Advertisement

राजनीति

गृहमन्त्री श्रेष्ठलाई ‘नालायक’को संज्ञा दिँदै नेविसंघले माग्यो राजीनामा

राजनीति, समाचार
बुधबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले गृहमन्त्रीको राजीनामा मागेका हुन् । पार्टीका सह-महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएकोप्रति आपत्ति जनाउँदै नेविसंघले नागरिकको ज्यान रक्षा गर्न नसक्ने गृहमन्त्री असफल भएको बताएको छ । बुधबार दिउँसो यादवमाथि खुकुरी प्रहार भएको थियो । यस्तै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको आईसीयूमा राखेर उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको बताए ।...
बन्द भयो चर्चित फेसबुक पेज “रुटिन अफ नेपाल बन्द”, के थियो रुटिन अफ नेपाल बन्दको पुर्ण इतिहाँस ?

बन्द भयो चर्चित फेसबुक पेज “रुटिन अफ नेपाल बन्द”, के थियो रुटिन अफ नेपाल बन्दको पुर्ण इतिहाँस ?

मुख्य समाचार, राजनीति
४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ । पेजका सञ्चालक भिक्टर पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत पेज बन्द गरेको बताएका छन् । उनले लेखेका छन्, अब अट्याक गर्नु पर्दैन, स्वार्थले खोलेको थिएन तै भएर बाल छैन।… बाँकि कुरा पछि गरौला!’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि उनले पेज बन्द गरेको आँकलन गरिएको छ । पौडेलले फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए। त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो। फेसवुक पेज बन्द गरेपनी किन र के कारणले फेसबुक पेज बन्द गरेको पाठकलाई भने कुनै जानकारी छैन ! कसरी सुरु भएको थियो ‘रुटिन अफ नेपाल बन्द’ ? बुबा रामप्रकाश पौडेल प्रहरीको जागिरे । घर बागलुङ बलेवा भए पनि जता सरुवा भयो, त्यतै परिवारको अस्थायी बसाइसराइ हुन्थ्यो । यहि शिलशिलामा पाल्पामा पोस...

बजेट न्यून भएको कारणले सोचेजस्तो काम गर्न सकिएनः मन्त्री आचार्य

राजनीति, समाचार
महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न गर्नसक्ने अवस्था नरहेको बताएका छन्। आइतबार संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले बाल विवाह, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्यसँग सम्बन्धित समस्या पनि अरु मन्त्रालयसँग अन्तरसम्बन्धित भएकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चाहे अनुसार अघि बढाउन सक्ने अवस्था नरहेको तर्क गरे। उनले बाल सुधार गृह, वृद्धा आश्रम समेत बजेटकै अभावमा आवश्यक्ता अनुसार बनाउन नसकिएको बताए । ‘खासगरी यो मन्त्रालयले धेरै कामहरु आफै गर्नसक्ने अवस्था छैन। किनभन्दा बाल विवाहका कुराहरु उठ्छन। त्यो गृह मन्त्रालयले हेर्नुपर्ने। स्वास्थ्य समस्याका कुराहरु स्वास्थ्य मन्त्रालयले हेर्नुपर्ने,’ उनल...
बिदाको दिन श्रीमतीलाई सरकारि गाडी, ट्राफिकले सोधपुछ गर्दा सिंहदरबार जलाउने धम्कि

बिदाको दिन श्रीमतीलाई सरकारि गाडी, ट्राफिकले सोधपुछ गर्दा सिंहदरबार जलाउने धम्कि

मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ-  बिदाको दिन श्रीमती चढेको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले रोकेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन्। शनिबार राति ९ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको गाडी कोटेश्वर ट्राफिक प्रहरीले रोकेपछि बालेनले सिंहदरबार जलाइदिने धम्की दिनुका साथै सरकारलाई ‘चोर’समेत भनेका छन्। महानगरले चलाउने गरेको उक्त गाडीमा मेयर शाहकी पत्नी चढेको कोटेश्वरमा खटिएका ट्राफिक प्रहरीले बताए। श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको घटनाको आधा घन्टापछि बालेन शाहको सिंहदरबार जलाइदिने स्टाटस सामाजिक सञ्जालमा आएको हो। बिदाको दिन सरकारी गाडी चलाएको तीव्र गतिमा चलाएको देखेपछि ट्राफिक प्रहरीले बढीमा ३ मिनेट रोकेर कागजात मागेको सडकमा खटिएका एक ट्राफिक प्रहरीले बताए। आफ्नी श्रीमती चढेको गाडी रोकिएपछि बालेनले ...
तिन महिने विशेष अभियानको तयारीमा नेकपा माओवादी : जिल्लामा विस्तारित बैठक सम्पन्न

तिन महिने विशेष अभियानको तयारीमा नेकपा माओवादी : जिल्लामा विस्तारित बैठक सम्पन्न

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ : बझाङमा नेकपा माओबादि केन्द्रको जिल्ला समन्वय समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । घरघरमा माओबादि जनजनमा माओबादि भन्ने मुलनारा सहित यहिँ भाद्र १६ गते देखि सुरु हुन गइरहेको माओवादी केन्द्रको तिन महिने जनतासँग माओवादि रुपान्तरण विशेष अभियान सफल पार्न बिस्तारित बैठक सदरमुकाम चैनपुरमा सञ्चालन गरिएको हो । माओवादी केन्द्र देशव्यापिरुपमा हुन गइरहेको विशेष अभियान सफल पार्न अहिले जिल्लामा विभिन्न कार्यक्रम गरिरहेको छ । जसअन्र्तगत भदौ १२ गते गाउँपालिका र १४ गते वडास्तरमा जनता र पार्टिका कार्यकर्ताहरुलाई सक्रिय बनाउन प्रशिक्षण गरिने नेकपा माओवादि केन्द्र छविसपाथिभेरा गाउँपालिका सचिव लाल बहादुर थापाले जानकारी दिनुभयो । आजको बैठकबाट तीन महिने अभियानको लागि जिम्मेवारी र नेता कार्यकर्ताको कार्य विभाजन गरिएको छ । पार्टिले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र यस अघि नै तय गरिसकेको छ भने जि...
सुदूरपश्चिमका निमित्त वन निर्देशकको भाइरल भिडियोको यथार्थ

सुदूरपश्चिमका निमित्त वन निर्देशकको भाइरल भिडियोको यथार्थ

कैलाली, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढी — अडियोमा कुन डिभिजनले कति रकम दियो ? कसले दिएन ? फलानो सव डिभिजनले जम्मा यति दियो भन्दै प्रदेशका वननिर्देशकले टेलिफोनमा कसैलाई रिर्पोटिंङ गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियोमा सुदूरपश्चिमका वन निर्देशक कृष्णदत्त भट्टले मदिराको नशामा प्रदेशका वनमन्त्री रमेश धामीलाई फोनमा रिर्पोटिङ गरिरहेका हुन् । भिडियो रेकर्ड गर्ने कर्मचारी निर्देशक भट्टलाई उद्धृत गर्दै भन्छन् ‘वननिर्देशकसँग मन्त्री धामीले माग गरेको रकम उठाउन उनले सवै वन डिभिजन र सव डिभिजन प्रमुखलाई उर्दी नै जारी गरेका थिए ।’ रेकर्ड गर्ने कर्मचारीको भनाइ पुष्टि हुनेगरी सञ्चार माध्यममा आएको भिडियोमा निर्देशक भट्टले डिभिजन र सव डिभिजनको नाम तोकेरै उठेको रकमका विषयमा टेलीफोनमा जानकारी दिइरहेका छन् ।एक साताअघि भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका वन मन्त्रालयका उपसचिव हेमराज विष्ट अदालतबाट सफाइ पाएर...
एक युवाले गाउँ बाट सुरु गरेको को राजनीति नेपाल विद्यार्थी संघ को केन्द्रीय सदस्य सम्म

एक युवाले गाउँ बाट सुरु गरेको को राजनीति नेपाल विद्यार्थी संघ को केन्द्रीय सदस्य सम्म

बझाङ, राजनीति, सुदूरपश्चिम
दुर्गम जिल्ला बझाङ को एक निकै विकट मस्टा गाउपालिका को कोटदेवल को एक सामान्य परिवारमा बस्ने बुवा टेक बहादुर खड्का र आमा जला देबी खड्का को कोख बाट जन्म लिएका उत्तम कुमार खड्का भातेखोला कुल मस्ट्रजङ्ग उ.मा.बी नेपाल विद्यार्थी संघ को अध्यक्ष बाट सानै उमेर देखि सुरु गरेको को राजनीति नेपाल विद्यार्थी संघ को केन्द्रीय सदस्य सम्म पुगेको छ । खड्का नेपाली काङ्ग्रेस को पृष्ठभुमि भएको घरपरिवार बाट हुर्कदै आएका हुन । उनले सानै बाल्यकाल देखि नै राजनीति मा चासो भएको र पछि बझाङ जिल्ला को कुल मस्ट्रजङ्ग उमावि को ने.बि.संघ अध्यक्ष देखि कुमारी इन्जिनियरिङ्ग कलेज बौद्ध ने.बि.संघ अध्यक्ष हुदै ने.बि.संघ को CTEVT केन्द्रिय उपाध्यक्ष हुँदै गर्दा गत मंसिर ४ गते भएको सघं र प्रदेश निर्वाचन मा गठबन्धन को तर्फबाट बझाङ जिल्ला को संयोजक को जिम्मेवारी पाएर आफ्नो अमुल्य भुमिका निर्वाह गर्दै गठबन्धन लाई जिताएको पनि ...
योग्यता तोकेर केन्द्रिय बिभागमा लिने रास्वपाको निर्णय विवादमा

योग्यता तोकेर केन्द्रिय बिभागमा लिने रास्वपाको निर्णय विवादमा

राजनीति, समाचार
चाहिँ कहाँ पढेर कसलाई आवेदन हाल्नुभएको थियो, यसमा जनताले प्रश्न गर्नुपर्ने देखिन्छ । राजनीति गर्न डिग्री होइन, जनाधार र देशलाई हाँक्ने विचार हुनुपर्छ । र, त्यो विचार डिग्री गरेर मात्रै आउँदैन भन्ने कुरा जनताले प्रस्टसँग भन्न सक्नुपर्छ ।’ सामाजिक सञ्जालमा पनि कतिपयले रास्वपाको यो निर्णयमाथि व्यंग्य गरेका छन् । ‘अनि भोट हाल्नलाई के योग्यता अनि कति पढेको, कस्तो असाधारण खुबी भा’को चाहिने रै’छ, त्यो त स्पष्ट भएन त ? कि भोटचाहिँ अनपढकै चल्छ रास्वपा सभापतिज्यू ?’ ट्विटर प्रयोगकर्ता मिनु कँडेलले प्रश्न गरेकी छिन् ।  प्रवक्ता भन्छन्– जान्नेलाई नै छान्ने होरास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकाल भने पार्टीको विभाग पूर्णतः राजनीतिक प्रकृतिको समिति नभएकाले विज्ञहरूको खोजी गरिएको दाबी गर्छन् । ‘जान्नेलाई छान्ने हाम्रो पार्टीको नारा नै हो,’ उनले भने, ‘रास्वपाको संगठनात्मक ढाँचामा केन्द्र...
नेकपा एसमा नेता कार्यकर्ता टिकाउनै गाह्रो, यी हुन् एमालेमा फर्किएका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष (सूचीसहित)

नेकपा एसमा नेता कार्यकर्ता टिकाउनै गाह्रो, यी हुन् एमालेमा फर्किएका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष (सूचीसहित)

मुख्य समाचार, राजनीति
शनिवार चौताराबाट नेकपा एसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्य ठूलो टिमसहित एमालेमा फर्किए । नेकपा एमाले विभाजनपछि बनेको नेकपा एसबाट फेरि एमालेमै फर्किने केन्द्रीय सदस्यहरूको सूचीमा उनी ३० औँ नम्बरमा परेका छन् । यसअघि नै नेकपा एसका तेस्रो वरियताका वरिष्ठ नेता मुकुन्द न्यौपाने,उपाध्यक्ष केदार न्यौपाने र सचिव भागवत विश्वासीसहित ३० केन्द्रीय सदस्य र १३ जना जिल्ला अध्यक्षहरू एमालेमा फर्किसकेका छन् । यो संख्या बढ्ने क्रममा रहेको नेताहरू बताउँछन् । नेकपा एसभित्र पछिल्लो समय संगठनात्मक र अध्यक्ष माधव नेपालसँगको असहमतिको विवादमात्र होइन वैचारिक विवाद समेत चर्किएको छ । झलनाथ खनालले वैचारिक रूपमै विमति राखेर सचिवालय बैठकमा घण्टौँ बोलेका छन् । नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे भन्छन्– एमालेबाट हामीले गरेको विद्रोहको औचित्य पुष्टि भएको छ, अवसरवादीहरू यहाँ...
रास्वपा बझाङका संयोजक खड्काको निलम्बन फुकुवा

रास्वपा बझाङका संयोजक खड्काको निलम्बन फुकुवा

बझाङ, मुख्य समाचार, राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ । पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका उनलाई जिल्ला संयोजकबाट हटाइएको थियो । पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुर्नबहाली गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले रुपन्देहीमा पार्टी कार्यकर्ता विच भएको झगडा संलग्न दामोदर खत्रीलाई तीन महिनाको लागि निलम्बन गरेको छ । खत्री पार्टीमा फर्कन चाहेर सोही अनुुसार योगदान गरेको पुष्टि भए तिन महिनापछि पार्टीले निलम्बन फुकुवा गर्ने निर्णय लिनसक्ने ढकालले जानकारी दिए । यसैबीच बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी हित विपरित कार्य गर्नेका लागि अनुशासनको कारबाही गर्ने विधि तय भएको ढकालले जानकारी दिए ।...
सरकारले नचाहेको भए यो सुन पनि समातिँदैन थियो : प्रवक्ता शर्मा

सरकारले नचाहेको भए यो सुन पनि समातिँदैन थियो : प्रवक्ता शर्मा

मुख्य समाचार, राजनीति
सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नचाहेको भए भन्सार पास भएर बाहिरिएको तस्करीको सुन समात्न नसकिने बताएकी छन् ।  बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री समेत रहेकी शर्माले सरकार सुन तस्करीको छानबिनमा सरकार दृढतापूर्वक उभिएको दाबी गरिन् । ‘यो विषयमा सरकार दृढतापूर्वक उभिइसकेको छ । सरकारले नचाहेको भए सम्भवतः यो सुन पनि समातिने थिएन । त्यसैले सरकारले नै छानबिन गरिरहेको अवस्थामा र सरकारको शक्तिशाली निकाय राजश्व अनुसन्धान विभाग हो । त्यो विभागले आफ्ना काम र प्रक्रिया अघि बढाइरहेको छ’, मन्त्री शर्माले भनिन्, ‘तस्करीको रुट कजसम्म हामी पुग्छौ भनेर कमिटमेन्टसहित नेतृत्व लागिरहेको छ ।’  मन्त्री शर्माले सरकार र राजनीतिक नेतृत्व यस्तो प्रतिबद्धतासहित लागेका बेलामा प्रतिपक्षले भनेजस्तो फेरि अर्को छानबिन समिति बनाउँदा विषयान्तर हुनसक्ने बता...
नागरिक उन्मुक्तीका २ र काँग्रेसका १ मन्त्रीले खाए सपथ

नागरिक उन्मुक्तीका २ र काँग्रेसका १ मन्त्रीले खाए सपथ

कैलाली, राजनीति, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश सरकारमा तेस्रो पटक मन्त्रीमण्डल बिस्तार भएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीमण्डल बिस्तार गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कांग्रेसका शिवराज भट्टलाई र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई नियुक्त गरेका हुन। यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको छ। प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ गराएका हुन्। यस्तै राज्यमन्त्रीमा नियुक्त भएका कैलाश चौधरीलाई मुख्यमन्त्रीले सपथ खुवाएका हुन्। आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका भट्ट बैतडीको प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए भने रामेश्वर कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए । मा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज