Advertisement

पाएनन् प्रमुख अतिथि आएनन् साँसद

Advertisement

उत्तमकुमार थापा,बझाङ : जिल्ला समन्वय समिति बझाङमा ८/९ गते सम्म जिल्ला समन्वय समिति बझाङकाे सातौं जिल्ला समिक्षा गाेष्ठी सञ्चालन भएको थियाे ।

जिल्ला समन्वय समिति बझाङले आयाेजना गरेको समिक्षा गाेष्ठी समन्वय समितिकाे सभाहलमा सञ्चालनमा थियाे । चारैतिरबाट सदरमुकाम चैनपुरमा जनप्रतिनिधिहरु आफ्नो प्रगति विवरण र आगामी दिनमा बिकास बारे समिक्षा गर्न उपस्थिति रहेका थिए ।

तर विडम्बना जिल्लामा १० वटा गाउँपालीका र २ वटा नगरपालिका गरि जम्मा १२ वटा स्थानीयतहहरु रहेका छन । प्रत्येक स्थानीयतह बाट मेयर, उपमेयर ,अध्यक्ष, उपाध्यक्ष सहित प्रमुख प्रशासकीय अधिकृत र विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी तथा प्रतिनिधि सहित सराेकारवाला समन्वयकाे सभाहलमा यहीँ ८ गते हल उपस्थितिहरुले घचाघच भरिपूर्ण देखिन्थ्यो ।

भरिपुर्ण सभाहलमा कार्यक्रम भनेको समय भन्दा ३ घण्टा ढिला सञ्चालन भयाे । जब सञ्चालकले राेष्टमबाट कार्यक्रम सञ्चालन गर्न खाेजे सबैले हर्षित भएर उपस्थिति जनाए । कार्यक्रममा विधिगत रुपमा सञ्चालन हुन थाल्यो,जस कार्यक्रममा सञ्चालकले अध्यक्षकाे आसनग्रहण गराउनु भयाे,जिल्ला समन्वय समित बझाङका सँयाेजक अर्थात अध्यक्ष नरबहादुर बाेहराकाे अध्यक्षतामा कार्यक्रम सञ्चालन भयाे । त्यसपछि प्रमुख अतिथिकाे आसनग्रहणकाे पालाे आयाे जब सञ्चालकले प्रमुख अतिथि काे आसन ग्रहणमा प्रमुख अतिथि नपाएको उद्घघाेष गर्नु भयाे । सभामा उपस्थित सबै एक अर्काको मुखामुख गर्दै हास्न थाले । हुनपनि हाे, समन्वय समितिकाे समीक्षा गाेष्ठीमा जिल्ला बाट निर्वाचित साँसद भानुभक्त जाेशी पनि उपस्थिति भएनन । र सुदुरपश्चिम प्रदेशका सभामुख तथा बझाङका प्रदेश सभा सदस्य रहेका भिम बहादुर भण्डारी पनि उपस्थित हुन सकेनन ।

केन्द्रीय साँसद भानुभक्त जाेशी किन समन्वय समितिकाे निम्तोमा उपस्थित हुन सकेनन ?
उनी बझाङ जिल्ला बाट निर्वाचित केन्द्रीय साँसद हुन । बिगत लामो समय देखि बिकास निर्माणका लागि काठमाडौ पुगेका साँसद भानुभक्त जाेशीले आफू विरामी भएको कारण जिल्ला सभामा उपस्थिति हुन नसकेको उनको सचिवालयले जनाएको छ । हुन पनि हाे,उहाँ अनुपस्थित हुनुकाे मुख्य कारण आफू अस्वस्थ हुनु नै हाे । तर साँसद जाेशीले भन्नू भयाे,मैले जिल्लामा जिल्ला सभामा उपस्थिति हुनु पर्छ । हामी उपस्थित हुन नसक्दा निकै दुखि भएको छु । तर मैले चाहादा चाहादै पनि मेराे शरिरिक अस्वस्थताका कारण उपस्थित हुन नसकेको कारण जिल्ला बासिमा क्षमाप्रार्थी छु । मलाई बिरामी छन भनेर सबैलाई थाहा छ ।

जिल्ला बाट प्रदेश सभा साँसद तथा सुदुरपश्चिम प्रदेशका सभामुख समेत रहका भिम बहादुर भण्डारी किन उपस्थिति भएनन ?

सभामुख भिम बहादुर भण्डारीले सभाकाे अघिल्लो दिन आफु जिल्लामा उपस्थित हुने बताएका थिए । तर विडम्बना उहाँ पनि उपस्थित भएनन । किन जिल्लाकाे बिकास समृद्धि सुशासन र समग्र बिकास बारे जिल्लामा समिक्षा चलिरहदा सभामुख भण्डारी उपस्थित भएनन । हामी दुखित भएको जिल्ला समन्वय समिति बझाङ प्रमुख नरवहादुर बाेहराकाे भनाइ छ । समिक्षामा उपस्थित भएका सबै जनप्रतिनिधि कर्मचारी र अन्यहरुले हाम्रो साँसद गहन छलफल र बिकास बहस अर्थात जिल्ला समन्वय समितिकाे समिक्षामा उपस्थिति नहुनुकाे कारण यस्तो हुन सक्छ भनेर चर्को आलोचना हुन थालेको छ ।

केही समय अगाडि प्रदेश सभामुख भिम भण्डारी लगाएतका साँसदहरु साँसदहरु जिल्लामा आएर क क्षेत्र र ख क्षेत्रमा यसपालिकाे बजेट पारदर्शी हुन्छ । कमिसन खाेरलाई तहलगाउन्छाै । आवश्यकता अनुसार बजेट निर्माण गर्छाै भन्दै जिल्लामा गाेष्ठी सञ्चालन गर्नु भयाे वडा वडा टाेल टाेल गाउँपालीका बाट सिस्टममा जाने भन्दै याेजना माग गर्नु भाे तर याेजना कार्यक्रतामुखी र कमिसनको आधारमा आएकाे र आवश्यकता भएको स्थानमा याेजना नपरेको भन्दै आफू प्रमुख अतिथि हुन जिल्लामा नआएकाे र साँसद सँग जनताका प्रश्न उठ्ने डरले उत्तर दिन नसकिने डरले उपस्थिति हुन नसकेको सभामा उपस्थित जनप्रतिनिधि र कर्मचारीहरुले आराेप लगाएका छन । कतिपयले त जिल्लामा साँसदलाई प्रमुख अतिथि हुन समन्वयले चिठी अर्थात सुचना दिएको भएता पनि जिल्लामा मुख देखाउन लाएक काम नगरेको हुदा उहाँहरु उपस्थित हुन नसकेको आराेप समन्वय समितिले लगाएकाे छ ।

तर जिल्लाकाे बिकास समृद्धि र अन्य गाेष्ठीमा सत्ता पक्ष साँसद मात्र नभएर सुदुरपश्चिमका पुर्व मुख्य मन्त्री समेत भएका राजेन्द्र सिँ रावल अर्थात यसै जिल्लाका पुर्व सभामुख अर्जुन बहादुर थापा जिल्ला रहेका थिए । कतिपय अर्थात माअाेवादी केन्द्रका नेताले उनलाई प्रमुख अतिथि बनाउनु थियाे हामी समन्वयमा चुक्याै ,समन्वय नगर्नु आफ्नो पराई गर्नु प्रतिपक्ष भन्दै पेल्न खाेज्नु याे राम्रो नभए नेता सिँहले बताए । जिल्ला समन्वय समितिले प्रमुख अतिथि पाएन । यति मात्र हैन, जिल्लामा रहेका गुनासा जिज्ञासा प्रदेश र केन्द्रमा पुगाउने कुनै पनि जनप्रतिनिधि पाएनन । जिल्ला समन्वय समितिकाे समिक्षामा पाएनन प्रमुख अतिथि आएनन साँसद ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज