बझाङ : खापरदेव क्याम्पस कालुखेतीको व्यवस्थापन समिति अध्यक्षमा दिपेन्द्र बहादुर सिहँ सर्वसम्मत चयन हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त खप्तडछान्ना गाउँपालिका ५ मा रहेको उक्त क्याम्पसको नयाँ व्यवस्थापन समिति अध्यक्षमा दिपेन्द्र बहादुर सिहँ सर्वसम्मत चयन हुनुभएको हो।

वि.सं २०७० सालमा स्थापना भएको खप्तडछान्ना गाउँपालिकाकै एक मात्र खापरदेव क्याम्पसमा निवर्तमान अध्यक्ष गणेश थापाले आफ्नो जिम्मेवारी हस्तान्तरण गरेपछि सिहँ दोस्रो कार्यकालका लागि चयन हुनुभएको छ ।
स्थापना भएको १० वर्षसम्म पनि जिर्ण भवनमा पठनपाठन गर्नुपर्ने,शैक्षिक गुणस्तर सुधार नभएको लगाएतका थुप्रै समस्या देखेपछि क्याम्पस र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समग्र विकासका लागि आफुले जिम्मेवारी सम्हालेको अध्यक्ष सिहँले बताउनुभयो । साथै उहाँले आगामी दिनहरूमा क्याम्पसको आर्थिक,भौतिक र शैक्षिक गुणस्तर माथि उकास्न आफुले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।