Advertisement

बझाङ

बझाङमा मालबाहक ट्याक्टर दुर्घटना

बझाङमा मालबाहक ट्याक्टर दुर्घटना

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङमा मालबाहक ट्याक्टर दुर्घटनामा परेको छ । सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका–३ पुगरतर्फ गइरहेको सुपप्र०१००२ त ६७६२नम्बरको ट्याक्टर सिमोल्तोला नजिकैको किर्याडी जंगलमा दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षति नभए पनि जयपृथ्वी नगरपालिकाको अनुदानमा प्राप्त गहुँको बिउ, मललगायतका सामग्री नष्ट भएका स्थानीय बिरबहादुर ओलीले जानकारी दिए । प्रत्यक्षदर्शी तिलक विष्टका अनुसार उकालो र साँघुरो सडकमा ट्याक्टरले चढ्न नसक्दा दुर्घटना भएको हो । उनका अनुसार उक्त ट्याक्टरमा एक दर्जनभन्दा बढी स्थानीय सवार थिए, तर चालकले साँघुरो र जोखिमपूर्ण भाग पार गर्नुअघि उनीहरूलाई ओरालेर जोगाएका कारण ठूलाे मानवीय क्षति हुनबाट बच्न सकिएको जनाइएको छ ।...
बझाङमा एक शिक्षक मृत अवस्थामा फेला

बझाङमा एक शिक्षक मृत अवस्थामा फेला

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्ने व्यक्ति मष्टा गाउँपालिका–२ स्थित ढँडार आधारभूत विद्यालयका शिक्षक तथा मष्टा–४ बास्तोलीका करिब ४५ वर्षीय मोतीराम थापा भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। शिक्षक थापा असोज २९ गतेदेखि घर नआएका र कार्तिक १ गते साँझ आफ्नै घरबाट करिब एक किलोमिटर टाढा रहेको घट्टेखोलामा मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार घट्टेखोलास्थित पानी घाँटीभन्दा तल उनको आधा शरीर खोलामा डुबेको अवस्थामा भेटिएको थियो। टाउको जनावरले टोकेको जस्तो देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।...
पश्चिम सेती कप–२०८२ : खदारी मष्टा युवा समाजको शानदार जित

पश्चिम सेती कप–२०८२ : खदारी मष्टा युवा समाजको शानदार जित

खेलकुद, बझाङ, समाचार
बझाङ।  जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ अन्तर्गत आज भएको खेलमा खदारी मष्टा युवा समाजले सुवेडा युथ स्टारलाई ३–१ गोलको अन्तरले पराजित गर्दै शानदार जित हात पारेको छ । खदारी मष्टा युवा समाजका कप्तान स्माइल खड्काले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल हानेका थिए भने अर्को एक गोल अशोक खड्काले हाने  । प्रारम्भदेखि नै बलियो प्रदर्शन गरेको खदारी मष्टा टोलीले खेलमा अग्रता कायम राख्दै अन्ततः जित सुनिश्चित गरेको हो । दर्शकहरूको उत्साहपूर्ण उपस्थितिमा सम्पन्न खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो । सुवेडा युथ स्टारले पनि बलियो चुनौती पेश गरे पनि गोलका अवसरलाई सदुपयोग गर्न नसकेपछि पराजित हुनुपर्‍यो । खजारी मष्टा युवा समाजको मुख्य प्रायोजक बुढानिलकण्ठ स्विमिङ एण्ड मनोरञ्जन सेन्टर, हेटौंडा–७, काठमाडौं रहेको आयोजकले जनाएको छ । आजका दिन कुल ७ वटा खेलहरू सम्पन्न भएका छन् भने अन्य खेलहरू भोलि बि...
जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ आज भव्य रूपमा उद्घाटन

जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ आज भव्य रूपमा उद्घाटन

खेलकुद, बझाङ, समाचार
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका ९ मा रजनिस ट्रेडर्स एण्ड सप्लायर्सद्वारा आयोजित जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ फुटबल प्रतियोगिता आज एक भव्य समारोहका साथ उद्घाटन गरिएको छ । कार्यक्रम सुरेश खड्का (मारा) को अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाए रहनुभएको थियो । उहाँले उद्घाटन गर्दै खेलकुदले युवाहरूलाई अनुशासन, एकता र सकारात्मक सोचतर्फ डो¥याउने बताउनुभयो । कार्यक्रममा युवा व्यवसायी तथा समाजसेवी रियास खड्काले स्वागत मन्तव्य राख्दै बझाङको फुटबल जगतलाई यहाँसम्म ल्याउनमा जयपृथ्वी नगरपालिका–९ का युवाहरूको मुख्य भूमिका रहेको बताए । साथै, खेलकुद नै अहिलेको समयको युवाहरूको रोजाइ भएको भन्दै उनले युवाहरूप्रति धन्यवाद प्रकट गरे । उद्घाटन समारोह जयपृथ्वी नगरपालिका–९ स्थित जाल्पा माध्यमिक विद्यालय (जाल्पा मावी)को खेलमैदानमा सम्पन्...
छबिसपाथिभेरा- ७ बुड्खोरीका १५ वर्षीय अशोक धामी तीन दिनदेखि बेपत्ता, खोजीमा सहयोग गर्न आग्रह

छबिसपाथिभेरा- ७ बुड्खोरीका १५ वर्षीय अशोक धामी तीन दिनदेखि बेपत्ता, खोजीमा सहयोग गर्न आग्रह

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ७ बुड्खोरी टोलका एक किशोर ३ दिनदेखि बेपत्ता भएका छन्। सेरीका राम बहादुर धामी र शिला देवी धामीका छोरा, करिब १५ वर्षीय अशोक धामी यही असोज ३० गते बेलुकी घरबाट हिँडेका थिए। त्यसयता उनी परिवारसँग सम्पर्कमा छैनन्। परिवारका अनुसार अशोक कक्षा १० मा अध्ययनरत थिए। हराउने बेला उनले सेतो जिन्स पाइन्ट, रातो टिसर्ट र कालो जकेट लगाएका थिए। केही समयअघि उनको टाउकोमा चोट लागेका कारण अझै पूर्ण रूपमा ठिक नभएको असोकका काका प्रकाश धामीले जानकारी दिए। उनलाई देख्ने भेट्ने जो–कोही महानुभावले ९८६८७७८५९९, वा नजिकै प्रहरी कार्यालय खबर गरि सहयोग गरिदिन अनुरोध गरिएको छ।...
बझाङमा अटो दुर्घटना, दुई महिला घाइते

बझाङमा अटो दुर्घटना, दुई महिला घाइते

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिका- ६ सेरालागाउँमा अटो दुर्घटना हुँदा दुई महिला घाइते भएका छन्। दुर्गाथलि गाउँपालिकाको झनानाबाट थलारा गाउँपालिकाको खोलीतर्फ गइरहेको सुप–०१–००१ ह ६०१८ नम्बरको अटो शुक्रबार कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परि थलारा गाउँपालिका- ५ खोलीकी ३५ वर्षीया चन्द्रकला बादी गम्भीर र अमृता बादी सामान्य घाइते भएको बताइएको छ । घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। चन्द्रकला बादीको दुबै खुट्टा र बायाँ हातमा, तथा अमृता बादीको दायाँ हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ। घटनापछि अटो चालक दुर्गाथली- १ जुजीका प्रकाश खातीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।...
बझाङमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

बझाङमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित प्रकाश बोहराको घरमा यही असोज २६ गते राति करिब ८ बजे तलकोट गाउँपालिका–२ ढुङगाना गाउँका २० वर्षीय राजेश ऐडीले मष्टा गाउँपालिका–२ की १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप लागेको हो। पीडित किशोरीका दाइले असोज २९ गते साँझ करिब ४ः५० बजे प्रहरीमा जाहेरी दर्ता गरेका थिए। त्यसपछि प्रहरी नायब निरीक्षक अशोक खड्काको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको थियाे । पीडित किशोरीलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल बझाङ पठाइएको र आरोपी राजेश ऐडीलाई सदरमुकाम चैनपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल उनलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।...
भूमि अधिकार तथा श्रमिक संगठन र किसान महासंघ बझाङद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

भूमि अधिकार तथा श्रमिक संगठन र किसान महासंघ बझाङद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: भूमि अधिकार तथा श्रमिक संगठन जिल्ला समिति बझाङ र अखिल नेपाल किसान महासंघ जिल्ला समिति बझाङले संयुक्त रूपमा आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। उक्त ज्ञापनपत्रमा सरकारद्वारा २०८२ असोज २२ गते गठन गरिएको भूमिसम्बन्धी समस्या समाधान आयोगको पुनर्गठन गरी भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा श्रमिक वर्गका जनताको दीर्घकालीन समस्या तत्काल समाधान गर्न माग गरिएको छ। संगठनका अनुसार आयोग विघटनपछि भूमिहीन र सुकुम्बासी समुदाय पुनः अनिश्चिततामा परेको कारण सरकारले छिटो कदम चाल्नुपर्ने आवश्यकता महसुस गरिएको हो। ज्ञापनपत्र बुझाउने टोलीमा भूमि आयोगका केन्द्रीय महासचिव लोकेन्द्र सिंहको नेतृत्व रहेको थियो। टोलीमा भूमि आयोग बझाङका पदाधिकारीहरू समेत सहभागी थिए।...
मष्टा गाउँपालिकाको कार्यालयमा जेन-जी समूहद्वारा अनिश्चितकालीन तालाबन्दी

मष्टा गाउँपालिकाको कार्यालयमा जेन-जी समूहद्वारा अनिश्चितकालीन तालाबन्दी

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्लाको मष्टा गाउँपालिकाको कार्यालयमा जेन–जी समूहले अनिश्चितकालीन तालाबन्दी गरेको छ। मष्टा गाउँपालिका–१ का जेन–जी समूहका सदस्यहरूले मंगलबार कार्यालयमा तालाबन्दी गरेका हुन्। समूहका संयोजक हिमाल खड्काका अनुसार गाउँपालिकासँग राखिएका मागहरूको सुनुवाइ नहुँदा तालाबन्दी गर्न बाध्य भएको हो। उनका भनाइमा, मष्टा–१ का स्थानीय समस्याहरू समाधान गर्न पटक–पटक गाउँपालिकामा गए पनि सम्बन्धित निकायले वेवास्ता गरेकाले अन्ततः तालाबन्दी गरिएको हो। खड्काले मागहरू पूरा नभएसम्म तालाबन्दी जारी रहने चेतावनी दिएका छन्। समूहले वडामा खानेपानी र सडक सुधार, पातलगडामा पुल निर्माण, विद्युत् आपूर्तिको सुनिश्चितता, सहकारीमार्फत हिनामिना भएको रकम फिर्ता गरी दोषीमाथि कारबाही गर्नुपर्ने तथा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने माग राखेको जनाएको छ। यस्तै थलारा गाउँपालिकामा गत मंगलबार...
बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प, मध्यरातमा स्थानीय त्रसित

बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प, मध्यरातमा स्थानीय त्रसित

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङमा केन्द्रविन्दु भएर भूकम्प गएको छ। गएराति १ बजेर ८ मिनेटमा भूकम्प गएको हो । जिल्लाको दातोला केन्द्रबिन्दु भएर ४ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो। भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ। भूकम्पका कारण क्षति भए नभएका अहिलेसम्म कुनै बिवरण आउन सकेको छैन ।...
पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न, प्रभावित क्षेत्रको तथ्यांक संकलनदेखि सेयर वितरणसम्मका निर्णय…

पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न, प्रभावित क्षेत्रको तथ्यांक संकलनदेखि सेयर वितरणसम्मका निर्णय…

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
देउरा- बझाङमा पश्चिम सेती जलविद्युत परियोजना अन्तर्गत पश्चिम सेती सरोकार समाजको बैठक बसेको छ । केदारस्यूँ गाउँपालिका-१ देउरमा मंगलबार वातावरणीय प्रभाव मुल्यांकन सम्बन्धि रिपोर्ट संकलन लगायतका बिषयमा छलफल गर्न बैठक बसेको हो । समाजका अध्यक्ष इन्द्रबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले तथ्यांक संकलन, सेयर वितरण र सार्वजनिक सुनुवाइ सम्बन्धि छलफल गरेको जनाइएको छ। भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडले निर्माण गर्ने पश्चिम सेती जलविद्युत परियोजनाको वातावरणीय अध्ययन गरि डिपिआर(DPR) निर्माणका लागि आयोजनाबाट प्रभावित क्षेत्रको तथ्यांक संकलन गरिने भएको छ । उक्त क्षेत्रमा रहेका आर्थिक,भौतिक, सांस्कृतिक, धार्मिक, जल, वातावरणफ जंगल,बाटोघाटो,बिरुवा, जग्गाजमिन गरि सबै पक्षको तथ्यांक संकलन गर्नुपर्ने निर्णय बैठकले गरेको छ । प्रभावित क्षेत्रमा केदारस्यूँ गाउँपालिका वडा नं १, २ थलारा गाउँपालिका ...
धनगढीमा बझाङी भाषा, संस्कृति तथा पर्यटन सम्बन्धी प्रथम सम्मेलन हुँदै

धनगढीमा बझाङी भाषा, संस्कृति तथा पर्यटन सम्बन्धी प्रथम सम्मेलन हुँदै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढीमा बझाङी भाषा, संस्कृति तथा पर्यटन सम्बन्धी प्रथम सम्मेलन हुनेभएको छ। "भाषा, संस्कृति र पर्यटन हाम्रो पहिचान–संरक्षण र विकास हाम्रो अभियान" भन्ने नाराका साथ बझाङी भाषा, संस्कृति तथा पर्यटन सम्बन्धी प्रथम सम्मेल- २०८२ धनगढीमा हुने भएको हो । उक्त सम्मेलन सुर्मादेवी बझाङी समाज धनगढीको आयोजनामा, बझाङी समाज काठमाडौंको तत्त्वावधानमा तथा बझाङी समाज अत्तरिया र अन्य सरोकारवालाहरूको सहकार्य र समन्वयमा उक्त सम्मेलन कार्तिक १ गते सनिवार आयोजना गर्न लागिएको जनाइएको छ । सम्मेलनमा बझाङी समुदायको मौलिक भाषा, संस्कृति र पर्यटनका सम्भावना विषयमा कार्यपत्र प्रस्तुतिका साथै विविध सांस्कृतिक प्रस्तुति, नृत्य र झाँकी प्रदर्शन हुने बताइएको छ। आयोजक समितिका अनुसार, यस सम्मेलनले बझाङी समुदायको पहिचान, भाषा संरक्षण, सांस्कृतिक उत्थान र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्नेछ, भने बझाङी पहिचानला...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज