Advertisement

समाचार

सुदूरपश्चिममा असिनाले गहुँ र तरकारी सखाप

सुदूरपश्चिममा असिनाले गहुँ र तरकारी सखाप

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी– शनिबार अपराह्न परेको असिनापानीले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अन्नबाली, तरकारी र फलफूलमा ठूलो क्षति पुर्‍याएको छ। बैतडीको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकासहितका क्षेत्रहरूमा पाक्न लागेको गहुँ, तरकारी तथा फलफूलमा क्षति पुगेको किसानहरूले बताएका छन्। सिगास–९ का किसान रामबहादुर चन्दले गहुँ भित्र्याउने तयारीमा असिना परेको भन्दै "सबै खेतबारी सेताम्मे भएका छन्," भने। सित्तडका दलबहादुर कार्कीका अनुसार गहुँबाहेक आलु, प्याज, लसुन, खुर्सानी, बन्दा, काउली र टमाटरका बेर्नामा पनि क्षति पुगेको छ। “पाक्न थालेका बाली नष्ट भएपछि उत्पादन घट्ने निश्चित छ,” कार्कीले भने, “किसानहरू चिन्तित छन्।” कृषि ज्ञान केन्द्रले आधिकारिक विवरण आउन बाँकी भए पनि अन्नबाली र तरकारीमा क्षति भएको पुष्टि गरेको छ।...
नेपालमा चट्याङ लागेर एक वर्षमा ७८ जनाको मृत्यु

नेपालमा चट्याङ लागेर एक वर्षमा ७८ जनाको मृत्यु

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौं– नेपालमा चट्याङ लागेर एक वर्षमा ७८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार यस वर्ष वैशाखदेखि चैत २८ गतेसम्ममा ७८ जनाको मृत्यु चट्याङकै कारण भएको हो । यो एक वर्षमा चट्याङबाट घाइते हुनेको सङ्ख्या ३०९ पुगेको छ । चट्याङले हालसम्म ५५६ घरपरिवार प्रभावित भएका छन् । जसबाट करिब एक करोड ४३ लाख रुपियाँबराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । प्री मनसुन सक्रिय भएसँगै चैत २७ यता मात्रै चट्याङले आठ जनाको मृत्यु भइसकेको छ । प्री मनसुनको समयमा नेपाल, भारत, बङ्गलादेश र भुटानसहितका दक्षिण एयिसाली देशमा बढी चट्याङ पर्ने गरेको छ । विगत केही दिनमा भारतमा मात्र चट्याङ लागेर ६० जनाको मृत्यु भएको थियो ।...
बैतडीको पाटनमा आज शोक बिदा

बैतडीको पाटनमा आज शोक बिदा

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको पाटन नगरपालिकाले आइतबार शोक बिदा दिएको छ । पाटन नगरपालिकाअन्तर्गत पशुपन्छि सेवा शाखामा कार्यरत कार्यालय सहयोगी मनिराम बिष्टको निधन भएकाले आज शोक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । बिष्टको चैत २८ गते निधन भएको थियो । आइतबार नगरपालिका मातहतका सबै सरकारी कार्यालयहरुमा शोकबिदा रहेको नगरपालिकाको सूचनामा उल्लेख गरेको छ ।...
नीतिगत अन्योलमा गेटा मेडिकल कलेज, कर्मचारी तलबविहीन

नीतिगत अन्योलमा गेटा मेडिकल कलेज, कर्मचारी तलबविहीन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– छ अर्ब ५८ करोड रुपैयाँ खर्चिएर तयार गरिएको कैलालीको गेटा मेडिकल कलेज अझै सञ्चालनमा आउन सकेको छैन। सरकारी बेवास्ता, नीतिगत अन्योल र राजनीतिक दाउपेचका कारण कलेज अन्योलमा परेको हो। २०७३ सालमा सुरु गरिएको कलेजको संरचना ५१ हेक्टरमा फैलिएको छ, जसमा ६ सय शय्याको अस्पताल र ४२ वटा अन्य भवन तयार अवस्थामा छन्। एमबिबिएस पढाइको लागि आवश्यक फर्निसिङसमेत पूरा भइसकेको छ। तर, अहिलेसम्म तीन जना प्रमुख फेरिइसकेका छन् र ६३ जना करार तथा ज्यालादारी कर्मचारी पुसदेखि तलबविहीन अवस्थामा काम गरिरहेका छन्। अस्थायी दरबन्दी स्वीकृत नहुनु र मन्त्रालयबीचको समन्वय अभावले सेवा विस्तार गर्न नसकिएको हो। २०८० असारमा सरकारले १०० शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले ५० शय्याको मात्र अस्थायी स्वीकृति दिएको छ। अस्पताल भने स्वास्थ्य मन्त्रालय मातहत सञ्चालनमा आइसकेको छ, तर अन्य संरचना अ...
बाजुरेली सेवा समाज धनगढीको सातौं अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

बाजुरेली सेवा समाज धनगढीको सातौं अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

समाचार
धनगढी, कैलाली — बाजुरेली सेवा समाज धनगढीको सातौं अधिवेशन तथा साधारण सभा हालै निर्माण ब्यबशायि सघंको हल धनगढिमा सम्पन्न भएको  थियो।  नयाँ कार्यसमिति चयन गरेको छ। नव-निर्वाचित कार्यसमितिमा अध्यक्ष पदमा   भरतबहादुर केसी चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा रामचन्द्र जोशी, उपाध्यक्षमा   संग्राम थापा, सचिवमा हर्कबहादुर ओली, सहसचिवमा गगन अएडी, कोषाध्यक्षमा कपुर राज गिरी, सह कोषाध्यक्षमा दयाराम पाध्याय चयन भएका छन्। सदस्यहरूमा महेन्द्रबहादुर साउद, चेतराज रेग्मी, झलक नाथ, जय बहादुर बिष्ट, बिनोद थापा, ऐन बहादुर शाही, मनमति अएडी, र बहादुर सुनार चयन भएका छन्। नयाँ नेतृत्वले समाजको प्रगति, पारदर्शिता र सदस्यहरूको हितमा केन्द्रित भएर उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गरिएको छ। सम्पूर्ण टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।  ...
धनगढीमा मेरुदण्ड शल्यक्रिया सम्बन्धी ऐतिहासिक गोष्ठी सम्पन्न

धनगढीमा मेरुदण्ड शल्यक्रिया सम्बन्धी ऐतिहासिक गोष्ठी सम्पन्न

समाचार
धनगढी, कैलाली । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक मेरुदण्ड (स्पाइन) शल्यक्रिया सम्बन्धी विशेष गोष्ठी सम्पन्न भएको छ। नेपाल स्पाइन सर्जनहरूको संघको सहकार्यमा आयोजित सो गोष्ठी धनगढीस्थित रुबस होटलमा सम्पन्न भएको हो। गोष्ठीमा ६२ जना चिकित्सक, स्वास्थ्यकर्मी तथा मेरुदण्ड विशेषज्ञहरूको उल्लेखनीय उपस्थिति रहेको स्पाइन सर्जन संघ सुदूरपश्चिमका प्रतिनिधि डा. ललित चौधरीले जानकारी दिए। उनका अनुसार यो कार्यक्रमले स्पाइन सम्बन्धी समस्याको पहिचान, शल्यक्रिया प्रविधिको जानकारी र जनचेतनाको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। कार्यक्रममा नेपालका विभिन्न स्थानबाट आएका ख्यातिप्राप्त स्पाइन सर्जनहरू तथा विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए। आधुनिक प्रविधि, उपचार विधि र अनुभव आदानप्रदान गरिएको यो सम्मेलनले चिकित्सकीय दक्षता विकासमा समेत सहयोग पुर्‍याउने डा. चौधरीले बताए। “सुदूरपश्चिम प्रदेशमा...
विश्व रेकर्ड राख्ने खेलाडी खड्कालाई रास्वपा बझाङद्वारा सम्मान

विश्व रेकर्ड राख्ने खेलाडी खड्कालाई रास्वपा बझाङद्वारा सम्मान

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ– जापानी कराँतेमा विश्व रेकर्ड कायम गरेका बझाङका खेलाडी अन्सु कुमार खड्कालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङले खाँदामाला र नेपालको झण्डा ओडाएर सम्मान गरेको छ। अन्सु कुमार खड्का मष्टा गाउँपालिकाका स्थायी बासिन्दा हुन्, जो हाल भारतमा बसोबास गर्दै आएका छन्। उनले जापानी कराँते प्रतियोगितामा सहभागिता जनाई २२०० प्रतिस्पर्धीलाई पराजित गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका थिए। खड्काले अघिल्लो रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गर्न सफल भएका हुन्। रास्वपा बझाङले शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी उनलाई सम्मान प्रदान गरेको हो। कार्यक्रममा जिल्ला सभापति सत्यराज उपाध्याय, सुदूरपश्चिम प्रदेश महामन्त्री सन्तोष राज जोशी, निवर्तमान जिल्ला सभापति नगेन्द्र ब. खड्का, पार्टीका जिल्ला पदाधिकारी, सदस्यहरू, शुभेच्छुक र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। खड्काको यस ऐतिहासिक उपलब्ध...
तेस्रो कमल स्मृति कपको उपाधि बौनाली टाइगरलाई

तेस्रो कमल स्मृति कपको उपाधि बौनाली टाइगरलाई

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा सम्पन्न तेस्रो कमल स्मृति कपको उपाधी बौनाली टाइगरले जितेको छ । कमल स्मृति क्लबको आयोजना तथा वडा नम्बर ४ को मुख्य प्रायोजनमा शनिबार सम्पन्न प्रतियोगिताको उपाधि बौनाली टाइगरले जितेको हो । प्रतियोगिताको उपविजेता चिरासैनी युवा क्लब र तेस्रो मष्टा भवानी युवा क्लब भएको छ । प्रतियोगिताको विजेता बौनाली टाइगरले ४५ हजार ५ सय रुपैयाँ, उपविजेता चिराशैनी युवा क्लबले २७ हजार ३ सय रुपैयाँ र तेस्रो हुने मष्टा भवानी युवा क्लबले नगद १६ हजार ३८० रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिता विजेता टिमहरूलाई बित्थडचिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्ल, नेकपा एमाले बित्थडचिर गाउँपालिका कमिटी अध्यक्ष दिपेन्द्र बोहराले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । पुरस्कार प्राप्त गरेपछि चिराशैनी युवा क्लबका अध्यक्ष कलक धामीले कमल स्मृति अक्षकोष स्थापनाका लागि न...
अत्तरियामा भेटिएको शव अमरगढीका जगदीश कैनीको भएको पुष्टि

अत्तरियामा भेटिएको शव अमरगढीका जगदीश कैनीको भएको पुष्टि

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी— कैलालीको अत्तरियामा फेला परेको शवको सनाखत भएको छ। अत्तरियाको दुर्गा मन्दिर परिसरमा हत्या गरी फालिएको अवस्थामा भेटिएको शव डडेल्धुरा, अमरगढी नगरपालिका–७ पोखराका ३५ वर्षीय जगदीश कैनीको भएको पुष्टि भएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाका अनुसार शवको सनाखत मृतकका दाइ राम कैनीले गरेका हुन्। शवको पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको छ। डिएसपी थापाका अनुसार जगदीश कैनी घरपरिवारसँग नियमित सम्पर्कमा नरहने व्यक्ति थिए। "उहाँको स्थायी घर डडेल्धुरामा हो, तर बसोबास स्थायी थिएन," थापाले भने, "मोबाइल पनि नबोक्ने, परिवारसँग सम्पर्क पनि नगर्ने बानी थियो।" प्रहरीका अनुसार मृतकको आमा–बुबा, श्रीमती र छोराछोरी छैनन्, तर दाजु–भाउजू छन्। हत्या कसले र किन गर्यो भन्ने अझै खुल्न सकेको छैन। अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गत बुधबार (चैत २७) विहान अत्तरियास्थित दुर्ग...
आईपीएलमा कोलकाताको सानदार जित, धोनीको कप्तानीमा चेन्नई आठ विकेटले पराजित

आईपीएलमा कोलकाताको सानदार जित, धोनीको कप्तानीमा चेन्नई आठ विकेटले पराजित

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई आठ विकेटले पराजित गरेको छ। महेन्द्रसिंह धोनी कप्तानीमा फर्किएको दिनमै चेन्नईले हार बेहोरेको हो। नियमित कप्तान ऋतुराज गायकवाड कुहिनाको चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि धोनीले नेतृत्व सम्हालेका थिए। चेन्नईले दिएको १०४ रनको लक्ष्य कोलकाताले १० ओभर एक बलमा दुई विकेट गुमाउँदै १०७ रन बनाउँदै सजिलै पार गर्‍यो। सुनील नारायणले ४४ रन बनाउँदै जितमा महत्वपूर्ण योगदान दिए भने क्विन्टन डि ककले २३ रन जोडे। चेन्नईतर्फ नूर अहमद र अन्सुल कामबोजले समान एक–एक विकेट लिए। त्यसअघि, एमए चिदम्बरम स्टेडियम, चेपौकमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ९ विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो। चेन्नईका शिवम दुबेले अविजित ३१ रन बनाए भने विजय शंकरले २९ रन जोडे। कोलकाताका सुनील नारायणले तीन विकेट, हर्षित र...
टी–२० शृङ्खला: लिगको अन्तिम खेलमा आज नेपाल हङकङसँग भिड्दै

टी–२० शृङ्खला: लिगको अन्तिम खेलमा आज नेपाल हङकङसँग भिड्दै

Breaking News 2, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हङकङमा जारी टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। यसअघि नेपालले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतमाथि पनि विजय हासिल गरेको छ। हङकङ, नेपाल, कतार र कुवेत सहभागी प्रतियोगितामा नेपाल ४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। १ जित र १ हारसहित कुवेत २ अङ्कका साथ दोस्रो स्थानमा छ। लिग चरणका सबै खेलपछि शीर्ष दुई टोलीबीच भोलि फाइनल खेल हुनेछ।...
सुदूरपश्चिम कराते प्रतियोगिता सम्पन्न, कैलाली प्रथम

सुदूरपश्चिम कराते प्रतियोगिता सम्पन्न, कैलाली प्रथम

Breaking News 1, कैलाली, खेलकुद, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- चैत २७ गतेदेखि धनगढी रंगशालामा सुरु भएको ‘प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता–२०८१’ सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश कराते महासंघको आयोजनामा सम्पन्न प्रतियोगितामा करिब ७०० खेलाडी, ५० जना रेफ्री, प्रशिक्षक र व्यवस्थापकसहित ८०० भन्दा बढी करातेकर्मीको सहभागिता रहेको थियो। प्रतियोगितामा २५ स्वर्ण पदकसहित कैलाली जिल्ला प्रथम स्थानमा रहँदा, १८ स्वर्ण पदक जित्दै कंचनपुर जिल्ला दोस्रो स्थानमा पुगेको छ। तीन स्वर्ण पदक प्राप्त गर्दै अछाम जिल्ला तेस्रो स्थानमा रहेको छ। समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रदेशसभा सदस्य प्रकाशबहादुर देउबाले विजयी खेलाडीहरूलाई पदक र प्रमाणपत्र वितरण गरे। कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनार, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, जिल्ला खेलकुद समितिका अ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज