धनगढी- बझाङको केदारस्यूँ गाउँपालिका १ देउरामा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ ।
बझाङदीप क्याम्पस झोताका अखिल (समाजवादी)का स्ववियू सभापति पदका उम्मेदवार अक्कल धामीको टिमले स्वास्थ्य केन्द्रमै पुगेर फलफूल वितरण गरेको हो ।
अखिल समाजवादी शिक्षोदय माध्यमिक विद्यालय बागथलाका इकाइ अध्यक्ष स्वर्गिय सागर भण्डारीको सम्झनामा बिरामीलाई फलफूल वितरण गरिएको अखिल समाजवादीले जनाएको छ ।

