कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं 02 काे आर्थिक सहयोगमा र यनिमल रेस्क्यु टिमकाे आयोजनामा वडा नं 02 भित्र रहेका करिव 30 वटा कुकुरलाई रेविज विरुद्ध खोप लगाईएको छ।

उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष सन्तोष कुमार ओलीले छाडा कुकुरहरुको टोकाईले गर्दा मानिसको अकालमै ज्यान जाने भएकोले यस्तो कार्यक्रम संचालन गरेको बताउनु भयो।

साथै उक्त कार्यक्रममा बोल्दै यनिमल रेस्क्यु टिमका अध्यक्ष राहुल सुनारले छाडा कुकुर देखि पशुचौपाया समेतलाई व्यवस्थित तरिकाले नियन्त्रण गर्न आफ्नो संस्था निरन्तर लागी पर्ने र सम्बन्धित निकायमा समेत पहल गर्ने बताउनु भयो।