Advertisement

नेकपा एसमा नेता कार्यकर्ता टिकाउनै गाह्रो, यी हुन् एमालेमा फर्किएका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष (सूचीसहित)

Advertisement

शनिवार चौताराबाट नेकपा एसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्य ठूलो टिमसहित एमालेमा फर्किए । नेकपा एमाले विभाजनपछि बनेको नेकपा एसबाट फेरि एमालेमै फर्किने केन्द्रीय सदस्यहरूको सूचीमा उनी ३० औँ नम्बरमा परेका छन् ।

यसअघि नै नेकपा एसका तेस्रो वरियताका वरिष्ठ नेता मुकुन्द न्यौपाने,उपाध्यक्ष केदार न्यौपाने र सचिव भागवत विश्वासीसहित ३० केन्द्रीय सदस्य र १३ जना जिल्ला अध्यक्षहरू एमालेमा फर्किसकेका छन् । यो संख्या बढ्ने क्रममा रहेको नेताहरू बताउँछन् ।

नेकपा एसभित्र पछिल्लो समय संगठनात्मक र अध्यक्ष माधव नेपालसँगको असहमतिको विवादमात्र होइन वैचारिक विवाद समेत चर्किएको छ । झलनाथ खनालले वैचारिक रूपमै विमति राखेर सचिवालय बैठकमा घण्टौँ बोलेका छन् ।

नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे भन्छन्– एमालेबाट हामीले गरेको विद्रोहको औचित्य पुष्टि भएको छ, अवसरवादीहरू यहाँ ठाउँ नपाएपछि फर्किरहन्छन्

केही नेता सार्वजनिक रूपमै निष्क्रिय बसेका छन् भने केहीले एमालेसँग सामूहिकरुपमै फर्किनका लागि वार्ता चलाइरहेका छन् । विभाजित भएर बनेको दल ५ वर्षसम्म पुनः कानूनी रूपमा विभाजन हुन नमिल्ने भएका कारण मात्र सांसद समेत रहेका नेताहरू बाध्यात्मक अवस्थामा छन् ।

नेकपा एस किन पार्टीको आकार नलिँदै विघटनतर्फ गइरहेको छ ? गठबन्धनको सहारामा सीट लिएर चुनाव लड्दासमेत थ्रेस होल्ड कटाउन नसकेको दल अब एमालेमै फर्किने कि माओवादीतिर जाने भन्ने दोधारमा पुगेको छ ।

माधवको शक्ति निरन्तर क्षय

नेकपा एमालेको २०७१ सालमा भएको ९ औँ महाधिवेशन केपी शर्मा ओली र माधव नेपालको शक्ति हाराहारीकै अवस्थामा थियो। महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको नेपाल ४४ मतले मात्रै पराजित भएका थिए। ओलीले एक हजार ४७ मत ल्याउँदा नेपालले एक हजार ३ मत ल्याएका थिए।

तर, उनीहरुबीच आन्तरिक संघर्षको बेलामा पार्टीभित्र आन्तरिक मत उस्तै उस्तै अवस्थामा थियो। महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएपछि ओली शक्तिशाली रहिरहे। तर, उनकोविरुद्ध पार्टीभित्र आन्तरिक संघर्षमा लागेका माधव नेपालको निरन्तर कमजोर बन्दै गए।

२०७५ मा एमाले र माओवादीबीच एकता भएर नेकपा बन्यो। एमालेमा ओलीसँग टकराब रहेका नेपाल माओवादीसँग एकतापछि पुष्पकमल दाहाल प्रचण्डसँग नजिकिएर ओलीलाई एक्ल्याउँनतिर लागे।

नेकपामा तत्कालीन एमालेका नेता नेपाल, झलनाथ खनालसहित अधिकांश नेताहरू ओलीसँग शक्ति संघर्षमै थिए। त्यसमा प्रचण्डको पनि साथ मिलेर बहुमत सदस्य आफ्नो कित्तामा लिएर शक्तिशाली बनिरहे।

ओली र प्रचण्ड–माधव समूहबीच शक्ति संघर्ष उत्कर्षमा पुगेको बेलामा सर्वोच्च अदालतबाट नेकपाको एकता नै भंग भयो। जसले ओलीलाई पुनः एमालेको शक्तिशाली अध्यक्ष बनायो। भने माधव नेपाल प्रचण्डसँग छुट्टिएर फेरि ओलीसँग शक्ति संघर्ष गर्न आइपुगे।

एमालेमा ओलीसँग मिलेर जान नसक्ने निष्कर्षसहित माधव र झलनाथ खनालले पार्टी विभाजनको तयारी थाले। नवाैँ महाधिवेशनमा ओलीसँगै पार्टीभित्र हाराहारीको शक्ति भएकाले नेपाल पार्टी विभाजनको बेलामा ४० प्रतिशत पुर्‍याउन सकेनन्।

माधव झलनााथलाई पार्टी विभाजन गराउन सहज हुनेगरी गठबन्धनको सरकारले केन्द्रीय सदस्य वा सांसद २० प्रतिशत मात्रै भएपनि हुनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइदिए।

विभाजनको बेलामा पार्टीमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीम आचार्य, अमृत बोहरा र रघुजी पन्त दश बुँदे लिखित सम्झौता गरेर एमालेमै बसे। यद्यपि, अहिले भुसाल एमाले छाडेर अहिले नेकपा एसको महासचिव बनिसकेको छन्।

पार्टीभित्र ओलीविरुद्धको शक्ति संघर्षमा साथ दिएका अधिकांश नेताहरूले विभाजनको बेलामा माधवलाई साथ दिएनन्। साथ दिएकाहरू पनि पार्टी गठनको महिनादेखि नै पार्टी छाड्ने क्रम देखिन थाल्यो।

माधव नेपाल नेतृत्वको नेकपा एस गठबन्धनको बलमा निर्वाचनमा होमियो। अध्यक्ष नेपालले २० लाख भोट ल्याउने दाबीसहित चुनावी मैदानमा होमिँदा राष्ट्रिय दल बन्नको लागि ३ लाख मत ल्याउन सकेनन्। यद्यपि, गठबन्धनको आडमा प्रतिनिधि सभामा १० सीट जितेको छ।

पार्टीभित्रै झलनाथ खनालसँग शक्ति संघर्षको कारणले पछिल्लो समय माधव नेपालको जनमत निरन्तर ओरालो अवस्थामा छ।

राजेन्द्र पाण्डे भन्छन्- विद्रोहको औचित्य पुष्टि भएको छ

राष्ट्रिय दलको मान्यता समेत प्राप्त गर्न नसकेपछि कार्यकर्तामाझमा निराशा पनि बढ्दै गएको छ। पार्टीको जनमत खुम्चिँदो अवस्थामा छ।

तर, नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे अहिले राजनीतिमा संक्रमण भएकाले पार्टीमा नेताहरू आउने जाने हुनुलाई स्वभाविक रूपमा लिन्छन्।

उनले भने, ‘हामी पार्टी निर्माणमा लागेका छौँ। अहिले पार्टी छाडेर जानेले अन्त गएर केही पाइहाल्ने स्थिति छैन। अहिले पार्टी छाड्ने दुई तीन खालको मान्छेहरू छन् पहिलो यहाँ आएर पनि पार्टीमा केही हैसियत प्राप्त भएन भन्ने चिन्ताले पनि हिँडेको हुन सक्छन्। दोस्रो केही अवसरका लागि आएका तर, अवसर प्राप्त नभएपछि जान चाहना राख्नेहरू पनि छन्।’

उनले अहिलेसम्मको एमालेको गतिविधिबाटै आफूहरूले विभाजनको औचित्य पुष्टि गरिसकेको दाबी गरे।

उनले थपे, ‘अहिले सरकारले सुन समातेपछि छानबिन गरिरहेको छ। भ्रष्टाचार फाइल खोलिरहेको छ। यस्तो बेलामा एमालेले सदन अवरोध गर्छ। पछिल्ला घटनाक्रमले हामीले विभाजन गरेको पुष्टि गर्छ। अहिले एमाले सत्तामा बस्न नपाएको छटपटी छ।’

तर, नेकपा एसले विभाजनपछि अहिलेसम्म एमालेलेबाट नेता तान्न सकेनन्। एमालेबाट भित्रने भन्दा पुनः फर्किने बढेका छन्। अन्य दलबाट पनि नेताहरूलाई पार्टीमा आकर्षण बढाउन सकेको छैन। तर, नेता पाण्डे अहिले पनि एमालेका जिम्मेवार पदमा बसेका नेताहरू आउनको लागि संवादमा भएको दाबी गर्छन्।

नेकपा एसका सम्मानित नेता नेता झलनाथ खनाल, सचिव रामकुमारी झाँक्रीसहित अधिकांश नेताहरू एमालेसँग संवादमा छन्।तर, नेता खनालले अहिले आफू एमालेसँग संवादमा नरहेको र फर्किने सम्भावना नभएको दाबी गर्दै आइरहेका छन्। माधव नेपालबाट पार्टी नचल्नेमा अधिकांश नेताहरू पुगिसकेको चर्चा छ।

तर, पार्टी सचिव समेत रहेकी झाँकीको कार्यशैलीप्रति पार्टी नेतृत्व पनि सन्तुष्ट छैन। गत निर्वाचनमा गुल्मी २ मा एमालेका गोकर्ण विष्टसँग थोरै मतले पराजित भएपछि अहिले उनी पार्टीमा सक्रिय छैनन्।

केन्द्रीय सचिवजस्तो जिम्मेवार पदमा रहेका पार्टीको काममा सक्रिय नभएकोप्रति एक पदाधिकारीले असन्तुष्टि पोखे।

ती नेताले भने, ‘उहाँको बोलीमा अस्थिरता छ। उहाँले पार्टीमा बसेर पार्टीको काम गर्नुभएको छैन। केन्द्रीय सचिवजस्तो मान्छे अहिले पार्टीमा सक्रिय हुनुहुन्न। उहाँलाई काम गर्न कसैले रोकेको छैन।’

ती नेताले झाँक्री एमालेमा फर्किने चर्चाबारे पार्टीभित्र कुनै छलफल नभएको बताए।

‘एमालेमा गएपनि पनि त्यहाँ कसरी काम गर्न सक्छिन् र? हिजो हामीले देखे भोगेरै आएका हौैं। त्यसले अहिले नै एमाले फर्किने भन्ने हल्ला मात्रै हो। पार्टीभित्र त्यसबारे प्रवेश भएको छैन’ ती नेताले सुनाए।

त्यसो त नेकपा एसका अर्का नेता जीवनराम श्रेष्ठ एमालेमा पार्टीका नेताहरू धेरै फर्किएको कुरालाई स्वीकार गर्न तयार छैनन्।

उनी भन्छन्, ‘एमालेमा फर्किने मात्रै होइन। एमालेमा लामो समय काम गरिरहेका नेताहरू पनि फर्किरहेका छन्। यताउता हुने कुरालाई सामान्य रूपमा लिनुपर्छ। हाम्रो पार्टी मात्रै होइन एमालेमा पनि उस्तै असन्तुष्टि छ। अहिले सबैतिर असन्तुष्टि देखिएको छ। यो सबै पार्टीमा देखा परेको अवस्था छ। पार्टीहरूले अहिले गम्भीर भएर सोच्नुपर्छ।’

उनले आफूहरूले गरेको विभाजनको औचित्य पुष्टि भइसकेको दाबी गरे।

उनले भने, ‘जुन एजेण्डामा एमाले ठिक ढंगबाट गएन भनेर विभाजन गरेका थियौँ। त्यो सही रहेछ भन्ने कुरा अहिलेको क्रियाकलापले देखाएको छ। तर, विभाजनको औचित्य पुष्टि भइसक्यो भन्ने अहिलेकै एमालेकै कार्यशैलीबाट प्रमाणित भइसक्यो। त्यसमा गलत गर्‍यौँ कि भन्ने कुरामा सही छैन।’

उनले विभाजित भएर आइसकेपछि पार्टीलाई जुन ढंगले अघि बढ्नुपर्ने थियो त्यो नभएको स्वीकार गरे। तर, आफूहरू अहिले पार्टी निर्माणको अभियानमा लागिरहेको जिकिर गरे।

त्यसो त राजनीतिक विश्लेषक रोशन जनकपुरी पनि कुनै पार्टीमा नेताहरू आउने जाने गर्नुलाई सामान्य रूपमा लिन्छन्।

उनी भन्छन्, ‘अहिले माधवजीको पार्टी सरकारमा भए पनि अवसरमा कमी भएजस्तो देखिन्छ। अब अवसर घट्ने देखेपछि नेताहरू फर्किनु स्वभाविक हो। त्यही देखेर नै अहिले उहाँहरू फर्किएको देखिन्छ।’

उनले माधव नेपालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको दाबी गरे।

उनले भने, ‘के कारणले पार्टी विभाजन गरिएको भन्ने जवाफ उहाँहरूसँग छैन। त्यसैले यो सत्ता र व्यक्तिगत स्वार्थको लागि मात्रै गरिएको जस्तो पछिल्लो घटनाक्रमले देखाएको छ।’

पार्टीमा निरन्तर जनमत घट्न थालेपछि अहिले माधव नेपालले वामपन्थी एकता र पुनः नेकपा ब्युँताउने प्रस्ताव अघि सार्दै आइरहेका छन्।

तर, नेकपा ब्युँतिने सम्भावना नभएपछि अहिले नेकपा एस, माओवादी, जसपा र विप्लव नेतृत्वको नेकपाबीच समाजवादी मोर्चाको घोषणा भएको छ। मोर्चा हुँदै पार्टी एकतासम्मको लक्ष्य छ। मोर्चाको संयोजक अहिले उनैलाई बनाइएको छ।

कोको फर्किए एमालेमा ?

मुकुन्द न्यौपाने, वरिष्ठ नेता

केदार न्यौपाने, उपाध्यक्ष

भागवत विश्वासी, सचिव

केन्द्रीय सदस्य\तत्कालीन सांसद

तारा लामा तामाङ, एमालेमा फर्किएर सांसद कन्चनपुर १

प्रेम महर्जन, एमालेमा फर्किएर सांसद, ललितपुर २

मिठाराम केसी

डिल्ली उप्रेती

अशोक यादव

उषा गुरुङ

बालकृष्ण चापागाई

चुडामणी जंगली

तर्कबहादुर शाही

धनबहादुर रायमाझी

यदुवंश झा

हिराचन्द्र केसी

विक्रम शाही

गणेश खनाल

देविलाल थापा

सरोज कुमार यादव

शारदा स्वर्णकार

बिना बुढाथोकी

चन्द्रलाल बुढा

कुलबीर चौधरी

अशोक चन्द

सुवास कर्माचार्य

दलबहादुर सुनार

कुर्मराज शाही

रिता रावल

सुन्दर विश्वकर्मा (केस,जिल्ला अध्यक्ष)

नन्दसिंह बुढा (केस,जिल्ला अध्यक्ष)

जिल्ला अध्यक्षहरु

श्रीधर पोखरेल, मकवानपुर

सुर्यचन्द्र न्यौपाने, मकवानपुर

हरि प्रसाद शर्मा, रुकुम पश्चिम

सुरमणी बेलबासे, दाङ

श्रीराम कार्की, तनहुँ

नरेश भण्डारी, गुल्मी

रमेश बस्नेत, रामेछाप

बिष्णु देवकोटा, रसुवा

सुन्दर विश्वकर्मा, बारा

नन्दसिंह बुढा, डोल्पा

हिरण्ड भट्टराई, अछाम

गगन रावल, अछाम

आदिप्रसाद न्यौपाने, जुम्ला

भोलानाथ पोखरेल, उपत्यका विशेष पेशागत जिल्ला कमिटी

(नेपाल प्रेसमा २०८० श्रावण २१ गते प्रकाशित )

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ । हाल उहाँ विगत ४ वर्ष देखि कामना टेलिभिजन तथा कामनाटुडे अन्लाईन पत्रीकाको अध्यक्षको रुपमा हुनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

धनगढी- बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको सुर्नया गाउँपालिका- ६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर ज...
प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा अछाममा प्रतिनिधिसभा उम्मेदवार सिफारिस, क्षेत्र नं १ बाट साउँद, २ बाट न्यौपाने

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा अछाममा प्रतिनिधिसभा उम्मेदवार सिफारिस, क्षेत्र नं १ बाट साउँद, २ बाट न्यौपाने

धनगढी- प्रगतिशील लोकतान्त्रिक पार्टीले अछाम जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। जिल्ला पार्टी ...
देउवा विशेष महाधिवेशनमा सहभागी हुने भन्ने सूचना असत्य : सचिवालय

देउवा विशेष महाधिवेशनमा सहभागी हुने भन्ने सूचना असत्य : सचिवालय

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी हुने भन्...
काठमाडौंमा प्रथम नौबिस्या कप सञ्चालन हुँदै, प्रथम पुरस्कार २१ हजार नौबिस

काठमाडौंमा प्रथम नौबिस्या कप सञ्चालन हुँदै, प्रथम पुरस्कार २१ हजार नौबिस

धनगढी- काठमाडौंमा प्रथम नौबिस्या कप २०८२ सञ्चालन हुनेभएको छ । सुदूरपश्चिमेलीहरूको विशेष पर्व माघीको अवसरमा बझाङ जिल्ला स्तरीय प्रथ...
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्...
कैलालीको हसुलियामा रहेको कालिका कृषि सहकारीको १६औँ वार्षिकोत्सब सम्पन्न, नयाँ नेतृत्व चयन

कैलालीको हसुलियामा रहेको कालिका कृषि सहकारीको १६औँ वार्षिकोत्सब सम्पन्न, नयाँ नेतृत्व चयन

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिका- १ हसुलियामा रहेको कालिका कृषि सहकारी संस्था लिमिटेडको वार्षिकोत्सब सम्पन्न भएको छ। ...
सीपी अस्पतालद्वारा बेलडाँडीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

सीपी अस्पतालद्वारा बेलडाँडीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

कञ्चनपुर — कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आयोजना गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सीपी अस्पताल...
रास्वपा कैलालि क्षेत्र न ०४ बाट खेम कोइराला को दाबेदारि

रास्वपा कैलालि क्षेत्र न ०४ बाट खेम कोइराला को दाबेदारि

२०८२ पुस २६ ,गते आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फ बाट कैलाली क्षेत्र नं.४ मा जिल्ला सचीव ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज