बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका–६ बुढा कोर्ध बस्ने ४५ वर्षीया रेवती वडुवालको करेन्ट लगेर घटनास्थलमै आइतवार दिउँसो मृत्यु भएको हो।
सोही वडाको भेगुनी लेकमा बाख्रा चराउन गएको बेला सोही ठाउँस्थित कोर्धलिगार्ड लघुजलविद्युत आयोजनाको शाखा लाईनको विद्युतको तारमा छुनगई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३