Advertisement

समाचार

राहतको पर्खाइमा भूकम्प पीडित

समाचार
धनगढी - जाजरकोटमा भूकम्पपछि घरबासविहीन भएका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्न कुरिरहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितले पाउन सकेका छैनन् । कसैले एउटा त्रिपाल नपाएको अवस्थामा कसैलाई दुई/दुई पटकसम्म दिएको पाइएको भेरी नगरपालिका–३ का रामकली थापाले गुनासो गर्नुभएको छ । चिसो बढ्न थालेको छ । त्रिपालविना खुला चौरमा बसिरहेका पीडितलाई रुघाखोकी र ज्वरोले सताउन थालेको नलगाड नगरपालिका–८ का रामप्रसाद खत्रीले बताउनुभयो । प्रभावकारीरुपमा अनुगमन तथा निरीक्षण नगरेको र आफूहरु थप पीडित भएको प्रभावितको गुनासो छ । भूकम्पका कारण नलगाड–८ का सबै घरमा क्षति पुगेको छ । आज बिहान परेको पानीले प्रभावितलाई थप समस्या भएको छ । भूकम्पले चिराचिरा पारेको घर ठूलो पानी परे भत्कने चिन्ता पनि थपिएको छ । गएको शुक्रवार राति जाजरकोट...

शुक्लाफाँटा घुम्ने आन्तरिक पर्यटकको सङ्ख्यामा बृद्धि

समाचार
धनगढी - शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुमघाम गर्ने आन्तरिक पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ । चाडपर्वको अवसर पारेर आन्तरिक पर्यटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगिरहेकाले अवलोकन गर्नेको सङ्ख्यामा बढोत्तरी भएको हो । आन्तरिक पर्यटकमा पनि सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशकै व्यक्ति रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । विगत वर्षको तुलनामा यो बेला शुक्लाफाँटा घुमघाम गर्ने पर्यटकको बढोत्तरी भएको निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए । उनले दैनिक सय, डेढ सयको हाराहारीमा पर्यटकले निकुञ्ज अवलोकन गरिरहेको उल्लेख गर्नुभयो । “अरु बेलाको तुलनामा अहिले शुक्लाफाँटा घुम्न आउने पर्यटकको भिडभाड छ” ऐरले भन्नुभयो, “जसमा ९० देखि ९५ प्रतिशत आन्तरिक र थोरै बाह्य पर्यटक रहेका छन् ।” चाडपर्वको बेला पारिवारिक घुमघाम र विद्यार्थीको भ्रमण गन्तव्य शुक्लाफाँटा बनेको जनाइएको छ । ...

कैलालीमा जीप दुर्घटना: चार जना घाइते

समाचार
धनगढी: कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। जिल्लाको मोहन्याल गाउँपालिका–४ को बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे १ ज ६१६३ नम्बरको जिप शुक्रबार साँझ दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइते हुनेमा डोटीको बडिकेदार गाउँपालिका–३ की ५० वर्षीया सरिता बुढा, बडिकेदार गाउँपालिका–३ का ३३ वर्षीय मनिस रोक्का, मोहन्याल गाउँपालिका–४ की ३३ वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर रहेका छन्। चालक २५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।  ...

रातो गुलाफ सेतो गुलाफ

समाचार
आफूले प्रेम गरेकोमान्छेबाट नैप्रेम प्रस्ताव आउँदात्यो भन्दा बढीखुशीको क्षणके नै प हुन सक्छ रएक सर्को मायाका निम्तिपर्खिरहेको प्रेमिको लागितरयो कस्तो बिचित्रकोप्रेम प्रस्ताव तिम्रोएकाएक नजिक आएरटक्क अडियौ अनिकेही नबोलीएक कागजको टुक्राथमाइ दियौ मेरो हातमाजहाँ लेखिएको थियोम तिमिलाइ निकै प्रेम गर्थे गर्छु र गरिरहनेछुमैले यति पढेर नभ्याउदैफेरि मेरो हातमा थमाइ दियौरातो र सेतो गुलाफरातो गुलाफ प्रेमको मिलनको प्रतीक  होर सेतो गुलाफल बिछोडको प्रतीक होयस्तै सुनेकी थिए कतैगुलाफ हातमा थमाएरतिमी एक शब्द नबोलीमुसुक्क मुस्कुराएर गयौसुनन यो पत्र तिमिसम्मपुगेछ भने जवाफ देउ हैम त्यही चौतारीमा अझैझिनो आश बोकेर बसेकी छुम अब  पर्खु कि फर्कु? लेखक तथा सर्जक :- कृष्टी जोशी...
के हो काग तिहार ? किन मनाईन्छ यो ?

के हो काग तिहार ? किन मनाईन्छ यो ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
यमपञ्चक समेत भनिने तिहारको पाँच दिनमा क्रमैसँग काग, कुकुर, गाई, गोरु र आफना दाजुभाईको पूजा गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरि पाँच दिन मनाइन्छ । यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ । काग तिहारको धार्मिक महत्व हिन्दू धर्मावलम्बीहरुको अर्को महान पर्व बडादशैं सकिएको लगभग दुई सातापछि नै आउने तिहारको पहिलो दिनमा यमराजको दूत कागको पूजा गरिन्छ । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । हाम्रो नेपाली समाजमा कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइन्छ । अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ । कागले विशेषगरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ । त्यसैले अझ...

कैलालीमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

समाचार
धनगढी - कैलालीमा रातिको ९ बजेपछि नाचगान तथा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले सार्बजनिक सूचना जारी गर्दै सुरक्षालाई ध्यानमा राखी रातिको ९ बजेपछि नाचगान तथा देउसी भैलो खेल्नमा रोक लगाएको हो । साथै तिहारको समयमा बिस्पोटक पदार्थहरु समेत बिक्री वितरण तथा प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय कैलालीले अनुरोध गरेको छ । प्रशासनले देउसीभैलोमा दक्षिणाको लागि रकम तोकी दक्षिणा दिन दबाब नदिन र देउसीभैलो लगायतका कुनै पनि कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ ।...

कैलाली हिरासतमा युवकको ‘हत्या’ गरिएको भन्दै छानबिनकाे माग

समाचार
कैलाली: जिल्ला प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर मृत्यु भएको भनिएका ३१ वर्षीय कृष्ण सेट्टीको ‘हत्या’ गरिएको भन्दै आफन्तले छानबिनको माग गरेका छन्। स्वास्थ्य अवस्थामा कुनै समस्या नरहेका खाइलाग्दो ज्यान भएका युवक कृष्णको प्रहरी हिरासतमा बिहिबार बिहान अचानक मृत्यु भएको थियो। युवकको ‘हत्या’ भएको आरोप लगाउँदै घटनाको छानबिन गरी सत्यतथ्य कुरा बाहिर ल्याउने माग राखी आफन्तले शवको पोष्टमार्टम समेत गर्न दिएका छैनन्। ‘स्वास्थ्य अवस्थामा कुनै समस्या नभएका मेरा भाइको हत्या गरिएको हो, छानबिन गरेर सत्यतथ्य कुरा बाहिर ल्याउनुपर्छ भनेर हाम्रो माग हो’ मृतकका दाजु गणेश सेट्टीले भने,‘भाइको हत्या भएको घटना पत्ता लगाउनुपर्छ भनेर हामीले शवको पोष्टमार्टम पनि गर्न दिएका छैनौँ।’ बुधवार साँझ मात्र कम्मल दिन हिरासतमा गएका वेला भाइको स्वास्थ्य अवस्था ठिक रहेको उनको भनाइ छ। ‘हट्टाकट्टा ज्य...

डडेल्धुरामा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

समाचार
डडेल्धुरा - डडेल्धुरामा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले राति १० बजेपछि देउसीभैलो नखेल्न सूचना जारी गरेको छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा पटाका, अतिशवाजी जस्ता विस्फोटक पदार्थ ओसारपसार, विक्री वितरण तथा प्रयोग नगर्न भनिएको छ। वातावरणलाई असर पार्ने कृत्रिम फूलमाला प्रयोग नगर्न, जुवा, तास र खडगडे जस्ता क्रियाकलाप नगर्न नगराउन पनि सूचनामा उल्लेख गरिएको छ।...

एलपीएलको ८ औँ संस्करण मंसिर ९ गतेदेखी

समाचार
धनगढी - लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को ८ औँ संस्करण मंसिर ९ गतेदेखी आयोजना हुने भएको छ। लिटल फ्लावर स्पोर्टस क्लबको आयोजनामा आठौं संस्करणको टी–२० खुल्ला क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग २०८० हुने भएको हो। मंसिर ९ गते देखि मंसिर २३ गतेसम्म धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुन गइरहको प्रतियोगिताको प्रथम पुरस्कार २ लाख ५५ हजार ५ सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने उपविजेताले १ लाख २० हजार मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यसै गरि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट व्याटरले नगद जनही ३ हजार पाँच सय प्राप्त गर्ने छन् भने, उदयमान खेलाडीले नगद ५ हजार एवम् ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए। प्रतियोगितामा १६ वटा क्रिकेट क्लबहरुले सहभागिता जनाउने उनले बताए। खेलकुदको सहर...

दिल्लीबाट नेपाल आइरहेको बस पलियामा दुर्घटना

समाचार
धनगढी - भारतको पलियामा नेपाली यात्रुबहाक बस दुर्घटना भएको छ। भारतको दिल्लीबाट नेपाल आईरहेको नेपाली यात्रुबहाक बस पलियाको भिरा पुल नजिकै शुक्रबार बिहान दुर्घटना भएको हो। बसमा यात्रुलाई सामन्य चोटपटक लागेको भारतीय प्रहरीले जनाएको छ। बिहिबार दिल्लीबाट दाङका लागि छुटेको बस शारदा नदीको पुल नजिकै पल्टिएको बताइएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।...
लुट्ने मनसायले नातेदारले नै गरेका थिए मुगु हत्याकाण्ड

लुट्ने मनसायले नातेदारले नै गरेका थिए मुगु हत्याकाण्ड

समाचार
मुगुको छायाँनाथ रारा नगरपालिका-६, मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा आफ्ना तीन सन्तान एक्लै हुर्काउँदै थिइन्। एघार वर्षीय मनोज, ७ वर्षीया अप्सरा र ५ महिने रहर उनीसँगै बस्थे। श्रीमान दीपक रोजगारी सिलसिलामा कतारमा थिए। दीपक गत मंसिरमा मात्रै कतार गएकाले यसपालि दसैंमा टीका थाप्न घर आएका थिएनन्। श्रीदेवी र उनका छोराछोरीले कात्तिक ७ गते मुन्दुकै घरमा दसैं मनाए। त्यसपछि उनीहरू टीका थाप्न माइती गए। श्रीदेवीको माइती मुन्दुबाट दुई घन्टा दुरीमा छ। उनी टीकाको दिन माइतीमै बसिन्। कात्तिक ८ गते साँझ ६ बजेतिर घर फर्किन्। कात्तिक ९ गते दिनभरजसो श्रीदेवीको घरआँगन शान्त नै थियो। अरू बेलाजस्तो बालबच्चाको हल्लाखल्ला केही सुनिएको थिएन। घरमा ताला पनि लगाइएको थियो। त्यसैले श्रीदेवी माइतीबाट फर्किएको/नफर्किएको कसैले चाल पाएनन्। कात्तिक १० गते बिहान भने छिमेकीलाई शंका लागेर ताला फोडे। घर पूरै ...
सुदूरपश्चिम सरकारले भूकम्प पीडितलाई एक कराेड र २० जना स्वास्थ्यकर्मीकाे टाेली पठाउने

सुदूरपश्चिम सरकारले भूकम्प पीडितलाई एक कराेड र २० जना स्वास्थ्यकर्मीकाे टाेली पठाउने

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु गएकाे भूकम्प पीडितलाई एक करोड राहत उपलब्ध गराउने निर्णय गरेकाे छ ।यस्तै सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीकाे टाेली पठाउने निर्णय पनि गरेकाे हो। सामाजिक विकासमन्त्री झपटबहादुर साउदले   शनिबार बिहान बसेकाे मन्त्रीपरिषद्काे आकस्मिक बैठकले भूकम्प पीडितका लागि राहत स्वरूप एक कराेड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेकाे जानकारी दिए । मन्त्री साउदका अनुसार स्वास्थ सामाग्रीसहित २० जना स्वास्थ्यकर्मीलाई पनि प्रभावित क्षेत्रमा पठाइने छ । प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरूप्रती श्रद्धाञ्जली व्यक्त गरेकाे छ भने घाइतेहरूकाे सिघ्र स्वास्थ लाभकाे कामना गरेकाे छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज