सुदूरपश्चिममा दशैंको अवधिमा ११ वटा सवारी दुर्घटना, ८ जनाको मृत्यु
बझाङ : यस वर्षको दशैंको अवधिमा सुदूरपश्चिममा ११ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। असोज २८ देखि कात्तिक ८ गतेसम्म भएका सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।
गत वर्षको दशैं भन्दा यस वर्षको दशैंमा बढी सवारी दुर्घटना भएको तथ्यांकले देखाएको छ। यस वर्षको दशैंमा सवारी दुर्घटनामा परेर ९ जना घाइते भएका छन्। साथै ट्राफिक प्रहरीले एक हजार ७ सय ५७ जना सवारी चालकलाई कारबाही गरेको छ। सवारी कारबाहीबाट करिब १० लाख राजस्व असुली भएको समेत प्रदेश ट्राफिक प्रहरीले जनाएको छ।
गत वर्षको दशैंकको अवधिमा १२ वटा सवारी दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरीको अभिलेख छ। सो अवधिमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए। ट्राफिक प्रहरीले एक हजार ९ सय ७४ सवारी चालक...












