Advertisement

समाचार

भारतीय बजार वन गाउँमा कुटिए नेपाली युवक

समाचार
धनगढी - भारतीय बजार वन गाउँमा एक नेपाली युवक कुटिएका छन्। किनमेलका लागि वन गाउँ पुगेका २३ वर्षीय झलक कुँवर कुटिएका हुन्। उनलाई कपडा पसल सञ्चालकले टाउकोमा हानेको पीडित कुँवरले बताए। आफूले लुगा किन्दा नेपालभन्दा महँगो भएको भनेपछि व्यापारीले आफूलाई आक्रमण गरेको उनको गुनासो छ। वन गाउँका सबै पसलका व्यापारी मिलेर आफूलाई कुटपिट गरेको उनले बताएका हुन्। यसरी नै भारतीय व्यापारीबाट कुटिने र बाटोमा अन्य भारतीयबाट लुटिने गरेका घटना विभिन्न समयमा सार्वजनिक हुँदै आएका छन्।...

तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै

समाचार
धनगढी - यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ...

हुम्लाबाट उड्न तयारीमा रहेको हवाईजहाजमा समस्या : यात्रुलाई ओरालियो

समाचार
धनगढी - हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । हवाईजहाजमा समस्या देखिएपछि बोर्डिङ पास लिएर हवाई जहाजमा चढिसकेका यात्रुहरुलाई ओरालिएको हो । नेपाल एयरलाइन्सको नाइन एन-एबीयू कलसाइनको हवाई जहाज आज बिहान आठ बजे नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो । हवाई जहाजमा यात्रुहरु चढिसकेका थिए । तर प्राविधिक समस्या देखिएको भन्दै उनीहरुलाई ओरालिएको छ । यात्रुहरु समयमा उड्न नपाएपछि समस्यामा परेका छन् । हवाई जहाज बनाउन नेपालगन्जबाट प्राविधिक बोलाइएको छ । सिमकोट विमानस्थल टावरले उक्त जहाज बनिनसकेको जनाएको छ । हवाईजहाजमा कस्तो खालको समस्या हो भन्ने खुलिसकेको छैन ।...

बैतडीको एक घरमा आगलागी

समाचार
बैतडी - बैतडीको पुर्चौंडीमा एक घरमा आगलागी भएको छ। पुर्चौंडी नगरपालिका वडा नं १ डाँडाकोटस्थित जयानन्द जोशीको घरमा आइतबार राति साढे ९ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। लक्ष्मीपूजाको राति जोशीको दुई तले आठकोठे कच्ची घरमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ। जोशीको घरमा लागेको आगो एकघण्टापछि राति साढे दश बजे आगो नियन्त्रणमा लिइएको थियो। सबैले मिलेर आगलागी नियन्त्रणमा लिएकाले मानवीय र पशुचौपायामा क्षति हुन नपाएको प्रहरी निरीक्षक केसीले बताए। आगलागीबाट जोशीको घरभित्र रहेको अन्नपात, लत्ताकपडा र अन्य घरायसी सामग्री जलेर नष्ट भएका छन्। आगलागीबाट भएको क्षतिको एकीन विवरण भने आउन बाँकी रहेको छ।...

कैलालीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

समाचार
धनगढी - कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–६ को नवलपुरस्थित भित्री सडकखण्डमा आइतबार राति सुदूरपश्चिम प्रदेश ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी सोही ठाउँ बस्ने चालक २२ वर्षीय तारा चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो। उनको उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ।...

प्रधानमन्त्री निवासमा यस वर्ष देउसीभैलो नहुने

समाचार
काठमाडौँ - यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो ।...
आज तिहारको दोस्रो दिन लक्ष्मीपूजा, कुकुर तिहार पनि आजै

आज तिहारको दोस्रो दिन लक्ष्मीपूजा, कुकुर तिहार पनि आजै

मुख्य समाचार, समाचार
यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर बेलुका लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्‍याङलगायत ठाउँमा सरसफाइ गरी दीपावली गरिन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज बेलुका आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झि...

राष्ट्रपति पौडेललाई विभिन्न देशका राष्ट्रप्रमुखबाट समवेदना सन्देश

समाचार
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेललाई जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखहरुले समवेदना सन्देश पठाएका छन् । जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टेनमेइर, चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेल, अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान डेर बेलेन, निकारागुआका राष्ट्र ड्यानीयल ओर्टेगा साभेद्रा, कतारका अमिर शेख तमिम विन हमाद अल थानी र स्पेनका पेद्रो सान्चेजले बेग्लाबेग्लै समवेदना सन्देशको पठाएका हुन् । उनीहरुले भूकम्पपीडित परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै सन्देशमा प्राकृतिक विपत्तिको यस घडीमा आफ्नो देश, जनता र सरकारतर्फबाट सहानुभूति प्रकट गर्दैै राहत तथा पुनःस्थापनाको काममा आवश्यक सहयोगका लागि सदैव तयार रहेको उल्लेख गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहक...

डोटीमा एक पुरुष मृत फेला

समाचार
धनगढी - डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ टुडिखेलका ५५ वर्षीय शिवराज श्रेष्ठ शनिवार मृत अवस्थामा फेला परेका हुन्। श्रेष्ठलाई सोही ठाउँका टेकबहादुर केसीको कोही नबस्ने खाली घरमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

अभिनेत्री दिपाशा बीसीको अन्त्येष्टी आज पशुपति आर्यघाटमा

समाचार
काठमाडौं - अभिनेत्री दिपाशा बीसीको शवलाई शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनको शवमा चलचित्र कलाकार संघको झण्डा ओढाएर सम्मान व्यक्त गरियो । उनलाई श्रद्धाञ्जली दिन आर्यघाटमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलासहित कलाकारहरु निर्मल शर्मा, सविन श्रेष्ठ, दीपाश्री निरौला र लोकदोहोरी क्षेत्रका व्यक्ति उपस्थित थिए । फिल्म र म्युजिक भिडियोमा अभिनय गरेकी बीसीको बिहीवार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनले ‘बिरानो माया, चाल, झेली, दुलाहा रानी’ लगायतका फिल्ममा अभिनय गरेकी थिइन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो । उनले ‘तीज चाड नारीको, अच्छा लेकिन, नानी माई, सानी माया, तिमी नभए’ लगायतका दर्जनौं म्युजिक भिडियोमा काम गरेकी थिइन् ।...

धनगढीस्थीत ६ लेन सडकको रेलिङ भाँच्ने बसलाई ५५ हजार जरिबाना

समाचार
धनगढी - धनगढी–अत्तरिया ६ लेन सडकको रेलिङ भाँच्ने बसलाई जरिबाना गरिएको छ । ट्राफिक प्रहरीसँगको सहकार्यमा धनगढी उपमहानगरपालिकाले ना ७ ख ५८७४ नम्बरको बसलाई जरिबाना गरेको हो । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार गत जेठ ११ गते बसले धनगढीको चौराह नजिक सडकको रेलिङ भाचेको थियो । जिल्ला प्रहरी कार्यालय, कैलालीको नियन्त्रणमा रहेको गाडी रेलिङ मर्मत गर्न सर्तमा छोडिएको थियो । तर, पाँच महिनासम्म भाँचिएको रेलिङ मर्मत नभएपछि ट्राफिक प्रहरीको सहयोगमा जरिबाना तिराइएको हो । धनगढी बसपार्कबाट सोमवार ट्राफिक प्रहरीको सहकार्यमा नगर प्रहरीले बस फेरि नियन्त्रणमा लिएका थिए । बस धनीले रेलिङ मर्मतका लागि ५५ हजार धरौटी बुझाएपछि बस छोडिएको छ । १५ दिन भित्रमा बस धनीले रेलिङ मर्मत नगरेमा उपमहानगरपालिकाले ५५ हजार रुपैयाँबाट रेलिङ मर्मत गर्ने जनाइएको छ ।...

दाङमा गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु : एक जना पक्राउ

समाचार
धनगढी - दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन्। चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए। बिहीबार स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला सिकार खेल्न गएका सिकारीले चलाएको गोलीको छर्राले जवान चौधरीको छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए। मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज