Advertisement

बझाङमा वर्षातले बिग्रिएका सडक समयमै नबन्दा नागरिकलाई सास्ती

Advertisement

बझाङ : वर्षातले बिग्रिएका कतिपय बझाङका ग्रामीण सडकहरु नबन्दा यात्रुहरुलाई सास्ती भएको छ । वर्षातको समयमा पानीका कारण ठाउँ ठाउँमा खाल्टा खुल्टी परेर बिग्रिएका सडक समयमै मर्मत नहुँदा ओहोरदोहर गर्ने यात्रुहरुलाई अहिले सास्ती भएको हो ।

वर्षातले बिग्रिएका सडक नबन्दा जोखिम मोलेर यात्रा गर्नेु परेको यात्रुहरुको गुनासो छ । जिल्लाका विभिन्न पालिका भित्र रहेका ग्रामीण सडकहरु वर्षातका कारण बिग्रिएका छन् । बर्षातले भत्कीएर, खाल्टा खुल्टी परे पनि सम्बन्धित निकायले समयमै मर्मत नगरिदिदा समस्या भएको खप्तडछान्ना गाउँपालिका ५ कि स्थानिय सविता उपाध्यायले बताउनुभयो ।

जिल्लाको खप्तडछान्ना गाउँपालिकामा सडक बन्द भएको २ महिना पूरा भएपनि अझै सुचारु नभएको स्थानियहरुको गुनासो छ । दैनिक कामकाजको लागि पालिकाबासिहरु नियमित जोखिम मोलेर ओहोरदोहोर गरिरहेपनि बाटोको अवस्था ठिक नहुँदा समस्या भएको बताइएको छ ।

जिल्लाको बुङ्गल नगरपालिकामा पनि सडक पुर्ण रुपमा बन्द भएको महिनौ भएको छ । यसैबिच थलारा गाउँपालिकाको झनाना देखि जडार, दुर्गाथली र केदारस्यु गाउँपालिका जोड्ने चुवाबन काँडाचौर हुदै बिजगडा, केदारस्यु गाउँपालिकाको भाँडे पौडी हुँदै लोतु र जयपृथ्वी नगरपालिका ३ स्थित डुङ्री गाड र जिन्नाडि गाड बढेर मस्टा गाउँपालिका जोड्ने सडक अवरुद्ध रहेका छन् वर्षाले सडकखण्ड अवरुद्ध भएको महिनौ भएपनि स्थानीय सरकारको ध्यान नगएको नागरिकहरुको आरोप छ ।

यसैबिच सडकखण्ड अवरुद्ध भएपछि बुङ्गल नगरपालिकामा खाना पकाउने एलपी ग्याँसको अभाव देखिएको छ । यातायातका साधान चल्न नसक्दा बजारमा दैनिक प्रयोग हुने खाना पकाउने एलपी ग्याँस संगै उपभोग्य सामान, खाद्यवस्तु ,लगाएत तरकारीको पनि अभाव देखिएको विजगडाका व्यवसायि धन बहादुर धामीले जानकारी दिए ।

दैनिक उपभोग्य वस्तुहरूको समेत बजारमा चरम अभाव भए संगै सामानको मुल्य पनि अकाशिय पछि सर्वसाधारणहरू मर्कामा परेका छन ।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

धनगढी- अछाममा दुई किशोरीको हत्यामा संलग्न दुई किशोरलाई बाल सुधार गृह पठाएको छ। ढकारी गाउँपालिका-८ पल्साताकी १४ वर्षीया इशरा खड्का ...
विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

डडेल्धुरा- डडेल्धुरामा विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध देखापरेका छन् । जिल्लाको परशुराम नगरपालिका- ६ सिमलखेतमा आज विहान ४ ...
दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

जनकपुरधाम— सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । वडा...
५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । ...
नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

धनगढी- कैलालीमा नवजीवन सहकारी संस्था लिमिटेडले आफैंले उत्पादन गरेको चामल बिक्रि वितरण सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशकै ठुलो सहक...
कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

धनगढी- कैलालीमा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ परेका छन्। विद्युत् प्राधिकरणको धनगढी वितरण के...
बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका–११ का वडासदस्य पदमराज जोशीले बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि आवश्यक पर्ने सुचकहरू पूरा गर्...
आज देशका केही स्थानमा वर्षाको सम्भावना

आज देशका केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज