Advertisement

बझाङमा निरन्तरको भुकम्पपछि सेस्मोमिटर जडान

Advertisement

बझाङ – बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन् ।

सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा. शिव सुवेदीले जानकारी दिए । उनका अनुसार आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सोमबार सुर्मा गाउँपालिकाको दौलिचौरमा सेस्मोमिटर जडान गरिएको छ भने त्यसपछि दक्षिणतर्फ जयपृथ्वी नगरपालिकामा जडान गर्ने तयारी भइरहेको छ ।

चैनपुरमा आधार मानेर पूर्व–पश्चिम, उत्तर–दक्षिण गरी चारै दिशामा सेस्मोमिटर जडान गर्दा भूकम्पको केन्द्र, समय, रेक्टरस्केल पत्ता लगाउन सजिलो हुने सेस्मोमिटर जडान गरिएको भूगर्भ तथा खानी विभागका निर्देशक तथा वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले बताए ।

उनका अनुसार बझाङमा खप्तडछान्नाको बयानामा मात्रै अहिलेसम्म सेस्मोमिटर जडान गरिएको थियो । ‘बयानाको सेस्मोमिटरले भूकम्प आएको चार–पाँच किलोमिटरसम्म टाढा केन्द्र भएको हुनसक्ने थाहा हुन्थ्यो । त्यो चार–पाँच किलोमिटर कतापट्टि हो भन्ने पनि ठम्याउन मुस्किल हुन्थ्यो । अब भूकम्प आइरहेको क्षेत्र बाहिर चारैतिर जडान गर्दा छिटो र यथार्थ पत्ता लगाउन सकिन्छ’ उनले भने ।

उनले अनुसार अहिलेसम्म नेपालभर ४२ स्टेशन (मापनयन्त्र) बनाएर भूकम्पको निगरानी गरिरहेको जानकारी दिए । ‘बझाङमा गएको मङ्गलवार यता करिब साढे चार सय पटक चैनपुर आसपासमै केन्द्र बनाएर भूकम्प गइसकेको छ । यसरी चारै दिशामा मापकयन्त्र राख्दा छिटो र कम त्रुटिमा पत्ता लगाउन जडान गरिएको हो’ उनले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

२०७९ को झिनो हारपछि बझाङमा ऐन महरको पुनरागमन, के भन्छ तथ्यांक ? 

२०७९ को झिनो हारपछि बझाङमा ऐन महरको पुनरागमन, के भन्छ तथ्यांक ? 

बझाङ : भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि देशको राजनीति फेरि एकपटक तरंगित बनेको छ । राजनीतिक दलहरू पुनः चुनावी मैदानमा उत्रिएका छ...
प्रतिनिधि सभाको सांसद चयन प्रक्रिया: गरिमा, योग्यता र लोकतान्त्रिक परिपक्वताको प्रश्न  परिचय

प्रतिनिधि सभाको सांसद चयन प्रक्रिया: गरिमा, योग्यता र लोकतान्त्रिक परिपक्वताको प्रश्न परिचय

परिचय: लोकतान्त्रिक शासन प्रणालीमा विधायिका राज्यको मेरुदण्ड मानिन्छ। नेपालको सन्दर्भमा प्रतिनिधि सभा नीतिनिर्माण, कानुन निर्माण र...
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु

बैतडीबाट जन्ती बोकेर बझाङ जाँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती बोकेर ब...
सोचेभन्दा बढी माया पाएँ : नयाँ नेतृत्वका लागि जनताको भरोसा बढ्दो: एमाले उपाध्यक्ष तिलक कुँवर

सोचेभन्दा बढी माया पाएँ : नयाँ नेतृत्वका लागि जनताको भरोसा बढ्दो: एमाले उपाध्यक्ष तिलक कुँवर

अछाम- एमाले अछाम जिल्ला पार्टी उपाध्यक्ष तिलक कुँवरले चुनावी घरदैलोका क्रममा जनताबाट सोचेभन्दा बढी माया पाएको बताएका छन् । जिल्ला...
एमाले उम्मेदवार साउँदद्वारा सहिद स्तम्भ तथा सालिकमा माल्यार्पण, आज सुतार क्षेत्रमा घरदैलो

एमाले उम्मेदवार साउँदद्वारा सहिद स्तम्भ तथा सालिकमा माल्यार्पण, आज सुतार क्षेत्रमा घरदैलो

अछाम- नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार दिपक साउँदले सहिदहरूका सालिकमा माल्यार्पण गरेका छन् । जिल्लाको रामारोशन गाउँपा...
रामारोशन -६ मा एमालेको वडा कमिटीको बैठक सम्पन्न

रामारोशन -६ मा एमालेको वडा कमिटीको बैठक सम्पन्न

अछाम- नेकपा एमाले रामारोशन गाउँपालिका-६ नम्बर वडा कमिटीको बैठक सम्पन्न भएको छ । फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन लक्ष्यित...
अछामका दुवै क्षेत्रमा एमालेको जित सुनिश्चित : अध्यक्ष  कृष्णप्रसाद जैसी

अछामका दुवै क्षेत्रमा एमालेको जित सुनिश्चित : अध्यक्ष कृष्णप्रसाद जैसी

अछाम- नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले अछाम जिल्लाका दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा एमालेको जित सु...
देउराली–जनताले भरतपुरमा ४७५ करोड लगानीमा अत्याधुनिक औषधि कारखाना स्थापना गर्ने

देउराली–जनताले भरतपुरमा ४७५ करोड लगानीमा अत्याधुनिक औषधि कारखाना स्थापना गर्ने

  काठमाडौं । नेपालकै अग्रणी औषधि उद्योग देउराली–जनता फार्मास्युटिकल्स प्रा.लि.ले औषधि उत्पादन क्षमता विस्तार गर्ने उद्देश्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज