
आफूले प्रेम गरेको
मान्छेबाट नै
प्रेम प्रस्ताव आउँदा
त्यो भन्दा बढी
खुशीको क्षण
के नै प हुन सक्छ र
एक सर्को मायाका निम्ति
पर्खिरहेको प्रेमिको लागि
तर
यो कस्तो बिचित्रको
प्रेम प्रस्ताव तिम्रो
एकाएक नजिक आएर
टक्क अडियौ अनि
केही नबोली
एक कागजको टुक्रा
थमाइ दियौ मेरो हातमा
जहाँ लेखिएको थियो
म तिमिलाइ निकै प्रेम गर्थे गर्छु र गरिरहनेछु
मैले यति पढेर नभ्याउदै
फेरि मेरो हातमा थमाइ दियौ
रातो र सेतो गुलाफ
रातो गुलाफ प्रेमको मिलनको प्रतीक हो
र सेतो गुलाफल बिछोडको प्रतीक हो
यस्तै सुनेकी थिए कतै
गुलाफ हातमा थमाएर
तिमी एक शब्द नबोली
मुसुक्क मुस्कुराएर गयौ
सुनन यो पत्र तिमिसम्म
पुगेछ भने जवाफ देउ है
म त्यही चौतारीमा अझै
झिनो आश बोकेर बसेकी छु
म अब पर्खु कि फर्कु?
लेखक तथा सर्जक :- कृष्टी जोशी
