Advertisement

मानवतावादी राजा जयपृथ्वीबहादुर सिहको १४७ औँ जन्मजयन्ती मनाईदै

Advertisement

बझाङ : आज मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको एक सय ४७ औं जन्मजयन्ती मनाईदै छ। जयपृथ्वी बहादुर सिहको सम्झना गर्दै उनको एक सय ४७ औँ जन्म जयन्ती मनाईन लागिएको हो।

आज विभिन्न संघसंस्थाहरुले पनि देश तथा विदेशमा सिहको सम्झना गर्दै जन्म जयन्तीको अवसरमा ओैपचारिक कार्यक्रम गर्न लागेका छन् ।

दक्षिण एसियाकै तारा तथा दोस्रो गौतम बुद्धका रुपमा चिनिएका सिंहले पुगाएको योगदानको समेत सबैले स्मरण गरिरहेका छन् । सिहँले जहानिया राणा शासनको समयमा आम नागरिकका लागि शिक्षाको सुरुवात गरेका थिए।

उनले सोही सयमा बझाङमा सर्वसाधारणका छोराछोरीलाई पढ्ने विद्यालयको समेत स्थापना गरेका थिए। उनले राणाको कठोर शासनमा पनि जनताको स्वतन्त्रताका लागि लडाई गरेका थिए। सिह तत्कालीन श्री ३ चन्द्र शमशेरका ज्वाँई हुन्।

जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते (इ.स.१८७७०) बझाङमा भएको थियो। उनले लेखेका अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ। त्यस्तै उनको प्राकृतव्याकरण नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट विसं १९६९ प्रकाशित भएको थियो।

जयपृथ्वीबहादुर सिंहले लेखेका नेपाली भाषाको पुस्तक अक्षराङ्कमा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाव, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु, अङ्ग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिएका थिए। उनको अक्षराङ्क शिक्षा नामक पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गाङ्क, जोडघटाउ, भाग, गुणन र इस्लाम धर्मका चाडपर्वको पनि उल्लेख छ।

जयपृथ्वीले अक्षराङ्क शिक्षा लेखेर विसं १९५८ मा प्रकाशित गरेपछि, त्यो पुस्तक कोसेढुङ्गोको रूपमा स्थापित भएको छ । सर्वे भवन्तु सुखिनस् सर्वे सन्तु निरामयास् सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुस्ख भाग्जनस् गोरखापत्र दैनिकमा प्रकाशित हुने यो संस्कृत श्लोक नपढ्ने नेपालीहरू सायदै होलान् ।

अहिलेको सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ नाराको भावसँग मेल खाने यो श्लोकलाई आजभन्दा १०७ वर्ष १९५८ पहिलो पटक गोरखापत्रको सञ्चालक तथा सम्पादक जयपृथ्वी बहादुर सिंहले प्रचलनमा ल्याएका थिए। त्यस्तै एसियाका मुलुकलाई संस्कृत भाषामय बनाउन पनि जयपृथ्वीको विशेष इच्छा थियो।

उनी जुनजुन भूमि टेक्न पुग्थे शिक्षाबारेकै प्रायः जानकारी लिन्थे । साथै उनी जहाँजहाँ जान्थे शान्ति, मानवता र भातृत्वकै अभिवृद्धिको सन्देश मात्र दिन्थे। जयपृथ्वीले मानवतावादी संस्था खोल्ने अभियान चलाए। त्यसैले उनले विश्व भ्रमण पनि गरे। उनी जुनजुन देशमा जान्थे मानवतावादी भाषण गर्थे। पछि उनैको संरक्षकत्व एसियाका विभिन्न राष्ट्रमा मानवतावादी सङ्घहरू पनि खुले। विश्व एकता उनको मुल मन्त्र थियो।

संयुक्त राष्ट्रसङ्घ यिनैको समेत प्रभावले स्थापना भएको हो भनिन्छ। राजा जयपृथ्बी बहादु सिंहले वि.स. १९६२ मा शैक्षिक विकासका लागि नक्सालको नाग पोखरी देखि उत्तरपूर्वमा रहेको ८३ रोपनी आफ्नै घर जग्गामा आफै प्रधानाध्यापक नियुक्त भई सत्यवादी पाठशाला खोलेका थिए। सोही जग्गामा गोरखापत्रको प्रकाशन गरेको रफाज नेपालको जयपृथ्बी जिवन यात्रा पुस्तकमा उल्लेख छ।

सोही समयमा जयपृथ्वीले निजामति सेवामा प्रवेश गर्दा परिक्षा लिने व्यवस्था मिलाए । जसलाई ‘जयपृथ्वी पास’ भनिन्थ्यो यो नै लोकसेवा आयोगको पहिलो अवधारण हो। गोरखापत्रको प्रकाशक र सम्पादक भएकै हैसियतले वि.सं. १९६५ सालमा बेलायत जाँदा उनको काम तथा प्रतिभासँग प्रभावित भई बेलायतका सप्तम् सम्राट एडवर्डले मानार्थ ‘कर्णेल’को उपाधिले सम्मान गरेका थिए।

न्यायका प्रतिक, दर्शनमा दार्शनिक, धर्ममा बुद्ध, दयालु साथै जनप्रेमी राजा हुँदा हुदै पनि आफ्नो बझाङ्ग राज्य, नेपाल तथा भारतको मात्र चिन्ता लिएनन्।

विश्व एक घर हो, हामी सबै एक घरका सदस्य हौ मानव–मानवबीचको वैमनश्यता कसरी अन्त गर्न सकिन्छ भन्ने विषयको खोज गर्न र विश्व भाइचाराको नाता जोड्न विश्वका विभिन्न मुलुकहरुमा मानवतावादी संस्थाहरु खोल्दै आफ्नो विचारहरु ति संस्थामार्फत जनसमक्ष अपिल पुर्याउँदै साइपाल, सम्पूर्ण बझाङ्गबासी, र मानवअधिकार कर्मिलाई सदाका लागी टुहुरो पार्दै भारतको बंलोरस्थित श्री जयभवनमा विसं. १९९७ साल असोज १ गते ६३ वर्षको उमेरमा रानी खगेश्वरी सिंह र मानवतावाद नामक दर्शनयुक्त किताबलाई काखमा राखी रानीलाई मेरो क्रिया तिमी आफैले गर्नु, तर शारीरिक पिडा नहुने गरी भन्दै सदाका लागि यो संसारबाट बिदा लिए।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट...
अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

काठमाडौँ- सरकारले स्थायी लेखा नम्बर (प्यान) लगायतका कर सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ। अब सेवाग्राहीले आफ्नो न...
दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुला– दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ब...
देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा कुनै महत्वपूर्ण मौसमी प्रणाली सक्रिय छैन । त्यसैले देशका अधिकांश भागमा मौ...
बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाकी पूर्व कार्यपालिका सदस्य कल्पना बोहरा (कलमती) को भीरबाट लडेर मृत्यु भएको छ । बित्थडचिर गाउँपाल...
सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री र प्रदेश सांसदका स्वकीय सचिव नहटाउने सहमति सर्वदलीय बैठकले गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाह...
आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको ज...
त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपालले सबै खेलमा हार बेहोरेको छ। अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज