बझाङ : बझाङमा फेरि पनि भूकम्प गएको छ । गएराती १२ बजेर २२ मिनेटमा बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको हो ।
५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

असोज १६ गते बझाङ केन्द्र बनाएर ५.३ र ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता बझाङ केन्द्रबिन्दु भएर लगातार भुकम्प गइरहेको छ ।