बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । सदरमुकाम चैनपुरमा पसल व्यवसाय गरी बस्ने परराज चलाउनेको ४ वर्षिय छोरा आदित्य चलाउने मोटरसाइकलको ठक्करबाट घाइते भएका हुन् ।
आज शुक्रबार साँझ ४ बजे चैनपुर स्थित शान्तिमार्ग रोड नजिकै रहेको पसल अगाडी सडक छेउमा खेलिरहेका बालकलाई शुपप्र से ५ प १९७० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । घाइते बालकको अवस्था मध्यम रहेको बताइएको छ । उनको अहिले चैनपुर स्थित जयपृथ्वी अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकका ४ गुलरियाका २२ वर्षिय कमल देउवा भने प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो ।