Advertisement

लैङ्गिक समानताका सवाल सम्बन्धि पत्रकार र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न 

Advertisement

बझाङ : लैङ्गिक समानताका सवाल सम्बन्धि पत्रकार र सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दलित सहयोग समाज र युनाईटेड मिसन टु नेपालको साझेदारीमा संचालित समान व्यवहार परियोजना अन्र्तगत दलित सहयोग समाजको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको सहकार्यमा आज बुधबार उक्त अन्र्तक्रिया कार्यक्रम सदरमुकाम चैनपुरमा सम्पन्न भएको हो ।

 दलित सहयोग समाजका अध्यक्ष मोहनलाल विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जयपृथ्वी नगरपालिकाका उपप्रमुख रतन बहादुर सिंह प्रमुख अथिति रहनुभएको थियो । त्यस्तै विशिष्ट अथिति यु।एम।एन।बझाङ्गका टिम लिडर मोहनचन्द्र भण्डारी रहनुभएको थियो ।

लैङ्गिक हिंसा सम्बन्धि सरोकारवालाहरुले गरिरहेका क्रियाकलापहरुको बारेमा एक अर्कालाई जानकारी आदान प्रदान गर्ने, लैङ्गिकताका सवालहरुमा सहकार्य तथा समन्वयात्मक छलफल गर्ने, लैङ्गिक सवालमा एकरुपताका साथ सञ्चार परिचालन कसरी गर्ने भन्ने विषयमा छलफल गर्ने र आगामी दिनमा निरन्तर लैङ्गिकता तथा महिला, बालबालिका क्षेत्रमा काम गर्ने संस्थाहरुको निरन्तर छलफल तथा भेटघाटबारे साझा बुझाई कायम गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त अन्र्तक्रिया कार्यक्रममा समान व्यवहार परियोजना बारे पनि सामान्य रुपमा जानकारी गरिएको थियो ।

कार्यक्रमका सहभागीहरुले लैङ्गिक समानता कायम गर्नका लागी आफैबाट व्यवहार परिवर्तन कार्यमा अग्रसर हुनुपर्ने, विभिन्न किसिमका हिंसाहरु अन्त्यका लागी चेतना स्तरमा अभिबृद्धि गर्नुपर्ने, स्थानिय सरकार र न्यायिक समितिको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ ।

यसैविच समान व्यवहार परियोजनाका संयोजक भिम रसाईलीले कार्यक्रमको उद्देश्य सहित परियोजनाको बारे प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रम संचालन भने दलित सहयोग समाजका सहसचिव श्याम नेपालीले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका विभिन्न मिडियामा कार्यरत पत्रकारहरु, बार एसोसियसन, जिल्ला प्रहरी कार्यालय महिला सेलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समान व्यवहार परियोजना व्यवस्थापक र आयोजक संस्था कार्य समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज