Advertisement

रेडक्रसले गर्यो बझाङको सुनकुडा बजार सरसफाइ

Advertisement

बझाङ : नेपाल रेड क्रस सोसाइटीद्वारा संचालित “परिवर्तक – The ChangeMaker” अभियान अन्तर्गत बझाङको बित्थड चिर गाउँपालिका वडा नम्बर ९ को सुनकुडा बजारमा सरसफाई अभियान सम्पन्न भएको छ। IFRC को आर्थिक सहयोगमा सम्पन्न भएको यस कार्यक्रममा सुनकुडा नमुना माध्यमिक विद्यालय, डुम्राकोट प्रगतिशील समाज, र बित्थड चिर गाउँपालिका वडा नम्बर ९ को सहकार्य रहेको थियो । सरसफाई कार्यक्रममा विद्यार्थी, स्थानीय व्यापारी र समुदायका अन्य सदस्यहरूको उत्साहजनक सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन गर्दै सुनकुडा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मदनबहादुर बमले सरसफाई अभियानले विद्यार्थीहरूमा जनचेतना फैलाउने र वातावरणीय प्रदूषण घटाउने महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न समस्याहरूलाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरू विशेष महत्त्वपूर्ण रहेको औंल्याउनुभयो।

बित्थड चिर गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता हरिचन्द्र जोशीले अभियानले समाज सुधार र वातावरणीय संरक्षणको नयाँ चरणको थालनी गरेको बताउँदै, सरसफाईले मात्र होइन, जलवायु परिवर्तनको प्रभावलाई पनि सम्बोधन गर्नुपर्छ भन्ने सन्देश दिनुभयो। उहाँले स्थानीय युवाहरूमा सामाजिक जिम्मेवारी र पर्यावरणप्रतिको जागरूकता बढाउन यस्ता अभियानहरूको आवश्यकता रहेको बताउनुभयो।

बित्थड चिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्लले यो अभियानले गाउँपालिकाको ध्यानाकर्षण गराएको बताउँदै, फोहोर व्यवस्थापनलाई स्थानीय सरकारको प्राथमिकतामा राखिने कुरा बताउनुभयो। साथै जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र वातावरणीय सन्तुलन कायम गर्न फोहोर व्यवस्थापनको महत्त्वमा जोड दिनुभयो। उहाँले गाउँपालिकाले फोहोर व्यवस्थापनको लागि ठोस कदम चाल्न सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अभियानका अभियन्ता कपिल बिष्टले बित्थड चिर गाउँपालिकाले हालसम्म फोहोर व्यवस्थापनका लागि आवश्यक कदम नचालेको उल्लेख गर्दै, बजारमा उठ्ने फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको तत्काल व्यवस्था गर्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले बजार सरसफाईबाट सङ्कलित फोहोरलाई प्रतीकात्मक रूपमा गाउँपालिका उपाध्यक्षलाई हस्तान्तरण गर्दै स्थानीय सरकारलाई सचेत गराउनुभयो।

कार्यक्रमले सरसफाई र जलवायु परिवर्तन जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा स्थानीय तह र समुदायलाई सचेत बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ। युवाहरूमा सामाजिक जिम्मेवारीको भावना बढाउन र भविष्यका वातावरणीय चुनौतीहरू सामना गर्न सक्रिय बनाउने उद्देश्यले आयोजना गरिएको यो अभियान सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यार्थी, स्थानीय तथा अन्य सरोकारवाला निकायद्वारा सरसफाइ गर्दै गरेको तस्वीर 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज