाका प्रतिनिधी,सिँचाई प्रणाली शाखा, प्रशाखा, आउटलेट समितिका पदाधिकारी, साधारण सभा सदस्य, उपभोक्ता किसान लगायत बरघर भलमंशा, समाजसेबी, पत्रकारहरुको उपस्थिति रहेको थियो।

 

 

जोशीपुर खासगरी भौगोलिक रूपमा खेतीयोग्य जमिन भएको क्षेत्र हो। जसको लागि सिँचाइ सुविधा अति महत्वपूर्ण छ, जुन पथरैया सिँचाई प्रणालीले २ ओटा शाखा नहर,६ ओटा प्रशाखा नहर र ७८ ओटा आउटलेट बाट करिब २६१० हेक्टर कृषियोग्य जमिनमा सिँचाई सुबिधा उपलब्ध गराउँदै आएको छ। सिंचाई सुविधाबाट कृषी प्रणालीमा सुधार, बाली विविधीकरण र नगदे बालीको विकास यस पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको उच्च प्राथमिकता रहेको तर पछिल्लो समयमा लागत कट्टा र सभाहल संस्थाको दुई मुख्य आवस्यकता देखिन्छ जसले काम गर्न सहज होस् भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदै उपभोक्ता समितिका उपाध्यक्ष ओम राज विनाडीले स्वागत् मन्तव्य राख्दै भन्नुभयो।

 

संस्थाका कोषाध्यक्ष द्वारा चालू आर्थिक वर्षमा भएका उपलब्धी, मर्मत सम्भार तथा निर्माण कार्यहरु,समस्या,चुनौती र प्राथमिकता दिइएने योजनाका साथै आ.व २०८०/८१ को १ करोड १ लाख २६ हजार ८९ रुपैयाँ ७० पैसको

आर्थिक प्रतिवेदन साथै प्रस्तूत गरिएको थियो।

 

रघुनाथ आदर्श बहुमुखी क्याम्पसका प्रमुख निर्प बहादुर कुँवरले कार्यक्रममा बोल्दै किसानका समस्यालाई भाषणमा मात्रै सीमित नराखी किसानका समस्यालाई निराकरण तर्फ सम्बन्धीत निकाय तत्पर रहन आग्रह गरेकाछन्। त्यसैगरी कैलाली बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष यमराज जोशीले जोशीपुर ३० हजार जनताले उपभोग गर्ने यस योजनामा गाउँपालिका लगानी शून्य भएको भन्दै दुःख व्यक्त गरेका छन्। सरकारको नेतृत्व गर्ने व्यक्तिले आफ्ना जनताको आवश्यकतालाई बुझेर दीर्घकालीन र प्राथमिकताका योजनामा सहयोग गर्नुपर्ने र नेतृत्वमा भिजन दृष्टिकोण र दीर्घकालीन सोच राम्रोहुनुपर्ने बताएकाछन् ।

 

कार्यक्रममा पथरैया सिँचाई प्रणाली नहरको परिकल्पनाकार तथा स्थापना कालमा नहर ल्याउन अमूल्य योगदान पुर्याएका स्व.मा.निर्मल कुमार श्रेष्ठ, स्व. पूर्व प्रधानपञ्च बालासिंह बम, स्व.पूर्व प्रधानपञ्च आशाराम कुशमी, स्व. पर्शुराम महतो तथा पूर्व अध्यक्ष हीरा सिंह खड्काको परिवारलाई सम्मान गरिएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथी एबम् सुदुरपश्चिम प्रदेश सरकारको भाैतिक पूर्वाधार विकास मंत्री निर्मला साउदले सत्ता समीकरण र सरकार फेरबदलका कारण बजेट निर्माणमा ढिलाई भएकै हो, तर संस्थामा आबद्ध हरेकले दलिय कुण्ठित बिचारबाट माथि उठेर काम गर्दै जान आग्रह गर्दै

पथरैया सिँचाई प्रणालीको आवश्यकता प्रदेश सरकार सम्म पुगाउने र आफुले भ्याएसम्म पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भएको छ।

सिद्धराज पाण्डे (समर्पण)

सिद्धराज पाण्डे (सर्मपण) कामना टेलिभिजनद्धारा सञ्चालित कामनाटुडे अन्लाईन पत्रिकामा संवाददाताको रुपमा काम गर्नुहुन्छ । उहाँसंग बिभिन्न रेडियोमा समाचार प्रमुख भई काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

कञ्चनपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला कञ्चनपुरमा हुनुहुन्छ । हुलाकी ...
वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल डडेल्धुराको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएक...
सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

कञ्चनपुर : सोमबारदेखि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गरेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनत...
आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका स...
हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ र ९ का स्थानीयवासी हुलाकी सडक निर्माणमा ठेकेदारको लापरवाही र आफुहरुले खेप्नुपरेको सास्तीका ...
बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङ: बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारम...
कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

गर्मी याम सुरु हुनै लाग्दा कैलालीको चुरे क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेप...
शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको बताएका छन्। फेसबुकमार्फत उनले आन्दोलनमा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज