Advertisement

मानवतावादी राजा जयपृथ्वीबहादुर सिहको १४७ औँ जन्मजयन्ती मनाईदै

Advertisement

बझाङ : आज मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको एक सय ४७ औं जन्मजयन्ती मनाईदै छ। जयपृथ्वी बहादुर सिहको सम्झना गर्दै उनको एक सय ४७ औँ जन्म जयन्ती मनाईन लागिएको हो।

आज विभिन्न संघसंस्थाहरुले पनि देश तथा विदेशमा सिहको सम्झना गर्दै जन्म जयन्तीको अवसरमा ओैपचारिक कार्यक्रम गर्न लागेका छन् ।

दक्षिण एसियाकै तारा तथा दोस्रो गौतम बुद्धका रुपमा चिनिएका सिंहले पुगाएको योगदानको समेत सबैले स्मरण गरिरहेका छन् । सिहँले जहानिया राणा शासनको समयमा आम नागरिकका लागि शिक्षाको सुरुवात गरेका थिए।

उनले सोही सयमा बझाङमा सर्वसाधारणका छोराछोरीलाई पढ्ने विद्यालयको समेत स्थापना गरेका थिए। उनले राणाको कठोर शासनमा पनि जनताको स्वतन्त्रताका लागि लडाई गरेका थिए। सिह तत्कालीन श्री ३ चन्द्र शमशेरका ज्वाँई हुन्।

जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते (इ.स.१८७७०) बझाङमा भएको थियो। उनले लेखेका अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ। त्यस्तै उनको प्राकृतव्याकरण नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट विसं १९६९ प्रकाशित भएको थियो।

जयपृथ्वीबहादुर सिंहले लेखेका नेपाली भाषाको पुस्तक अक्षराङ्कमा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाव, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु, अङ्ग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिएका थिए। उनको अक्षराङ्क शिक्षा नामक पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गाङ्क, जोडघटाउ, भाग, गुणन र इस्लाम धर्मका चाडपर्वको पनि उल्लेख छ।

जयपृथ्वीले अक्षराङ्क शिक्षा लेखेर विसं १९५८ मा प्रकाशित गरेपछि, त्यो पुस्तक कोसेढुङ्गोको रूपमा स्थापित भएको छ । सर्वे भवन्तु सुखिनस् सर्वे सन्तु निरामयास् सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुस्ख भाग्जनस् गोरखापत्र दैनिकमा प्रकाशित हुने यो संस्कृत श्लोक नपढ्ने नेपालीहरू सायदै होलान् ।

अहिलेको सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ नाराको भावसँग मेल खाने यो श्लोकलाई आजभन्दा १०७ वर्ष १९५८ पहिलो पटक गोरखापत्रको सञ्चालक तथा सम्पादक जयपृथ्वी बहादुर सिंहले प्रचलनमा ल्याएका थिए। त्यस्तै एसियाका मुलुकलाई संस्कृत भाषामय बनाउन पनि जयपृथ्वीको विशेष इच्छा थियो।

उनी जुनजुन भूमि टेक्न पुग्थे शिक्षाबारेकै प्रायः जानकारी लिन्थे । साथै उनी जहाँजहाँ जान्थे शान्ति, मानवता र भातृत्वकै अभिवृद्धिको सन्देश मात्र दिन्थे। जयपृथ्वीले मानवतावादी संस्था खोल्ने अभियान चलाए। त्यसैले उनले विश्व भ्रमण पनि गरे। उनी जुनजुन देशमा जान्थे मानवतावादी भाषण गर्थे। पछि उनैको संरक्षकत्व एसियाका विभिन्न राष्ट्रमा मानवतावादी सङ्घहरू पनि खुले। विश्व एकता उनको मुल मन्त्र थियो।

संयुक्त राष्ट्रसङ्घ यिनैको समेत प्रभावले स्थापना भएको हो भनिन्छ। राजा जयपृथ्बी बहादु सिंहले वि.स. १९६२ मा शैक्षिक विकासका लागि नक्सालको नाग पोखरी देखि उत्तरपूर्वमा रहेको ८३ रोपनी आफ्नै घर जग्गामा आफै प्रधानाध्यापक नियुक्त भई सत्यवादी पाठशाला खोलेका थिए। सोही जग्गामा गोरखापत्रको प्रकाशन गरेको रफाज नेपालको जयपृथ्बी जिवन यात्रा पुस्तकमा उल्लेख छ।

सोही समयमा जयपृथ्वीले निजामति सेवामा प्रवेश गर्दा परिक्षा लिने व्यवस्था मिलाए । जसलाई ‘जयपृथ्वी पास’ भनिन्थ्यो यो नै लोकसेवा आयोगको पहिलो अवधारण हो। गोरखापत्रको प्रकाशक र सम्पादक भएकै हैसियतले वि.सं. १९६५ सालमा बेलायत जाँदा उनको काम तथा प्रतिभासँग प्रभावित भई बेलायतका सप्तम् सम्राट एडवर्डले मानार्थ ‘कर्णेल’को उपाधिले सम्मान गरेका थिए।

न्यायका प्रतिक, दर्शनमा दार्शनिक, धर्ममा बुद्ध, दयालु साथै जनप्रेमी राजा हुँदा हुदै पनि आफ्नो बझाङ्ग राज्य, नेपाल तथा भारतको मात्र चिन्ता लिएनन्।

विश्व एक घर हो, हामी सबै एक घरका सदस्य हौ मानव–मानवबीचको वैमनश्यता कसरी अन्त गर्न सकिन्छ भन्ने विषयको खोज गर्न र विश्व भाइचाराको नाता जोड्न विश्वका विभिन्न मुलुकहरुमा मानवतावादी संस्थाहरु खोल्दै आफ्नो विचारहरु ति संस्थामार्फत जनसमक्ष अपिल पुर्याउँदै साइपाल, सम्पूर्ण बझाङ्गबासी, र मानवअधिकार कर्मिलाई सदाका लागी टुहुरो पार्दै भारतको बंलोरस्थित श्री जयभवनमा विसं. १९९७ साल असोज १ गते ६३ वर्षको उमेरमा रानी खगेश्वरी सिंह र मानवतावाद नामक दर्शनयुक्त किताबलाई काखमा राखी रानीलाई मेरो क्रिया तिमी आफैले गर्नु, तर शारीरिक पिडा नहुने गरी भन्दै सदाका लागि यो संसारबाट बिदा लिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

धनगढी- बझाङको बुङ्गल नगरपालिकाभित्र रहेका नेपाल टेलिकमका टावरहरूमा विद्युतीकरण गर्ने विषयमा नगरपालिकाले नेपाल टेलिकमसँग छलफल गरेको...
बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङ- जिल्ला प्रशासन कार्यालयले नागरिकलाई डिजिटल राष्ट्रिय परिचयपत्र (कार्ड) घरदैलोमै पुगेर वितरण गरिरहेको छ । कार्यालयले जिल्लाको...
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज