Advertisement

बझाङ

खापरदेव क्याम्पस कालुखेतीको व्यवस्थापन समिति अध्यक्षमा सिहँ

खापरदेव क्याम्पस कालुखेतीको व्यवस्थापन समिति अध्यक्षमा सिहँ

बझाङ, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
बझाङ : खापरदेव क्याम्पस कालुखेतीको व्यवस्थापन समिति अध्यक्षमा दिपेन्द्र बहादुर सिहँ सर्वसम्मत चयन हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त खप्तडछान्ना गाउँपालिका ५ मा रहेको उक्त क्याम्पसको नयाँ व्यवस्थापन समिति अध्यक्षमा दिपेन्द्र बहादुर सिहँ सर्वसम्मत चयन हुनुभएको हो। वि.सं २०७० सालमा स्थापना भएको खप्तडछान्ना गाउँपालिकाकै एक मात्र खापरदेव क्याम्पसमा निवर्तमान अध्यक्ष गणेश थापाले आफ्नो जिम्मेवारी हस्तान्तरण गरेपछि सिहँ दोस्रो कार्यकालका लागि चयन हुनुभएको छ । स्थापना भएको १० वर्षसम्म पनि जिर्ण भवनमा पठनपाठन गर्नुपर्ने,शैक्षिक गुणस्तर सुधार नभएको लगाएतका थुप्रै समस्या देखेपछि क्याम्पस र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समग्र विकासका लागि आफुले जिम्मेवारी सम्हालेको अध्यक्ष सिहँले बताउनुभयो । साथै उहाँले आगामी दिनहरूमा क्याम्पसको आर्थिक,भौतिक र शैक्षिक गुणस्तर माथि ...
जिल्ला अस्पताल बझाङमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या

जिल्ला अस्पताल बझाङमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
जिल्ला अस्पताल बझाङमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या भएको बताइएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोनु सिहँले आज सामाजिक सञ्जाल मार्फत जिल्ला अस्पताल बझाङमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या भएको जानकारी गराउनुभएको छ । जिल्लाका नागरिकहरुको एक मात्रै आशा भरोसाको रुपमा रहेको जिल्ला अस्पतालमा केहि समय अघि तिनजना चिकित्सकले छोडेर गएपछि अहिले चारजना मेडिकल अफिसरको भरमा अस्पताल चलाउनुपर्ने बाध्यता आएको अध्यक्ष सिहँको भनाई छ । उहाँले दुई महिनादेखि नै अस्पतालमा नयाँ डक्टर पठाउनुपर्ने माग सहित बारम्बार पत्राचार गर्दा पनि केन्द्र र प्रदेशबाट कुनै सुनवाइ नभएको गुनासो गर्नुभएको छ । अहिले जिल्ला अस्पताल बझाङमा दैनिक एक सय ५० देखि दुई सयसम्म विभिन्न समस्याहरु लिएर बिरामीहरु आउने गरेको भएपनि प्रयाप्त जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पताल स्रोतले जनाएको छ । अस्...
बझाङमा जंगली च्याउ खाँदा एकको मृत्यु, एक गम्भीर बिरामी

बझाङमा जंगली च्याउ खाँदा एकको मृत्यु, एक गम्भीर बिरामी

बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं ६ नौरामा जङ्गली विषालु च्याउ खाँदा स्थानीय सात वर्षिया सञ्जिला कठाएतको ज्यान गएको हो । बुधबार बेलुका जङ्गली च्याउको तरकारी पकाएर खाँदा स्थानिय लक्ष्मण कठाएतका श्रीमती एक छोरा र एक छोरी सहित तिन जना गम्भिर बिरामि भएका हुन । गम्भिर बिरामि भएकि सञ्जिलालाई बुधबार राती नै उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो । उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएकोमा बिच बाटोमै ज्यान गएको छ । ११ वर्षिय छोरा सुदिपलाई आज विहिबार उपचारको लागि जिल्ला अस्पताल ल्याइएकोमा अवस्था गम्भिर भएपछि थप उपचारको लागि धनगढी रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ । आमा पुनी कठाएतलाई भने उपचार पछि घर पठाइएको वडाध्यक्ष नरेन्द्र बहादुर सिहँले जानकारी दिनुभयो ।...
लैङ्गिक समानताका सवाल सम्बन्धि पत्रकार र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न 

लैङ्गिक समानताका सवाल सम्बन्धि पत्रकार र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न 

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : लैङ्गिक समानताका सवाल सम्बन्धि पत्रकार र सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दलित सहयोग समाज र युनाईटेड मिसन टु नेपालको साझेदारीमा संचालित समान व्यवहार परियोजना अन्र्तगत दलित सहयोग समाजको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको सहकार्यमा आज बुधबार उक्त अन्र्तक्रिया कार्यक्रम सदरमुकाम चैनपुरमा सम्पन्न भएको हो ।  दलित सहयोग समाजका अध्यक्ष मोहनलाल विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जयपृथ्वी नगरपालिकाका उपप्रमुख रतन बहादुर सिंह प्रमुख अथिति रहनुभएको थियो । त्यस्तै विशिष्ट अथिति यु।एम।एन।बझाङ्गका टिम लिडर मोहनचन्द्र भण्डारी रहनुभएको थियो । लैङ्गिक हिंसा सम्बन्धि सरोकारवालाहरुले गरिरहेका क्रियाकलापहरुको बारेमा एक अर्कालाई जानकारी आदान प्रदान गर्ने, लैङ्गिकताका सवालहरुमा सहकार्य तथा समन्वयात्मक छलफल गर्ने, लैङ्गिक सवालमा एकरुपताका साथ सञ्चार परि...
बझाङ प्रहरीको विद्यालयहरुमा सचेतना फैलाउने अभियान जारी

बझाङ प्रहरीको विद्यालयहरुमा सचेतना फैलाउने अभियान जारी

बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ प्रहरीले गाउँ समाज तथा विद्यालयहरुमा सचेतना फैलाउने अभियान जारी राखेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गाउँसमाजमा विभिन्न समाजिक अपराध कम गर्न सुरु गरिएको सचेतना कार्यक्रम जारी रहेको हो । अपराध कम गर्न बझाङ प्रहरीले जिल्लाका प्रत्येक विद्यालय तथा टोल वस्तीमा खटिएर सचेतना कार्यक्रम गरिरहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता दिपेस चौधरीले जानकारी दिए । आत्महत्या न्यूनीकरण, महिलाहिंसा, लागुऔषध दुव्र्यसन, बालविवाह÷बहुविवाह रोकथाम लगाएत जनचेतजनमुलक विषय सम्बन्धि गाउँसमाजमा प्रशिक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भएका उनले बताए । विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा विद्यार्थीहरु मार्फत समाजमा हुने आपराधिक गतिवधि न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार बालयौन दुव्र...
तिन महिने विशेष अभियानको तयारीमा नेकपा माओवादी : जिल्लामा विस्तारित बैठक सम्पन्न

तिन महिने विशेष अभियानको तयारीमा नेकपा माओवादी : जिल्लामा विस्तारित बैठक सम्पन्न

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ : बझाङमा नेकपा माओबादि केन्द्रको जिल्ला समन्वय समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । घरघरमा माओबादि जनजनमा माओबादि भन्ने मुलनारा सहित यहिँ भाद्र १६ गते देखि सुरु हुन गइरहेको माओवादी केन्द्रको तिन महिने जनतासँग माओवादि रुपान्तरण विशेष अभियान सफल पार्न बिस्तारित बैठक सदरमुकाम चैनपुरमा सञ्चालन गरिएको हो । माओवादी केन्द्र देशव्यापिरुपमा हुन गइरहेको विशेष अभियान सफल पार्न अहिले जिल्लामा विभिन्न कार्यक्रम गरिरहेको छ । जसअन्र्तगत भदौ १२ गते गाउँपालिका र १४ गते वडास्तरमा जनता र पार्टिका कार्यकर्ताहरुलाई सक्रिय बनाउन प्रशिक्षण गरिने नेकपा माओवादि केन्द्र छविसपाथिभेरा गाउँपालिका सचिव लाल बहादुर थापाले जानकारी दिनुभयो । आजको बैठकबाट तीन महिने अभियानको लागि जिम्मेवारी र नेता कार्यकर्ताको कार्य विभाजन गरिएको छ । पार्टिले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र यस अघि नै तय गरिसकेको छ भने जि...
पाएनन् प्रमुख अतिथि आएनन् साँसद

पाएनन् प्रमुख अतिथि आएनन् साँसद

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
उत्तमकुमार थापा,बझाङ : जिल्ला समन्वय समिति बझाङमा ८/९ गते सम्म जिल्ला समन्वय समिति बझाङकाे सातौं जिल्ला समिक्षा गाेष्ठी सञ्चालन भएको थियाे । जिल्ला समन्वय समिति बझाङले आयाेजना गरेको समिक्षा गाेष्ठी समन्वय समितिकाे सभाहलमा सञ्चालनमा थियाे । चारैतिरबाट सदरमुकाम चैनपुरमा जनप्रतिनिधिहरु आफ्नो प्रगति विवरण र आगामी दिनमा बिकास बारे समिक्षा गर्न उपस्थिति रहेका थिए । तर विडम्बना जिल्लामा १० वटा गाउँपालीका र २ वटा नगरपालिका गरि जम्मा १२ वटा स्थानीयतहहरु रहेका छन । प्रत्येक स्थानीयतह बाट मेयर, उपमेयर ,अध्यक्ष, उपाध्यक्ष सहित प्रमुख प्रशासकीय अधिकृत र विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी तथा प्रतिनिधि सहित सराेकारवाला समन्वयकाे सभाहलमा यहीँ ८ गते हल उपस्थितिहरुले घचाघच भरिपूर्ण देखिन्थ्यो । भरिपुर्ण सभाहलमा कार्यक्रम भनेको समय भन्दा ३ घण्टा ढिला सञ्चालन भयाे । जब सञ...
नेपाल सि. एम. ए सँघकाे तेस्रो जिल्ला अधिवेशनबाट गुरुधामी अध्यक्ष चयन

नेपाल सि. एम. ए सँघकाे तेस्रो जिल्ला अधिवेशनबाट गुरुधामी अध्यक्ष चयन

बझाङ, स्वास्थ्य
बझाङमा नेपाल सि.एम.ए सँघकाे तेस्रो जिल्ला अधिवेशनबाट कृष्ण गुरुधामी अध्यक्षमा सर्वसम्मतिले चयन भएको छन । आज एक कार्यक्रमका विच सदरमुकाम चैनपुरमा रहेकाे हाेटेल हाेलिडे इनकाे सभाहलमा अधिवेशन सञ्चालन भएको हाे । सञ्चालन कार्यक्रममा पुरानो कार्यसमिति लाई ससम्मान विदाई सहित नयाँ कार्यसमिति चयन गरिएको हाे । नयाँ समितिमा अध्यक्ष कृष्ण गुरुधामी उपाध्यक्ष शकर भारती सचिव हरिलाल भट्टराई सह- सचिव उपेन्द्र आग्री काेषाअध्यक्ष सपना रावल सदस्य उत्तम खड्का स्यामप्रशाद उपाध्याय मानबहादुर धामी राजेन्द्र वली रहेका छन । नेपाल सि. एम .ए सँघ बझाङका अध्यक्ष मदन धामीकाे अध्यक्षतामा सञ्चालन कार्यक्रमका प्रमुख अतिथि नेपाल सि. एम. ए सँघका केन्द्रीय महासचिव लालबहादुर खड्का रहनु भएको थियाे । विशिष्ट अतिथिमा सह- काेषाअध्यक्ष धर्मराज अधिकारी यज्ञ गिरी बिशिस्ट अतिथि सहित विभिन्न पदाधिकारीहरुकाे उपस्थिति रहेको...
बझाङमा वर्षातले बिग्रिएका सडक समयमै नबन्दा नागरिकलाई सास्ती

बझाङमा वर्षातले बिग्रिएका सडक समयमै नबन्दा नागरिकलाई सास्ती

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : वर्षातले बिग्रिएका कतिपय बझाङका ग्रामीण सडकहरु नबन्दा यात्रुहरुलाई सास्ती भएको छ । वर्षातको समयमा पानीका कारण ठाउँ ठाउँमा खाल्टा खुल्टी परेर बिग्रिएका सडक समयमै मर्मत नहुँदा ओहोरदोहर गर्ने यात्रुहरुलाई अहिले सास्ती भएको हो । वर्षातले बिग्रिएका सडक नबन्दा जोखिम मोलेर यात्रा गर्नेु परेको यात्रुहरुको गुनासो छ । जिल्लाका विभिन्न पालिका भित्र रहेका ग्रामीण सडकहरु वर्षातका कारण बिग्रिएका छन् । बर्षातले भत्कीएर, खाल्टा खुल्टी परे पनि सम्बन्धित निकायले समयमै मर्मत नगरिदिदा समस्या भएको खप्तडछान्ना गाउँपालिका ५ कि स्थानिय सविता उपाध्यायले बताउनुभयो । जिल्लाको खप्तडछान्ना गाउँपालिकामा सडक बन्द भएको २ महिना पूरा भएपनि अझै सुचारु नभएको स्थानियहरुको गुनासो छ । दैनिक कामकाजको लागि पालिकाबासिहरु नियमित जोखिम मोलेर ओहोरदोहोर गरिरहेपनि बाटोको अवस्था ठिक नहुँदा समस्या भएको बताइएको छ । ...
बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते

बझाङ
बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । सदरमुकाम चैनपुरमा पसल व्यवसाय गरी बस्ने परराज चलाउनेको ४ वर्षिय छोरा आदित्य चलाउने मोटरसाइकलको ठक्करबाट घाइते भएका हुन् । आज शुक्रबार साँझ ४ बजे चैनपुर स्थित शान्तिमार्ग रोड नजिकै रहेको पसल अगाडी सडक छेउमा खेलिरहेका बालकलाई शुपप्र से ५ प १९७० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । घाइते बालकको अवस्था मध्यम रहेको बताइएको छ । उनको अहिले चैनपुर स्थित जयपृथ्वी अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकका ४ गुलरियाका २२ वर्षिय कमल देउवा भने प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो ।...
मानवतावादी राजा जयपृथ्वीबहादुर सिहको १४७ औँ जन्मजयन्ती मनाईदै

मानवतावादी राजा जयपृथ्वीबहादुर सिहको १४७ औँ जन्मजयन्ती मनाईदै

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : आज मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको एक सय ४७ औं जन्मजयन्ती मनाईदै छ। जयपृथ्वी बहादुर सिहको सम्झना गर्दै उनको एक सय ४७ औँ जन्म जयन्ती मनाईन लागिएको हो। आज विभिन्न संघसंस्थाहरुले पनि देश तथा विदेशमा सिहको सम्झना गर्दै जन्म जयन्तीको अवसरमा ओैपचारिक कार्यक्रम गर्न लागेका छन् । दक्षिण एसियाकै तारा तथा दोस्रो गौतम बुद्धका रुपमा चिनिएका सिंहले पुगाएको योगदानको समेत सबैले स्मरण गरिरहेका छन् । सिहँले जहानिया राणा शासनको समयमा आम नागरिकका लागि शिक्षाको सुरुवात गरेका थिए। उनले सोही सयमा बझाङमा सर्वसाधारणका छोराछोरीलाई पढ्ने विद्यालयको समेत स्थापना गरेका थिए। उनले राणाको कठोर शासनमा पनि जनताको स्वतन्त्रताका लागि लडाई गरेका थिए। सिह तत्कालीन श्री ३ चन्द्र शमशेरका ज्वाँई हुन्। जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते (इ.स.१८७७०) बझाङमा भएको थियो। उनले लेखेका अक्षराङ्क शिक्ष...
सुदूरपश्चिममा भोलि र पर्सि सार्वजनिक बिदा

सुदूरपश्चिममा भोलि र पर्सि सार्वजनिक बिदा

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सि सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिमेलीको ठूलो पर्व गौराका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो। गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा लोकपर्व हो। गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ। पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ। पाँच प्रकारका वनस्पति जोडेर गौरीदेवीको प्रतिमा बनाएर अष्टमीका दिन गौरा घर वा गौरा मन्दिर भित्राएर पूजा अर्चना गरी सेलाउने प्रचलन छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज