उत्तमकुमार थापा,बझाङ : जिल्ला समन्वय समिति बझाङमा ८/९ गते सम्म जिल्ला समन्वय समिति बझाङकाे सातौं जिल्ला समिक्षा गाेष्ठी सञ्चालन भएको थियाे ।

जिल्ला समन्वय समिति बझाङले आयाेजना गरेको समिक्षा गाेष्ठी समन्वय समितिकाे सभाहलमा सञ्चालनमा थियाे । चारैतिरबाट सदरमुकाम चैनपुरमा जनप्रतिनिधिहरु आफ्नो प्रगति विवरण र आगामी दिनमा बिकास बारे समिक्षा गर्न उपस्थिति रहेका थिए ।

तर विडम्बना जिल्लामा १० वटा गाउँपालीका र २ वटा नगरपालिका गरि जम्मा १२ वटा स्थानीयतहहरु रहेका छन । प्रत्येक स्थानीयतह बाट मेयर, उपमेयर ,अध्यक्ष, उपाध्यक्ष सहित प्रमुख प्रशासकीय अधिकृत र विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी तथा प्रतिनिधि सहित सराेकारवाला समन्वयकाे सभाहलमा यहीँ ८ गते हल उपस्थितिहरुले घचाघच भरिपूर्ण देखिन्थ्यो ।

भरिपुर्ण सभाहलमा कार्यक्रम भनेको समय भन्दा ३ घण्टा ढिला सञ्चालन भयाे । जब सञ्चालकले राेष्टमबाट कार्यक्रम सञ्चालन गर्न खाेजे सबैले हर्षित भएर उपस्थिति जनाए । कार्यक्रममा विधिगत रुपमा सञ्चालन हुन थाल्यो,जस कार्यक्रममा सञ्चालकले अध्यक्षकाे आसनग्रहण गराउनु भयाे,जिल्ला समन्वय समित बझाङका सँयाेजक अर्थात अध्यक्ष नरबहादुर बाेहराकाे अध्यक्षतामा कार्यक्रम सञ्चालन भयाे । त्यसपछि प्रमुख अतिथिकाे आसनग्रहणकाे पालाे आयाे जब सञ्चालकले प्रमुख अतिथि काे आसन ग्रहणमा प्रमुख अतिथि नपाएको उद्घघाेष गर्नु भयाे । सभामा उपस्थित सबै एक अर्काको मुखामुख गर्दै हास्न थाले । हुनपनि हाे, समन्वय समितिकाे समीक्षा गाेष्ठीमा जिल्ला बाट निर्वाचित साँसद भानुभक्त जाेशी पनि उपस्थिति भएनन । र सुदुरपश्चिम प्रदेशका सभामुख तथा बझाङका प्रदेश सभा सदस्य रहेका भिम बहादुर भण्डारी पनि उपस्थित हुन सकेनन ।

केन्द्रीय साँसद भानुभक्त जाेशी किन समन्वय समितिकाे निम्तोमा उपस्थित हुन सकेनन ?
उनी बझाङ जिल्ला बाट निर्वाचित केन्द्रीय साँसद हुन । बिगत लामो समय देखि बिकास निर्माणका लागि काठमाडौ पुगेका साँसद भानुभक्त जाेशीले आफू विरामी भएको कारण जिल्ला सभामा उपस्थिति हुन नसकेको उनको सचिवालयले जनाएको छ । हुन पनि हाे,उहाँ अनुपस्थित हुनुकाे मुख्य कारण आफू अस्वस्थ हुनु नै हाे । तर साँसद जाेशीले भन्नू भयाे,मैले जिल्लामा जिल्ला सभामा उपस्थिति हुनु पर्छ । हामी उपस्थित हुन नसक्दा निकै दुखि भएको छु । तर मैले चाहादा चाहादै पनि मेराे शरिरिक अस्वस्थताका कारण उपस्थित हुन नसकेको कारण जिल्ला बासिमा क्षमाप्रार्थी छु । मलाई बिरामी छन भनेर सबैलाई थाहा छ ।
जिल्ला बाट प्रदेश सभा साँसद तथा सुदुरपश्चिम प्रदेशका सभामुख समेत रहका भिम बहादुर भण्डारी किन उपस्थिति भएनन ?
सभामुख भिम बहादुर भण्डारीले सभाकाे अघिल्लो दिन आफु जिल्लामा उपस्थित हुने बताएका थिए । तर विडम्बना उहाँ पनि उपस्थित भएनन । किन जिल्लाकाे बिकास समृद्धि सुशासन र समग्र बिकास बारे जिल्लामा समिक्षा चलिरहदा सभामुख भण्डारी उपस्थित भएनन । हामी दुखित भएको जिल्ला समन्वय समिति बझाङ प्रमुख नरवहादुर बाेहराकाे भनाइ छ । समिक्षामा उपस्थित भएका सबै जनप्रतिनिधि कर्मचारी र अन्यहरुले हाम्रो साँसद गहन छलफल र बिकास बहस अर्थात जिल्ला समन्वय समितिकाे समिक्षामा उपस्थिति नहुनुकाे कारण यस्तो हुन सक्छ भनेर चर्को आलोचना हुन थालेको छ ।

केही समय अगाडि प्रदेश सभामुख भिम भण्डारी लगाएतका साँसदहरु साँसदहरु जिल्लामा आएर क क्षेत्र र ख क्षेत्रमा यसपालिकाे बजेट पारदर्शी हुन्छ । कमिसन खाेरलाई तहलगाउन्छाै । आवश्यकता अनुसार बजेट निर्माण गर्छाै भन्दै जिल्लामा गाेष्ठी सञ्चालन गर्नु भयाे वडा वडा टाेल टाेल गाउँपालीका बाट सिस्टममा जाने भन्दै याेजना माग गर्नु भाे तर याेजना कार्यक्रतामुखी र कमिसनको आधारमा आएकाे र आवश्यकता भएको स्थानमा याेजना नपरेको भन्दै आफू प्रमुख अतिथि हुन जिल्लामा नआएकाे र साँसद सँग जनताका प्रश्न उठ्ने डरले उत्तर दिन नसकिने डरले उपस्थिति हुन नसकेको सभामा उपस्थित जनप्रतिनिधि र कर्मचारीहरुले आराेप लगाएका छन । कतिपयले त जिल्लामा साँसदलाई प्रमुख अतिथि हुन समन्वयले चिठी अर्थात सुचना दिएको भएता पनि जिल्लामा मुख देखाउन लाएक काम नगरेको हुदा उहाँहरु उपस्थित हुन नसकेको आराेप समन्वय समितिले लगाएकाे छ ।

तर जिल्लाकाे बिकास समृद्धि र अन्य गाेष्ठीमा सत्ता पक्ष साँसद मात्र नभएर सुदुरपश्चिमका पुर्व मुख्य मन्त्री समेत भएका राजेन्द्र सिँ रावल अर्थात यसै जिल्लाका पुर्व सभामुख अर्जुन बहादुर थापा जिल्ला रहेका थिए । कतिपय अर्थात माअाेवादी केन्द्रका नेताले उनलाई प्रमुख अतिथि बनाउनु थियाे हामी समन्वयमा चुक्याै ,समन्वय नगर्नु आफ्नो पराई गर्नु प्रतिपक्ष भन्दै पेल्न खाेज्नु याे राम्रो नभए नेता सिँहले बताए । जिल्ला समन्वय समितिले प्रमुख अतिथि पाएन । यति मात्र हैन, जिल्लामा रहेका गुनासा जिज्ञासा प्रदेश र केन्द्रमा पुगाउने कुनै पनि जनप्रतिनिधि पाएनन । जिल्ला समन्वय समितिकाे समिक्षामा पाएनन प्रमुख अतिथि आएनन साँसद ।

