Advertisement

सुनकुडा क्याम्पसमा तालाबन्दी,, निर्वाचन अधिकृतले एकल निर्णय गरेको आरोप

Advertisement

धनगढी- त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ। अहिले विद्यार्थी संघसङ्गठन तिब्ररुपमा चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारहरूले आफ्नो उम्मेदवारी केका लागि भन्ने घोषणा पत्र सार्वजनिक गर्दै मतदाताहरूसँग मत माग्नमा व्यस्त छन्  । तर बझाङको सुनकुडा क्याम्पसमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर क्याम्पसमा तालाबन्दी गरिएको हो ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा कम्युनिष्ट पार्टी (विप्लव ) निकट अखिल समाजवादीले बिहीबार क्याम्पसमा तालबन्दी गरेको छ । निर्वाचन अधिकृत हिक्मतबहादुर स्याडाको एकल निर्णय कारण तालाबन्दी गर्न बाध्य भएको दुवै सङ्गठनले जनाएका छन्। तालाबन्दी गरेका सङ्गठनले निर्वाचन अधिकृत स्याडाको राजीनामा मागेका छन्।

उनीहरूले समानुपातिकतर्फ दर्ता भएका ५ संगठनको छुट्टाछुट्टै उम्मेदवारी पेश गर्नुपर्ने भए पनि निर्वाचन अधिकृतले पूर्वाग्रह राखेर ३ संगठनको संयुक्त प्यानललाई समानुपातिकतर्फ उम्मेदवारी दिन लगाएर नामावली प्रकाशन गरेको आरोप लगाएका छन्।
निर्वाचन निर्देशिकाबमोजिम संगठन दर्ता गरेर पाँच विद्यार्थी संगठनहरूमध्ये फागुन २७ गते तीन संगठनको प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गरिएको विज्ञप्तिमा उल्लेख छ ।

                                  संयुक्त विज्ञप्ति 

त्यस्तै नेकपा एमाले निकट अनेरास्ववियु , नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विद्यार्थी सङ्गठनले आफू कमजोर भएको महसूस गरि स्ववियु निर्वाचन विथल्न तालाबन्दी गरेको आरोप लगाएको छ । तीन वटै विद्यार्थी सङ्गठनले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै निर्वाचन प्रक्रियालाई बदनियत गर्ने तरिकाले आफू कमजोर भएको महसूसगरि स्ववियु निर्वाचन विथल्ने तरिकाले क्याम्पस प्रशासनमा अनावश्यक ढङ्गबाट तालाबन्दी गरेको भन्दै उक्त कार्यप्रति भर्त्सना गरेको छ ।

                                  संयुक्त विज्ञप्ति

यस विषयमा कामना टुडे ले निर्वाचन अधिकृत हिक्मत बहादुर स्याडा सँग बुझ्दा आफूले स्ववियु निर्वाचन निर्देशिका अनुसार काम गरेको बताएका छन् । उनलेे निर्देशिकाको उपदफा ७ को बुदा ४ बुदामा रहेर  काम गरेको बताएका हुन्  ।

उनलेे भन्छन् निर्देशिकामा सङ्गठन दर्ता गर्दा खेरी संयुक्त रुपमा पनि गर्न मिल्ने र छुट्टाछुट्टै पनि गर्न मिल्ने, तर मनोनीत गर्दा संयुक्त प्यानल दर्ता गरेपनि हुने छुट्टाछुट्टै गरेपनि हुने भएको , त्यसका साथै छुट्टाछुट्टै सङ्गठन दर्ता गरेको भएतापनि निर्वाचनको लागि मनोनयन दर्ता गर्दा खेरी संयुक्त रुपमा प्यानल दर्ता गर्न मिल्ने उल्लेख गरिएको छ । उनले त्यसमा प्रत्यक्षका लागि भन्ने पनि नभएको र समानुपातिकका लागि भन्ने पनि नभएको बताए ,

उनले भने निर्वाचनका लागि मनोनीत दर्ता गर्ने भनेको त प्रत्यक्ष र समानुपातिक दुबै हो, निवेदकहरूको दाबी कस्तो रह्यो भने , प्रत्यक्षमा ठिक छ , संयुक्त प्यानलले दाबी गर्न पायो , अनि समानुपातिक उनीहरूको दावी गर्न मिल्दैन बदर गर भन्ने निवेदन दिए ।
स्ववियु निर्वाचन निर्देशिका उपदफा ७ को बुदा ४ मा छुट्टाछुट्टै सङ्गठन दर्ता गरेको भएतापनि संयुक्त प्यानल निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न सक्ने व्यवस्था छ ।
त्यसैले प्रत्यक्ष र समानुपातिक दुबैले उम्मेदवारी दर्ता गर्न सक्ने भएको बताए । स्ववियु निर्वाचन सम्बन्धि समन्वय तथा अनुगमन समितिसँग फोन गरेर बुझ्दा पनि त्यहीँ भनेको उनलेे बताए ।

        हेर्नुहोस् यो निर्वाचन समितिद्वारा प्रकाशित सूचना 

निर्वाचन अधिकृत स्याडाले भने पार्टीको चुनाव र स्ववियु निर्वाचन प्रक्रिया नितान्त फरक रहेको छ,, स्ववियु निर्वाचन सम्बन्धि निर्देशिका २०८१ लाई गहन अध्यन गरि आउन समेत निर्वाचन अधिकृत स्याडाले आग्रह गरेका छन् ।

चुनावका लागि नेविसंघ र अखिल समाजवादीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् , भने अनेरास्ववियु , अनेरास्ववियू र अखिल क्रान्तिकारीले संयुक्तरूपमा उम्मेदवारी दिएका हुन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज