Advertisement
Sunday, July 13

बझाङमा गएको भूकम्पबाट सात हजारभन्दा बढी संरचना क्षति

Advertisement

बझाङ : बझाङमा गएको भूकम्पबाट सात हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ । गत हप्ताको मङ्गलबार दिउँसो सदरमुकाम चैनपुरलगायतका क्षेत्रमा केन्द्र बनाई ५.३ र ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पका कारण एक जनाको मृत्यु र २९ जना घाइते भएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ । घाइते हुनेमा बझाङमा २१, अछाममा तीन, बैतडीका तीन र बाजुरामा दुई जना छन् ।

यसै गरी भूकम्पबाट सात हजार १६५ वटा भौतिक संरचनामा क्षति पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रादेशिक विपत् कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ८३८ निजी घर र छ वटा सरकारी कार्यालय गरी ८४४ संरचना पूर्ण रूपमा क्षति भएको छ । त्यसै गरी छ हजार २३८ निजी घर र ८३ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ । भूकम्पका कारण भौतिक संरचना भत्किँदा नौ वटा पशुचौपायाको मृत्यु र एउटा घाइते भएको केन्द्रका प्रादेशिक सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिए । भूकम्पले बाजुरा जिल्लामा सबैभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ । सो जिल्लामा ६६१ निजी घर पूर्ण रूपमा क्षति भएको छ । खप्तड छेडेदह गाउँपालिकामा २८६ घर, गौमूलमा २५, त्रिवेणी नगरपालिकामा ११०, बडीमालिकामा ११४ र बुढीगङ्गा नगरपालिकामा १२६ घरमा पूर्ण रूपमा क्षति पुगेको छ । पाँच हजार ९२ निजी घर र २८ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको जनाइएको छ ।

भूकम्पको केन्द्रबिन्दु भएको बझाङमा १५८ निजी घर र पाँच सरकारी कार्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् । एक हजार ९८ निजी घर र ३० वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको जनाइएको छ ।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

कञ्चनपुर- २८ वर्षीया कमला दमाई दुई महिनाअघि मात्रै भारतबाट थाकेको शरीर, थिचिएको आत्मा लिएर घर फर्किएकी थिइन्। गाउँको धूलो, माइतीको...
अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

गोविन्द बोहरा, युएई- अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले प्रेमबहादुर बोगटी (भीम) को अध्यक्षत...
आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक म...
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी नेपा...
बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी– बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्ना तर्फ जाँदै गरेको सुप प्र ०४ ...
बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बझाङ- बुङ्गल हाइड्रो लिमिटेडले प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्षित गर्दै साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले ...
भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनक...
बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडी- बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज