काठमाडौं- हङकङमा जारी टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
यसअघि नेपालले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतमाथि पनि विजय हासिल गरेको छ। हङकङ, नेपाल, कतार र कुवेत सहभागी प्रतियोगितामा नेपाल ४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ।
१ जित र १ हारसहित कुवेत २ अङ्कका साथ दोस्रो स्थानमा छ। लिग चरणका सबै खेलपछि शीर्ष दुई टोलीबीच भोलि फाइनल खेल हुनेछ।

