Advertisement

सुदूरपश्चिम

वडाको आर्थिक सहयोगमा यनिमल रेस्क्यु टिमले लगायो कुकुरलाई रेविज विरुद्ध खोप.

वडाको आर्थिक सहयोगमा यनिमल रेस्क्यु टिमले लगायो कुकुरलाई रेविज विरुद्ध खोप.

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं 02 काे आर्थिक सहयोगमा र यनिमल रेस्क्यु टिमकाे आयोजनामा वडा नं 02 भित्र रहेका करिव 30 वटा कुकुरलाई रेविज विरुद्ध खोप लगाईएको छ। उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष सन्तोष कुमार ओलीले छाडा कुकुरहरुको टोकाईले गर्दा मानिसको अकालमै ज्यान जाने भएकोले यस्तो कार्यक्रम संचालन गरेको बताउनु भयो। साथै उक्त कार्यक्रममा बोल्दै यनिमल रेस्क्यु टिमका अध्यक्ष राहुल सुनारले छाडा कुकुर देखि पशुचौपाया समेतलाई व्यवस्थित तरिकाले नियन्त्रण गर्न आफ्नो संस्था निरन्तर लागी पर्ने र सम्बन्धित निकायमा समेत पहल गर्ने बताउनु भयो।...
सेती प्रादेशिक अस्पताल सुधारोन्मुख हुँदै

सेती प्रादेशिक अस्पताल सुधारोन्मुख हुँदै

कैलाली, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी : सुदुरपश्चिम प्रदेशकाे एक मात्र सेती प्रादेशिक अस्पतालकाे सुधार हुँदै आएको छ । विगतका दिनहरूमा समस्याले भरिपुर्ण देख्खिदै आएको यस अस्पतालमा पछिल्लो समय सुधाउन्मुख हुँदै आएको पाईएकाे हाे । सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्लाका अधिकाङ्स विरामीहरुले सेवा लिन यस अस्पतालमा पुग्ने गरेका थिए । विगतका दिनहरुमा प्रादेशिक अस्पतालमा धेरै झनझटिला समस्याहरु देखा पर्दै आएका थिए भने कतिपयले निकै दुख खेप्नु परेकाे जनगुनासाे धेरै आएपछि । हाल सामाजिक बिकास मन्त्री झपट बहादुर साउदले मेडिकल सुपरिटेन्डेन्टलाई सरुवा गरेका हुन । उनको सरुवा पछि सेती अस्पतालमा केही सुधार हुँदै आएकाे विरामीहरु बताउन्छन । मन्त्री साउद भए सँगै प्रादेशिक अस्पतालमा सुधार हुँदै आएको देखिन्छ । मन्त्री साउदका अनुसार विगतमा के भयाे भन्दा पनि आफ्नो कार्यकालमा स्वास्थ्यमा व्यापक सुधार ल्याउने तयारी गरेकाे र भएका समस्यहरुलाई क्...
बझाङ केन्द्रबिन्दु भएर गएराती पुनः ५.२ रेक्टर स्केलको भुकम्प

बझाङ केन्द्रबिन्दु भएर गएराती पुनः ५.२ रेक्टर स्केलको भुकम्प

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा फेरि पनि भूकम्प गएको छ । गएराती १२ बजेर २२ मिनेटमा बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको हो । ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । असोज १६ गते बझाङ केन्द्र बनाएर ५.३ र ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता बझाङ केन्द्रबिन्दु भएर लगातार भुकम्प गइरहेको छ ।...
यो वर्षको हिउँदका शुरुवाती महिनामा औसतभन्दा धेरै पानी पर्ने अनुमान

यो वर्षको हिउँदका शुरुवाती महिनामा औसतभन्दा धेरै पानी पर्ने अनुमान

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
यस वर्षको हिउँदका शुरुवाती महिनामा औसतभन्दा धेरै पानी पर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको आउँदो पुस १५ गतेसम्मको हावापानी आँकलनअनुसार देशभर औसतभन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशका पूर्वी भाग, कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै भूभाग र मधेस प्रदेशमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । देशमा बाँकी भू–भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ । यो अवधिमा तापक्रमसमेत बढ्ने आँकलन छ । देशका धेरैजसो भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत र न्यूनतम तापक्रम औसतभन्दा धेरै हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको छ । अधिकतम र न्यूनतम दुवै तापक्रम बढी हुँदा औसतभन्दा बढी गर्मी हुन्छ । हावापानी आँकलन तयार...
रास्वपा नेपाल सम्पर्क विभाग मलेसियाद्धारा बझाङका ‘भुकम्प’ पीडितलाई राहत वितरण

रास्वपा नेपाल सम्पर्क विभाग मलेसियाद्धारा बझाङका ‘भुकम्प’ पीडितलाई राहत वितरण

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल सम्पर्क विभाग मलेसिया समिती द्धारा बझाङका ‘भुकम्प’ पीडीतलाई राहत वितरण गरिएकोे छ । बझाङमा असोज १६ गते आएको विनासकारी भुकम्पबाट घर भत्किएर क्षेती भएकाहरुलाई राहत वितरण गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाल सम्पर्क विभाग मलेसियाले आर्थिक संकल गरी नेपाल पठाएको र राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी सचिव सत्यराज उपाध्यायको नेत्रृत्वमा जिल्ला कार्यसमिती मार्फत जयपृथ्वी नगरपालिका भित्रका ‘भुकम्प’ पीडीतलाई राहत वितरण गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल सम्पर्क विभाग मलेसियाका सदस्य कपिल बोहराले बताउनुभयो । त्यस्तै थप राहत खरीद गरेर केहीदिन भित्रै दुर्गाथली गाउँपालिका र बुंगल नगरपालिकाका भुकम्प पीडितहरुलाई पनि राहत सहयोग गरिने उहाँले बताउनुभयाे । नेपाल घरभई हाल मलेसिया कर्मभुमी बनाई रहेका राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक युवाह...
इजरायलले नेपाललाई हस्तान्तरण गरेपछि मात्रै १० जनाको शव स्वदेश ल्याइने

इजरायलले नेपाललाई हस्तान्तरण गरेपछि मात्रै १० जनाको शव स्वदेश ल्याइने

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुदूरपश्चिम
इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा ज्यान गुमाएका १० जना नेपालीको शव स्वदेश ल्याउन अझै केही समय लाग्ने भएको छ । अहिले १० वटै शव इजरायल सरकारले सुरक्षित रूपमा राखेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । आज बुधवार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले पहिले इजरायलले नेपाललाई शव हस्तान्तरण गरेपछि मात्रै त्यहाँबाट शव नेपाल ल्याउन सरकारले काम थाल्ने जानकारी दिनुभयो । यस्तै बेपत्ता रहेका विपिन जोशीको अवस्था अझै थाहा नभएको र खोजी भइरहेकाे उहाँको भनाइ छ । घाइते चार जनामध्ये एक जना आज डिस्चार्ज भएका पनि मन्त्रालयले जनाएको छ । युद्धग्रस्त क्षेत्रमा खतरामा रहेका एक सय २७ जनालाई सुरक्षित ठाउँमा सारिएको प्रवक्ता लम्सालले जानकारी दिनुभयो । मन्त्रालय र इजरायलमा रहेको नेपाली राजदूतावासले नेपाल फर्कन चाहने नेपालीको रजिस्ट्रेशन खुल...
मोतिपुर बघौरा बजार व्यवस्थापन समिती द्धारा उर्मिला भण्डारीलाई सहयाेग.

मोतिपुर बघौरा बजार व्यवस्थापन समिती द्धारा उर्मिला भण्डारीलाई सहयाेग.

कैलाली, समाचार
कैलाली जिल्ला माेहन्याल गाउँपालिका वडा नं 06 घर भएका हिक्मत प्रसाद भण्डारी की 14 वर्षे जेठी छोरी उर्मिला भण्डारी केहि दिन देखि ब्लड क्यान्सर रोगबाट पीडित भई कान्ती बाल अस्पतालमा उपचारत रहेको बेला उहाँलाई आर्थिक सहयोग होस् भनेर मोतिपुर बघौरा बजार व्यवस्थापन समिती द्धारा केहि आर्थिक सहयोग गर्नु भएको छ। उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस समितिका अध्यक्ष टिकाराम तिमिल्सेनाले 2100 रुपैयाँ आर्थिक सहयोग भरत रिमाल लाई हस्तान्तरण गर्नु भएको छ।...
बझाङमा निरन्तरको भुकम्पपछि सेस्मोमिटर जडान

बझाङमा निरन्तरको भुकम्पपछि सेस्मोमिटर जडान

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ – बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन् । सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा. शिव सुवेदीले जानकारी दिए । उनका अनुसार आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सोमबार सुर्मा गाउँपालिकाको दौलिचौरमा सेस्मोमिटर जडान गरिएको छ भने त्यसपछि दक्षिणतर्फ जयपृथ्वी नगरपालिकामा जडान गर्ने तयारी भइरहेको छ । चैनपुरमा आधार मानेर पूर्व–पश्चिम, उत्तर–दक्षिण गरी चारै दिशामा सेस्मोमिटर जडान गर्दा भूकम्पको केन्द्र, समय, रेक्टरस्केल पत्ता लगाउन सजिलो हुने सेस्मोमिटर जडान गरिएको भूगर्भ तथा खानी विभागका निर्देशक तथा वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले बताए...
बाजुरामा करेन्ट लागेर एक जनाको ज्यान गयो

बाजुरामा करेन्ट लागेर एक जनाको ज्यान गयो

बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका–६ बुढा कोर्ध बस्ने ४५ वर्षीया रेवती वडुवालको करेन्ट लगेर घटनास्थलमै आइतवार दिउँसो मृत्यु भएको हो। सोही वडाको भेगुनी लेकमा बाख्रा चराउन गएको बेला सोही ठाउँस्थित कोर्धलिगार्ड लघुजलविद्युत आयोजनाको शाखा लाईनको विद्युतको तारमा छुनगई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।...
बझाङमा गएको भूकम्पबाट सात हजारभन्दा बढी संरचना क्षति

बझाङमा गएको भूकम्पबाट सात हजारभन्दा बढी संरचना क्षति

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा गएको भूकम्पबाट सात हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ । गत हप्ताको मङ्गलबार दिउँसो सदरमुकाम चैनपुरलगायतका क्षेत्रमा केन्द्र बनाई ५.३ र ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण एक जनाको मृत्यु र २९ जना घाइते भएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ । घाइते हुनेमा बझाङमा २१, अछाममा तीन, बैतडीका तीन र बाजुरामा दुई जना छन् । यसै गरी भूकम्पबाट सात हजार १६५ वटा भौतिक संरचनामा क्षति पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रादेशिक विपत् कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ८३८ निजी घर र छ वटा सरकारी कार्यालय गरी ८४४ संरचना पूर्ण रूपमा क्षति भएको छ । त्यसै गरी छ हजार २३८ निजी घर र ८३ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ । भूकम्पका कारण भौतिक संरचना भत्किँदा नौ वटा पशुचौपायाको मृत्यु र एउटा घाइते भएको केन्द्रका प्रादेशिक ...
आज विश्व हुलाक दिवस मनाइँदै

आज विश्व हुलाक दिवस मनाइँदै

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम, सूचना प्रविधि
बझाङ : आज विश्व हुलाक दिवस मनाइँदैछ । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्त्व बुझाउँदै हरेक वर्षको अक्टोबर ९ तारिखमा विश्व हुलाक दिवस मनाउने गरिएको छ । हुलाकलाई विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा लिइन्छ । नेपालले सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता लिएसँगै हुलाक दिवस मनाउन थालिएको हो। तर, सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व भने पछिल्लो समय सङ्कटमा परेको छ ।  नेपालमा १९३५ सालदेखि शुरु भएको हुलाक सेवाले नागरिकको घरदैलोमा सेवा पुर्‍याउँदै आए पनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँचका कारण हुलाकको अस्तित्व जोखिममा पर्न थालेको छ । एक दशकअघिसम्म आमनागरिकको भरोसा बनेको हुलाक सेवा अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सीमित छ । हुलाकको प्रयोजन अहिले सरकारी कार्यालयको चिठीपत्र बोक्ने ...
इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुदूरपश्चिम
काठमाडौं : इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको दूतावासले जनाएको छ । यसको लागि दूतावासको वेबसाइट हेर्न भनिएको छ ।  दूतावासका अनुसार यो लिंकबाट अनलाइन रजिस्ट्रेशन गर्न सकिन्छ https://forms.gle/415GMXE2bZVEoBcR7?fbclid=IwAR2UmW5EHTZaNq7AiVheYts-c8ABLBURktGIC9BuJYTW1_S-GhkoloBF6hw अहिले आफू रहेकै ठाउँमा सुरक्षित रहँदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासले अनुरोध गरेको । यस्तै दूतावासले सूचना निकालेर आक्रमणमा मारिएका १० जना नेपालीको शव ल्याउन पनि आवश्यक प्रबन्ध गरिने जनाएको छ । शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय ग...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज