Advertisement

धनगढीमा मेरुदण्ड शल्यक्रिया सम्बन्धी ऐतिहासिक गोष्ठी सम्पन्न

Advertisement

धनगढी, कैलाली । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक मेरुदण्ड (स्पाइन) शल्यक्रिया सम्बन्धी विशेष गोष्ठी सम्पन्न भएको छ। नेपाल स्पाइन सर्जनहरूको संघको सहकार्यमा आयोजित सो गोष्ठी धनगढीस्थित रुबस होटलमा सम्पन्न भएको हो।

गोष्ठीमा ६२ जना चिकित्सक, स्वास्थ्यकर्मी तथा मेरुदण्ड विशेषज्ञहरूको उल्लेखनीय उपस्थिति रहेको स्पाइन सर्जन संघ सुदूरपश्चिमका प्रतिनिधि डा. ललित चौधरीले जानकारी दिए। उनका अनुसार यो कार्यक्रमले स्पाइन सम्बन्धी समस्याको पहिचान, शल्यक्रिया प्रविधिको जानकारी र जनचेतनाको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

कार्यक्रममा नेपालका विभिन्न स्थानबाट आएका ख्यातिप्राप्त स्पाइन सर्जनहरू तथा विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए। आधुनिक प्रविधि, उपचार विधि र अनुभव आदानप्रदान गरिएको यो सम्मेलनले चिकित्सकीय दक्षता विकासमा समेत सहयोग पुर्‍याउने डा. चौधरीले बताए।

“सुदूरपश्चिम प्रदेशमा यस प्रकारको कार्यक्रम पहिलोपटक भएको हो। यसले प्रदेशभित्रका स्वास्थ्यकर्मीहरूलाई नयाँ प्रविधि र ज्ञानसँग साक्षात्कार गराउने मौका दिएको छ,” डा. चौधरीले भने। “हामी निकट भविष्यमा सुदूरपश्चिममै उन्नत स्पाइन उपचार सेवा विस्तार गर्न लागिपरेका छौं, र यो कार्यक्रम त्यसको प्रारम्भ हो,” उनले थपे।

गोष्ठीपछि प्रतिक्रिया दिँदै डा. चौधरीले सुदूरपश्चिम प्रदेशमा उच्चस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि यो कार्यक्रम एउटा नयाँ अध्यायको थालनी भएको उल्लेख गरे।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज