
कैलाली जिल्ला माेहन्याल गाउँपालिका वडा नं 06 घर भएका हिक्मत प्रसाद भण्डारी की 14 वर्षे जेठी छोरी उर्मिला भण्डारी केहि दिन देखि ब्लड क्यान्सर रोगबाट पीडित भई कान्ती बाल अस्पतालमा उपचारत रहेको बेला उहाँलाई आर्थिक सहयोग होस् भनेर मोतिपुर बघौरा बजार व्यवस्थापन समिती द्धारा केहि आर्थिक सहयोग गर्नु भएको छ। उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस समितिका अध्यक्ष टिकाराम तिमिल्सेनाले 2100 रुपैयाँ आर्थिक सहयोग भरत रिमाल लाई हस्तान्तरण गर्नु भएको छ।

