Advertisement

आईपीएलमा कोलकाताको सानदार जित, धोनीको कप्तानीमा चेन्नई आठ विकेटले पराजित

Advertisement

काठमाडौं- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई आठ विकेटले पराजित गरेको छ।

महेन्द्रसिंह धोनी कप्तानीमा फर्किएको दिनमै चेन्नईले हार बेहोरेको हो। नियमित कप्तान ऋतुराज गायकवाड कुहिनाको चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि धोनीले नेतृत्व सम्हालेका थिए।

चेन्नईले दिएको १०४ रनको लक्ष्य कोलकाताले १० ओभर एक बलमा दुई विकेट गुमाउँदै १०७ रन बनाउँदै सजिलै पार गर्‍यो। सुनील नारायणले ४४ रन बनाउँदै जितमा महत्वपूर्ण योगदान दिए भने क्विन्टन डि ककले २३ रन जोडे।

चेन्नईतर्फ नूर अहमद र अन्सुल कामबोजले समान एक–एक विकेट लिए। त्यसअघि, एमए चिदम्बरम स्टेडियम, चेपौकमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ९ विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो।

चेन्नईका शिवम दुबेले अविजित ३१ रन बनाए भने विजय शंकरले २९ रन जोडे। कोलकाताका सुनील नारायणले तीन विकेट, हर्षित राना र वरुण चक्रवर्तीले दुई–दुई विकेट, र वैभव अरोरा तथा मोइन अलीले एक–एक विकेट लिए।

यस जितसँगै कोलकाता तेस्रो स्थानमा उक्लिँदै ६ खेलबाट ६ अङ्क जोड्न सफल भएको छ। लगातार पाँच खेलमा पराजित भएको चेन्नई दुई अङ्कसहित नवौं स्थानमा छ।

आईपीएलमा आज लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्ससँग र सनराइजर्स हैदराबादले पन्जाब किङ्ससँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज