Advertisement

सुदूरपश्चिम

इजरायलमा भएको आतंकवादी हमलामा बझाङका गणेशसहित १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए

इजरायलमा भएको आतंकवादी हमलामा बझाङका गणेशसहित १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए

अन्तर्राष्ट्रिय, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : इजरायलमा प्यालिस्टन विद्रोही हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका पुष्टि भएको छ । इजराइलका लागि नेपाली राजदूतवासले १० जना नेपाली मारिएको पुष्टि भएको जानकारी गराएको हो । १७ जना विद्यार्थी रहेको क्याम्पभित्र हमास विद्रोहीले आक्रमण गरेकोमा एक जना अझै बेपत्ता छन् । चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गएको भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि इजरायल पुगेका उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी हुन् । ज्यान गुमाउनेहरूमा नारायणप्रसाद न्यौपाने घोडाघोडी–०४ कैलाली, गणेशकुमार नेपाली जयपृथ्वी–०६ बझाङ, आशिष चौधरी बौनिया–०३ कैलाली, दिपेशराज विष्ट लेकम–०५ दार्चुला, आनन्द साह सपही–०६ धनुषा, राजेशकुमार स्वर्णकार मधुवन–०१ सुनसरी, राजन फुलरा पाचनली–०३ डोटी, पदम थापा लमिखल–०८ डोटी, प्रवेश भण्डारी शारदा–०३ सल्यान, लोकेन्द्रस...
चाडपर्वलक्षित सुपथ पसल आजदेखि : चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री हुने

चाडपर्वलक्षित सुपथ पसल आजदेखि : चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री हुने

बझाङ, ब्यापार, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : सरकारले दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आउँदो मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । उपभोक्ताको सहजताका लागि अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन मुख्य पर्वको अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकारले सुपथ पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य राखेको छ । चाडपर्वको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । काठमाण्डौ उपत्यकामा रहेका बि...
चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्प

चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्प

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ - बझाङमा यही असोज १६ गते गएको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । बझाङको भातेखोला केन्द्रविन्दु भएर आज दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ । आजको भूकम्प गत मङ्गलबार दिउँसो गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रविन्दु भएर चार रेक्टरस्केलभन्दा माथिका १५ वटा भूकम्प गएका छन् ।कयौँ पटक परकम्प गएका स्थानीयले बताएका छन् । बझाङमा अहिलेसम्म भूकम्पमा परि एक जनाको ज्यान गएको छ भने दर्जनौ मानिस घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ । यसैबिच सुदूरपश्चिममा कुनै पनि समयमा शक्तिशाली भूकम्प जान सक्ने वरिष्ठ भूकम्पविद्हरुले बताएका छन्। पश्चिम क्षेत्र भूकम्पको उच्च जोख...
बझाङ केन्द्रबिन्दु भएर फेरि ५.३ रेक्टर स्केलको भुकम्प

बझाङ केन्द्रबिन्दु भएर फेरि ५.३ रेक्टर स्केलको भुकम्प

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ केन्द्रबिन्दु भएर फेरि भुकम्प गएको छ । बझाङको भातेखोला केन्द्रबिन्दु भएर शनिबार बिहान ११ बजेर ४५ मिनेटमा ५.३ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । केही दिनदेखि लगातार पश्चिम नेपालका विभिन्न जिल्लामा भुकम्प गइरहेको छ । गत मंगलबार बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६. ३ रेक्टर स्केलको भुकम्प गएको थियोे । भुकम्पबाट बझाङमा एक जनाको मृत्यु हुनुका साथै दर्जनौं मान्छे घाइते भएका थिए । सयौंको संख्यामा भौतिक संरचनामा क्षति पुगेको थियोे । लगातारको पराकम्पले स्थानीय त्रसित बनेका छन् ।...
सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो

सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो

मुख्य समाचार, सुदूरपश्चिम
यस वर्षको मनसुन शुक्रबार नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ । नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। शनिबार कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।...
बझाङ भूकम्पबाट घर भत्किएकाहरूलाई तत्कालै ५० हजार रुपैयाँ दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

बझाङ भूकम्पबाट घर भत्किएकाहरूलाई तत्कालै ५० हजार रुपैयाँ दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ केन्द्रविन्दु भएको भूकम्पबाट पूर्ण क्षति भएका प्रतिघरपरिवारलाई अस्थायी आवास निर्माणका लागि तत्कालै ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ । आज शुक्रवार हेलिकप्टरबाट बझाङको सदरमुकाम चैनपुर पुगेर भूकम्पबाट भएको क्षति अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले अस्थायी आवास निर्माणका लागि तत्कालै ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको हो । उहाँले भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने बताउनुभयो । यस्तै भूकम्पबाट प्रभावित अरू परिवारलाई राहतस्वरूप परिवार सङ्ख्याको आधारमा मापदण्डअनुसार १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च व्यवस्था गर्ने प्रचण्डले बताउनुभयो । भूकम्पका कारण घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउनुको साथै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा लगायत राहत सामग्रीहरू उपलब्ध गराए...
बझाङका एक पुरुष लागुऔषध सहित कैलालीबाट पक्राउ

बझाङका एक पुरुष लागुऔषध सहित कैलालीबाट पक्राउ

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : लागुओैषध चरेशसहित बझाङका एक पुरुष कैलालीबाट पक्राउ परेका छन्। ३ किलो ५ सय ग्राम चरेशसहित बझाङको बुङ्गल नगरपालिका २ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका १ दोमिल्ला बस्ने ३५ वर्षीय गोरे धामी बिहीवार राति पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको रमेशसिंह साउँदको कमाण्डले कैलालीको गोदावरी नगरपालिका ४ गोदावरीबाट पक्राउ गरेको जनाएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प

बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ: सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो। दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टर स्केल, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ३ः४५ बजे सुरमा केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति ...
स्क्रब टाइफसको संक्रमणबाट बैतडीमा एक जनाको मृत्यु

स्क्रब टाइफसको संक्रमणबाट बैतडीमा एक जनाको मृत्यु

बैतडी, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बैतडीः  स्क्रब टाइफसबाट बैतडीमा बिहीबार एक वृद्धको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–६ गौकुराका ६८ वर्षीय शोभानसिंह भण्डारीेको स्क्रब टाइफसबाट मृत्यु भएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा भानु चालिसेले बताए। उच्च ज्वरो आएर बुधबार जिल्ला अस्पताल आएका वृद्धको स्वास्थ्य जाँच गर्दा स्क्रब टाइफस देखिएको थियो। यसका साथै उनको रगतमा अक्सिजनको कमी र मिर्गौलामा समेत समस्या देखिएको डा चालिसेले बताए। अक्सिजनको कमी र थप उपचारका लागि आइसियू आवश्यकता पर्ने देखिएपछि धनगढी रेफर गरिएकोमा उनको बाटामै मृत्यु भएको उनका आफन्तले बताएका छन्। माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने गर्छ।  झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।...
धनगढीबाट बझाङ, बाजुरा र अछाममा नियमित उडान सुरु

धनगढीबाट बझाङ, बाजुरा र अछाममा नियमित उडान सुरु

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीको धनगढी विमानस्थलबाट सुदूर पहाडका तीन जिल्लामा नियमित उडान सुरु गरिएको छ। पाँच महिनादेखि बन्द पहाडी जिल्लाको उडान सेवा पुनः सुचारु भएको हो। गत चैतदेखि बझाङ, बाजुरा र अछामको हवाई उडान नगरेको समिट एयरले बिहीबारदेखि नियमित उडान सुरु गरेको छ। समिट एयरका सुदूरपश्चिम प्रमुख किशोर खड्काले बिहीबारदेखि नियमित उडान सुरु गरिएको बताए। पहाडी तीन जिल्लामा हप्ताको दुई दिन नियमित उडान हुने उनले बताए। प्रत्येक हप्ताको सोमबार र बिहीबार बझाङ, बाजुरा र अछाम उडान गरिने उनले बताए। समिट एयरले धनगढी–बझाङको भाडादर ७ हजार रुपैयाँ कायम गरेको छ। बाजुराको भाडादर ७ हजार ५ सय र अछामको भाडादर ५ हजार कायम गरिएको छ। समिट एयरले धनगढीदेखि बझाङ २२ मिनेट, अछाम १७ मिनेट र बाजुरा २८ मिनेटको उडान अवधि रहने जनाएको छ।...
प्रधानमन्त्री प्रचण्ड भोलि शुक्रबार भूकम्प प्रभावित बझाङ आउँदै

प्रधानमन्त्री प्रचण्ड भोलि शुक्रबार भूकम्प प्रभावित बझाङ आउँदै

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ आउने भएका छन् । प्रधानमन्त्री प्रचण्ड मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम तय भएको उनको सचिवालय जनाएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार बझाङ जाने कार्यक्रम शुक्रबारका लागि तय गरिएको हो । आज बिहान मात्रै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको थियो । बैठकमा उनले एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्ने बताएका थिए । प्रधानमन्त्रीको नताले पनि एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यो रिपोर्ट आइसकेपछि स्टेप चाल्छौं,’ उनले भने । मंगलबार दिउँसो ३: ०६ बजेको समयमा बझाङ केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी एक जना म...
बझाङ पुगेका रास्वपा सभापति लामिछानेद्वारा भुकम्पले क्षतिग्रस्त क्षेत्रको अनुगमन र पिडितलाई राहत वितरण

बझाङ पुगेका रास्वपा सभापति लामिछानेद्वारा भुकम्पले क्षतिग्रस्त क्षेत्रको अनुगमन र पिडितलाई राहत वितरण

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भूकम्प प्रभावित बझाङ पुगेका छन्। बुधबार राति बझाङको जयपुथ्वी नगरपालिका पुगेका उनले राति नै भूकम्प प्रभावितहरूलाई राखिएको कभर्डहल अवलोकन गरेका छन्। ‘भूकम्प प्रभावित बझाङलाई तत्काल राहत र पुनःस्थापनाको खाँचो छ,’ उनले भने, ‘म हिजै राति भूकम्प प्रभावितहरू राखिएका केही कभर्ड हलमा पुगें। यहाँको अवस्था एकदमै नाजुक छ। निरन्तर परकम्प गइरहेकाले उहाँहरू त्रासमा हुनुहुन्छ।’ उनले बझाङमा अझै केन्द्र सरकारको ध्यान नपुगेको बताए। प्रभावितहरू राहत र पुनःस्थापनाको पर्खाइमा रहेकाले सरकारले आवश्यक निर्णय गर्न ढिलाइ गर्न नहुने बताए। ‘यत्ति नै क्षति काठमाडौंमा भएको भए सबैको ध्यान तान्थ्यो। बझाङमा सहायता पुगेको छैन। सुदूरपश्चिमकै ठूलो जिल्ला भएकाले सबैतिर म पनि पुग्न भ्याएको छैन। जहाँजहाँ पुगें, बस्न मिल्ने घर एउटै छैन। सबै चर्किएका छन्। परकम्प गइर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज